प्रस, वीरगंज, १४ वैशाख/
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी संविधानसभाको निर्वाचनमा आफू मधेसबाट चुनाव लड्ने घोषणा गरेका छन्। एमाओवादी पर्साद्वारा पोखरिया गाविसमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाओवादीले सदैव मधेसको हित चाहेको दाबी गरे। उनले मधेसीलगायत शोषित पीडितहरूका लागि आवाज उठाउने कार्य एमाओवादीले गरेको पनि बताए।
सङ्घीयताको पक्षमा एमाओवादीपछि नै अरू पार्टीहरू लागिपरेको दाबी गर्दै उनले एमाओवादी सङ्घीयताको पक्षधर भएको र मधेसले पनि सङ्घीयता चाहेको बताए। उनले मधेसको विकासका लागि एमाओवादी पार्टीलाई अत्यधिक सङ्ख्यामा विजयी बनाउनका लागि पनि अपिल गरे।

अध्यक्ष प्रचण्डले पर्साका अग्निपीडितहरूको पुनर्वासका लागि आजै सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएका थिए। उनले आज साँझ आफू भारत जाने र त्यहाँ रक्सौल–अमलेखगंज रेल विस्तारका साथै मधेस जोड्ने पदमरोड कालोपत्रका लागि पनि भारतीय पक्षसँग कुरा उठाउने आश्वासन दिएका थिए।
चीनको भ्रमणका क्रममा पनि आफूले नेपालको विकासको मुद्दा उठाएको र भारत भ्रमणको मुख्य उद्देश्य पनि विकास मुद्दा नै रहेको उनको कथन थियो । चीन र भारत दुवैले नेपालमा स्थिरता चाहेको बताउँदै प्रचण्डले दुवै देशको सहयोगमा नेपालको विकास सम्भव हुने बताए।
एमाओवादी पर्साका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठ (अनिल)को अध्यक्षतामा सम्पन्न आमसभामा अध्यक्ष प्रचण्ड ठीक समयमा आएर एक घण्टा मात्र कार्यक्रममा सहभागी भई फिर्ता भएका थिए। आफू आजै भारत जान लागेको कारण फर्कनुपरेको उनले बताए। उनले विभिन्न पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेका नवप्रवेशीहरूलाई अबिर र मालाले स्वागत गरेका थिए।
आमसभामा मधेस ब्युरो इन्चार्ज हरिबोल गजुरेल, भोजपुरा इन्चार्ज प्रभु साह, केस रामकुमार साह, रामचन्द्र झा, प्रह्लाद गिरीलगायतले मन्तव्य गरेका थिए। मधेस मुस्लिम विभागका जालिम मियाँले स्वागत र पर्सा जिल्ला सेक्रेटरी योगेन्द्र साहले कार्यक्रम सञ्चालन गरेका थिए।