$type=ticker$count=12$cols=4$cate=0

नेपाली राजदरबारमा भोजपुरी भाषा

SHARE:

उमाशङकर द्विवेदी
    बाइसे चौबीसे राज्यहरूलाई जितेर पृथ्वीनारायण शाहले वर्तमान नेपाल राज्यको स्थापना गर्दासम्म नेपालमा नेपाली जस्तो कुनै खास भाषाको जन्म भइसकेको थिएन भन्ने कुरा इतिहास शिरोमणि बाबुराम आचार्यले ‘पुराना कवि र कविता’ पुस्तकमा सकारेका छन् । त्यसै पुस्तकमा उनी अगाडि भन्छन्–कविता लेख्दा प्राय: संस्कृत भाषा नै व्यवहार हुन्थ्यो। यी कविताहरूबाट सर्वसाधारणलाई विशेष लाभ हुँदैन्थ्यो। कुनै ठूला मानिसको दिल बहलाउनाका लागि उनले बुझ्ने गरी लेखी दिनुपर्‍यो भने अवधि वा भोजपुरी बोलीमा लेखिदिन्थे। नमूनाका निम्ति उन्नाइसौं शताब्दीका नेपालका बडा पण्डित वाणीविलास पाण्डेलाई अघि सार्न सकिन्छ। तिनले काजी धौकल सिंहका बयानमा निजका महलको अगाडि जो शिलापत्र लेखिदिएका थिए, त्यसमा संस्कृत भाषा र भोजपुरी, अवधि मिसिएको खिचडी भाषा व्यवहार गरेका थिए। त्यसै पुस्तकमा इतिहास शिरोमणिले पाठकहरूको मनोरञ्जनको लागि त्यस शिलापत्रको लेखलाई उद्धृत पनि गरेका छन्– मानसरोवरमो करत हंसी हंस विलास। कही नाम सब देशकी करत सुरत परिहास।। कहे हंस हंसी सुनो देषो दस दिगपाल। अमर नगरतै आगरो सोहत सहर नेपाल।। चक्रवर्ती भूपाल है रणबहादुर शाह। धौकलसिंह वजीर है सबको करत निगाह।। शिलापत्रको तिथि पनि त्यही उल्लेख छ–शाके सत्र सौ दश पञ्च है साल अठारह सौ सौ आध। जेठ शुक्ल दशमी दिन चन्द्रसुत कियो भव अगाध।। अर्थात् शाके १७१५ तथा विसं १८५० जेठ शुक्ल पक्षको दशमी तिथि दिन सोमवार
(पुराना कवि र कविता पृ.१ देखि ५सम्म) ।
    इतिहासका पृष्ठहरू पल्टाउँदै जाँदा नेपालमा भोजपुरी भाषाको उपस्थिति प्रताप मल्लको पालादेखि
नै देखिन्छ। राजा प्रताप मल्लले शुभसेनलाई राजा बनाउनका लागि उद्योग गर्न दलशभ बानियाँलाइ
लेखेको पत्रको भाषा भोजपुरी छ। सो पत्रको मूल लेख यस प्रकार छ– स्वस्ति सर्वोपमायोग्यगंगाजलनिर्मलपवित्रपात्र दलषभवानित्ताकेषु आशीषपूर्वकपत्रमिदम् आगे इहाकुशल राउरकुशलचाही जेहितेपरमआनन्दहोइ आगे जे राउरेसाहुतिकैलरहल से परमेश्वर आनिकरवैआभैलही जेहिभाति शुभयसेन राजाहोहि से कैलजाओ हमहु दुइजना दरवारभेजिला एहिकामकंह रौरेसंदेह जनि राषीत्तु रौरेअपनेमने मन्त्रणा अर्थविचारतजाओ परिनामकह जहाहम ताहाराउर जहाराउर तहाहम एतनासे सबअर्थ बुझलजाओ जौनेउपायते शुभयसेन राजाहोहि सेकैलजाओ हम राउरसाहुतिभितरअ औरसमाचार जे माधओषत्री कहही से प्रणाम।
फागुनवदी ९, मोकाम श्रीमत्कान्तिपुरममहानगरे (मधुपर्क, वर्ष ३, अङक ४, पृ. २५–२६)
    यस पत्रले के बुझ्न सकिन्छ भने प्रताप मल्लको पालामा सरकारी लेखपढको भाषा भोजपुरी नै थियो। उपरलिखित पत्रमा राउर, हमर, राउरे, हम जहा, एतना तथा प्रणाम जस्ता ठेट भोजपुरी भाषाको प्रयोग हुनु सुखद आश्चर्यको कुरा हो। यस्तै एउटा पत्र परराष्ट्र मन्त्रालय, काठमाडौंमा खाम नं. ३६ मा सुरक्षित रहेको छ। त्यो पत्र मकवानपुरका राज्यका भारदारहरू रामेश्वर उपाध्याय र विश्वेश्वर उपाध्यायद्वारा भक्तपुरका तत्कालीन राजा भूपतिन्द्र मल्ललाई लेखिएको थियो । (मकवानपुरको ऐतिहासिक रूपरेखा। ले. वासुदेवलाल दास, परिशिष्ट ३४, पृ. १३२) यस पत्रमा पनि ठेट भोजपुरी भाषाको प्रयोग गरिएको छ।
    नेपाली भाषाको आरम्भिकालका सुप्रसिद्ध गद्यहरूमा पनि भोजपुरी भाषाको उपस्थिति देखिन्छ। संवत् १७०० तिर लेखिएको बाजपरीक्षामा– बाजको प्रमाण कहु, नाकबाट पानी आवत ताकेउपाय कहु, निक रह, चिरइ, जाइ, हरदी, कुल्ला, गुलर, तौ भलो होइ, भिगाइ के, थुकिके, तथा पुंछ जस्ता ठेट भोजपुरी शब्दहरू पाइन्छन् । संवत् १७८० तिर प्रेमनिधि पन्तद्वारा लेखिएको प्रायश्चित प्रदीपमा अपना, लबरी, होइ, दरूवा, वकरा, एकावन, भइसा, बहुरिया, तेरवा, लडिका, लोहा, तित्तिर जस्ता भोजपुरी शब्दहरू फेला पर्दछन्। संवत् १८०९ तिर गङगाविष्णु द्विजद्वारा रचित अजीर्णमञ्जरीमा– गरी (नारियलको फल), संतोला, आम, सिंहारा, करूवातेल, लटिया, बथुवा, मोथा, खटाइ, विरा (पानको विरा) जस्ता भोजपुरी शब्दहरू देखा पर्दछन्। संवत् १८३३ तिर भानुदत्तद्वारा रचित हितोपदेश मित्रलाभमा– महतारी, कुपेडा, आजु, चावल, वटोही, इंहा, आव, कपडा, अथिर, सोचना जस्ता भोजपुरी शब्दहरू फेला पर्दछन्। संवत् १८५५ तिर भट्टाचार्यशक्तिवल्लभ अज्र्यालद्वारा रचित नेपाली भाषाको प्रसिद्ध ‘हास्यकदम्व’मा पनि– नेटुवा, ताँहा, बढिया, आजु, तन्का, कवन, पसेना, बहुतवेर, वस्त्रविनु, चावर,  हावभाव, सरजाम, जुवान, कहु, वाँवा, दहिना, वेमना, गिरस, कचहरी, लतरी, रोंवा, तेरवाल, केजानि, मेही, चावल जस्ता ठेट भोजपुरी शब्दहरू फेला पर्दछन् । यस्तै संवत् १८९० तिर सुन्दरानन्द बाँडाद्वारा रचित ‘त्रिरत्न–सौन्दर्य–गाथा’मा पनि– जागो, फल्ना, भखारी, ढेर, फेरू, रंडा, खनति, आदमी, कचहरी, छठवा जस्ता भोजपुरी शब्दहरू देखा पर्दछन्।
    यस प्रकार हामीले नेपालमा नेपाली भाषाको उदय हुनुभन्दा पहिलेदेखि नै भोजपुरी भाषा प्रचलनमा रहेको पाउँछौं । भारतीय भूमिमा सन्त कबीर, तुलसी दास, सुरदास प्रभृति भक्त कविहरूले भोजपुरी भाषामा व्यापक काव्य रचना सोर्‍हौं शताब्दीदेखि नै गर्दै रहेका हुँदा भोजपुरी भाषा प्राचीनकालदेखि नै लोक व्यवहारमा रहेको कुरा स्पष्ट छ। नेपालमा पनि उपरलिखित प्रसङगले भोजपुरी भाषा नेपाली भाषाभन्दा जेठो रहेको कुरा निर्विवाद सत्य देखिन आउँछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाली राजदरबारमा भोजपुरी भाषा
नेपाली राजदरबारमा भोजपुरी भाषा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9hVVvZq1E_BZFEKg1qd69629oyJ2YWHPxdbElpccVpBJ9XEvAo3paqsRdk-PL8nRZ5OJ4Z_yQwaQ38sRPC2oolENtuDpMdSQz_M11EJ0eNbAkpGjY73-UVeG4I7dJS6jwlsqN-sUuJRiV/s200/umashankar.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9hVVvZq1E_BZFEKg1qd69629oyJ2YWHPxdbElpccVpBJ9XEvAo3paqsRdk-PL8nRZ5OJ4Z_yQwaQ38sRPC2oolENtuDpMdSQz_M11EJ0eNbAkpGjY73-UVeG4I7dJS6jwlsqN-sUuJRiV/s72-c/umashankar.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/04/blog-post_6698.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/04/blog-post_6698.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy