पुस तथा चैत महिनामा पर्ने खरमासको अवसरमा गृहस्थका माङगलिक कार्यहरू प्राय: निषेधित हुन्छ। यसै अवसरको लाभ उठाइ तराईका गाउँ गाउँहरूमा भगवान् विष्णुको पूजा अर्चन र भक्तिको क्रममा अखण्ड अष्टयामको आयोजना भएका देखिन्छन्। अखण्ड भन्नाले अटूट तथा अष्ट+याम भन्नाले आठ+प्रहर बुझिन्छ। एक प्रहरमा तीन घण्टा हुने भएकोले अहोरात्रदिन अर्थात् चौबीस घण्टे अटूटरूपमा भगवान्को नाम कीर्तनलाई अष्टयाम भनिन्छ। भगवान्को नवधाभक्तिको क्रममा आत्मनिवेदन, सख्य, दास्य, वन्दन, अर्चन, पादसेवन, स्मरण, श्रवणका साथै कीर्तन पनि पर्दछ । भगवान्समक्ष आत्मनिवेदन गर्नु, सखाको रूपमा आफूलाई प्रस्तुत गर्नु, दास अर्थात् सेवकको रूपमा प्रस्तुत गर्नु, भगवान्को वन्दना गर्नु, भगवान्को पूजन अर्चन गर्नु, भगवान्को चरण सेवन गर्नु, भगवान्को निरन्तर स्मरण गर्नु, भगवान्को दिव्य चरित्र श्रवण गर्नुका साथै नाम संकीर्तन गर्नु जस्ता नौ प्रकारको भक्ति धर्मशास्त्रहरूले प्रतिपादित गरेका पाइन्छन्। सोही अनुसार भगवान्को नाम संकीर्तनको लागि अखण्ड अष्टयामको आयोजना गर्ने परम्परा रहेको छ।
अनिष्ट शान्ति वा मनोवाञ्छित फल प्राप्तिको लागि अष्टयामको भाकल गरिएको हुन्छ। अष्टयामको प्रारम्भ वैदिक आवश्यक पूजा अर्चना गरी गर्ने गरिन्छ। आसनशुद्धि, पवित्री, आचमन र दिशाशुद्धिपश्चात् सङकल्प, कलशस्थापन, गौरीगणेश, नवग्रह, दशदिक्पाल, पञ्चलोकपाल, क्षेत्रपाल, षोडसमातृका, सप्तघृतमातृकाको पूजन, रक्षादीप प्रज्वलन गरी पार्थिव पूजन र श्रीसत्यनारायण भगवान्को कथावाचन गरेर भजनमण्डलीका गायक, वादकहरूद्वारा भगवान्को नाम संकीर्तनको रूपमा (हरे राम, हरे राम, राम राम हरे हरे। हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे।।) मन्त्रको कीर्तन अखण्डरूपमा चलिरहन्छ। सो मन्त्रानुसार मन्त्रको अन्त्यमा आहुति, भगवान्को नामको जाप तथा रामायणको पाठ पनि गर्ने चलन रहेको छ। ती विधिहरूका लागि ब्राह्मणको वरण दक्षिणाका साथ गरिएको हुन्छ। नामको संकीर्तनका साथै ती विधिहरू पनि अखण्ड हुनुपर्दछ।
सङ्कीर्तनको लागि भजनमण्डलीहरू पूर्वआमन्त्रित हुन्छन्। प्राय: प्रत्येक मण्डलीको समय दुई घण्टाको हुन्छ। यस प्रकार समयको थपघटअनुसार दश वा बार्ह मण्डलीको आवश्यकता पर्दछ। यस्ता मण्डलीहरू प्राय: प्रत्येक गाउँमा रहेका हुन्छन्, जो निमन्त्रण पाउना साथ आफ्ना वाद्यहरू (ढोलक, हारमोनियम, झाल, मजीरा तथा अन्य वाद्यहरू)का साथ अष्टयाम परिसरमा बनाइएको भगवान्को मण्डपको वरिपरि भगवान्लाई दाहिने पारी नाच्दै, वाद्य बजाउँदै परिक्रमा गर्दै उपरोक्त मन्त्र
(हरे राम, हरे राम, राम राम हरे हरे । हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे।।)को सङ्कीर्तन गर्दछन्। यो क्रम सङकल्पित समयसम्म अखण्डरूपमा चली रहन्छ। एउटा मण्डलीको समय समाप्त हुने बेलामा अर्को पूर्वनिर्धारित मण्डली आएर मन्त्र सङ्कीर्तन शुरू गरिसकेपछि मात्र पहिलो मण्डलीले विश्राम लिन पाउँदछ। अष्टयाम दुई किसिमको हुन्छ। एउटा व्यक्तिगत अष्टयाम र अर्को सामुदायिक अष्टयाम, जसलाई भोजपुरी भाषामा ‘गउमाला अष्टयाम’ भनिन्छ। व्यक्तिगत अष्टयामको आयोजनामा लाग्ने खर्च आयोजकको निजी खर्च हुन्छ भने सामुदायिक अष्टयामको आयोजनामा लाग्ने खर्च गाउँभरि वा टोलभरिको चन्दा अनुदानको रकमबाट हुने गर्दछ।
पुस वा चैतको खरमास महिनामा अखण्ड अष्टयामको व्यक्तिगत वा सामुदायिक आयोजन तराई क्षेत्रमा जताततै भएको पाइन्छ। दुई दशक पहिला हुने अष्टयाम र अचेलका अष्टयामहरूको स्वरूपमा आमूल परिवर्तन भइसकेको अवस्था छ। पहिलाका अष्टयामहरूमा सङ्कीर्तनमा खट्ने मण्डलीहरूमा धार्मिक भावना तथा भगवत् भजनबाट पुण्य अर्जित गर्नको लागि निस्स्वार्थरूपमा खट्ने उत्साह रहन्थ्यो। अष्टयाममा खटेका मण्डलीहरूका सदस्यहरूले आयोजक भक्तको घरको दाना खान पनि चाहँदैन्थ्ये किनकि आयोजक भक्तको दाना खानाले सङ्कीर्तन गरेको पुण्यको र्हास हुन्छ भन्ने जनधारणा रहेको हुन्थ्यो। अचेलको अष्टयाममा खट्ने मण्डलीहरूले खानेको कुरै न गरौं उल्टै आयोजक भक्तसित सङ्कीर्तन गरेको श्रमको ज्याला नै तय गरेर खट्दछन्। मण्डलीमा बढीभन्दा बढी सदस्यहरू हुन्थ्ये। उनीहरूको सङ्कीर्तन सुर, ताल तथा कलात्मकताका साथ हुने गरेकोले अष्टयाम रोचक, मनोरञ्जक तथा धार्मिक भावना वृद्धि गर्ने खालका हुन्थ्ये। सदस्यहरूको सङ्ख्या अधिक रहने भएको हुनाले ध्वनि विस्तारक यन्त्रको आवश्यकता नै पर्दैन्थ्यो । अचेलका अष्टयाममा खट्ने सदस्यहरूको सङ्ख्या ज्यादै न्यून हुने गरेको कारणले ध्वनि विस्तारक यन्त्रको विशेष आवश्यकता पर्दछ, जुन प्राय: चारै दिशामा लागेको हुन्छ तथा वरिपरिको वातावरणमा भयानकरूपमा ध्वनि प्रदूषण गर्दछ। बिरामी, विद्यार्थी तथा जनसाधारणलाई अखण्ड अष्टयामको निरन्तर ध्वनि विस्तारले व्यापक क्षति पुर्याउँदछ। मनपरी तवरले सार्वजनिक बाटो चोकमा अष्टयामको पण्डाल निर्माण गरी आयोजन गरिएको अष्टयामले जनसाधारणको यातायातमा ठूलो असर पार्दछ। समग्ररूपमा अचेलको अखण्ड अष्टयामको आयोजनाले आयोजक भक्तजनलाई कति मात्रामा धार्मिक पुण्य अर्जन हुन्छ ? भगवान्ले नै जानून् तर यस्ता आयोजनाले भने सर्वसाधारणहरूमा धार्मिक वितृष्णा नै बढाउन मदत गर्दछ कि जस्तो लाग्दछ। वस्तुत: अचेलका यस्ता अष्टयामको आयोजनले धार्मिक पुण्य अर्जन गर्नुभन्दा आडम्बर र वैभव प्रदर्शन बढी गरेको जस्तो लाग्दछ। भविष्यमा अष्टयामको नाममा ध्वनि विस्तारक यन्त्रमा (हरे राम, हरे राम,राम राम हरे हरे। हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे) मन्त्रको क्यासेट घन्काएर धार्मिक उन्माद निम्त्याउने दिनहरू आइरहेको हो कि जस्तो लाग्दछ।