प्रस, वीरगंज, १३ वैशाख/
पूर्वमन्त्री करिमा बेगमलाई नागरिकतासम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ।
वीउमनपा–१६ निवासी चन्द्रदेव यादव भन्ने चनरदेव राउत अहिरकी चार छोरीहरूको नागरिकतासम्बन्धी मुद्दामा सिफारिसकर्ता पूर्वमन्त्री बेगमसँग १५ हजार धरौटी माग गरिएको र बेगमले सो धरौटी बुझाएर रिहा भएकी बताइएको छ। चन्द्रदेव यादवको वंशजको नागरिकता रहेकोमा निजले आफ्नी चार विवाहित छोरीहरूको २०६३ सालको नागरिकता टोलीबाट वंशजको आधारमा नागरिकता जारी गराएको भनी अधिवक्ता दिनानाथ साह तेलीले दिएको रिटमा अदालतले हिजो पूर्वमन्त्री बेगमसँग १५ हजार धरौटी माग गरेको हो।
माननीय न्यायाधीश बैधनाथ गुप्ताको इजलासले पूर्वमन्त्री बेगमसँग १५ हजार, चन्द्रदेव यादव र निजका छोरा नवलकिशोर यादवसँग १/१ लाख रुपैयाँ धरौटी माग गरेको थियो। सोही मुद्दामा आज हाजिर भएका नेपाली काङ्ग्रेसका मन्जुर अन्सारी र एमालेका हीरा गिरीसँग जनही १०/१० हजार धरौटी माग गरिएको र उनीहरू पनि धरौटी बुझाएर रिहा भएका पर्सा जिल्ला अदालतले जनाएको छ। अन्सारी र गिरी उक्त नागरिकता प्रदान गरिंदा रोहबरमा बसेका थिए।
अधिवक्ता दिनानाथ साह तेलीले सो नागरिकता सम्बन्धमा चन्द्रदेव यादव, निजका छोरा नवलकिशोर यादवलगायत परिवारका ७ जनासमेत १७ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा रिट दायर गरेका थिए। १७ मध्ये ५ जना अदालतमा हाजिर भएका र १२ जना हाजिर हुन बाँकी रहेका बताइएको छ।