संसारका अधिकांश व्यक्ति विपरीत परिस्थितिको दोष लगाइरहन्छन् र सोच्दछन्, यस्तो अनुकूलता प्राप्त भयो भने अगाडि बढ्ने प्रयत्न गर्नेछन्। सबै प्रकारका अनुकूलताको अवसर तिनका लागि जिन्दगीभर प्राप्त हुँदैन र उनीहरू पछौटे, अविकसित स्थितिमैं जीवन गुजार्छन्। यसकाविपरीत साहसी, पुरुषार्थी व्यक्ति परिस्थितिहरू आफ्नो अनुकूल होऊन् भनी प्रतीक्षा गर्दैनन्, अपितु पराक्रमको बलमा स्वयं आफ्ना लागि परिस्थितिको निर्माण गर्दछन्। समय, श्रम र बुद्धिरूपी सम्पदाको सदुपयोग गरेर उनीहरू सफलताको शिखरमा पुग्दछन्। सामान्य व्यक्ति त्यो सफलता देखेर आश्चर्यचकित हुन्छ र आकस्मिक दैवी वरदानको रूपमा स्वीकार गर्दछ, जबकि त्यो स्वयंद्वारा विनिर्मित परिस्थितिहरूको परिणाम हुन्छ ।
उत्तम मस्तिष्कको चिह्न, उसको सङ्घर्ष, निष्ठा हो, जो सबै प्रकारको परिवर्तन हुँदा पनि कहिल्यै बदलिंदैन, बरु प्रतिद्वन्द्वीहरूको सामना गर्दै आफ्नो लक्ष्यसम्म पुग्दछ। साना मस्तिष्क आपत्तिहरूले थिचिन्छन्, तर ठूला मस्तिष्क तीमाथि विजय प्राप्त गर्दछन्। कठिनाइहरूसँग सङ्घर्ष गरेर जसले आफ्नो सङ्घर्षशीलता प्रकट गर्दछ, उसैलाई साँचो यश प्राप्त हुन्छ। यसलाई प्राप्त गर्ने कुनै राजपथ छैन, वरन् त्यहाँ खाल्टाखुल्टी र काँढे गोरेटो हुन्छ। यिनै गोरेटोमा हिंडेर महापुरुषहरूले महानता अर्जित गरेका छन्। प्रतिभाको शुद्धता पनि यसै कसीमा घोटिएर प्राप्त हुन्छ।
कसलाई थाहा थियो महाराष्ट्रको एउटा साधारण सरदारको छोरो पछि गएर छत्रपतिको नामले प्रसिद्ध हुन्छ। शिवाजीले १४ वर्षको उमेरदेखि नै स्वतन्त्रताका लागि आफूलाई प्रतिबद्ध बनाए। उनलाई पहिलो युद्धमैं सफलता प्राप्त भयो। उनले त्यो ज्वलन्त उदाहरण प्रस्तुत गरे कि जुन सफलता कठिनाइबाट प्राप्त हुन्छ, त्यो गरिमा वृद्धि गर्ने र चिरस्थायी हुन्छ। तात्कालिक, बिनाप्रयासको सफलता बिजुली चम्केझैं झिलिक्क आउँछ र मिलिक्क जान्छ।
श्रेष्ठ आत्माहरूको विश्व इतिहासको अवलोकन गर्दा के प्रतीत हुन्छ भने अधिकांश मामिलामा उनीहरूले दरिद्र घरमा जन्म लिएका छन्, तर दरिद्रता र विपन्नताले उनीहरूको अवरोधक बनेर होइन सहायक बनेर मार्गदर्शन गरिरहे। विभिन्न गूढ रचनाहरू, आविष्कार, लेख आदिको सृजनको श्रेय व्यक्तिलाई कम, विपरीत परिस्थितिलाई बढी प्राप्त भएको छ। फ्रान्सको लापोन्स नगरमा एउटा भोजको आयोजन भयो। नगरका प्रमुख विद्वान्, साहित्यकार एवं कलाकार आमन्त्रित थिए। प्राचीन ग्रीकको पौराणिक कथाहरूको चित्रका सम्बन्धमा उपस्थित विद्वान्हरूबीच बहस चल्यो र विवादको रूप लिन पुग्यो। गृहस्वामीले यस्तो स्थिति देखेर आफ्नो नोकरलाई बोलाए र विवादको समाधान गर्न भने। सबैलाई आश्चर्य भयो एउटा नोकरले यस विवादको समाधान कसरी गर्न सक्छ ? साथै उनीहरूलाई आफ्नो विद्वताको अपमान भएको बोध भइरहेको थियो, तर नोकरको विश्लेषणात्मक र तार्किक विवेचन सुनेर सबै हतप्रभ भए । तत्काल उनीहरूलाई आफ्नो यस गल्तीको भान भयो कि विद्वता र प्रतिभा कुनै व्यक्तिविशेषको पेवा होइन।
नोकरले सम्बन्धित विषयमा जुन तर्क र तथ्य प्रस्तुत गरे त्यसले विवादको समाधान भयो। एकजना विद्वान्ले ती नोकरसँग सोधे–“तिमीले कुन विद्यालयबाट शिक्षा प्राप्त गरेका छौ ?” नोकरले बढो विनम्र भएर जवाफ दिए–“श्रीमान् १ मैले थुप्रै विद्यालयहरूबाट शिक्षा प्राप्त गरेको छु, तर मेरो सबभन्दा प्रभावशाली शिक्षण विपत्तिरूपी स्कूलमा भयो। मसँग यति साधन थिएन कि म पुस्तकहरू किनेर आरामले पढ्न सकूँ। म दिनभरि घरको काम गर्थें र राति जब सबै गहिरो निद्रामा सुत्थे, म तन्मयताका साथ ज्ञानकी देवीको उपासनामा लाग्दथें। मेरो जीवनको सफलताको एक मात्र रहस्य हो–स्वाध्याययोग।” यसै तेजस्वी नोकरको क्रान्तिकारी विचारधाराले प्रजातन्त्रलाई जन्म दियो।
पाश्चात्य जगत्मा अनेक कवि–लेखक भएका छन्। तिनमा अधिकांश गरीब थिए। उनीहरूलाई प्रख्यात हुनका लागि होइन, दैनिक खानपीनका लागि पनि कठिनाइ र दु:ख झेल्नुपर्यो। यस विपत्तिकालमा पनि उनीहरूले स्वाध्याय र ज्ञानार्जन गर्न छाडेनन्, कलम बन्द गरेनन्, अपितु अनवरत चलाइरहे। त्यसैको परिणमस्वरूप उनीहरूमाथि कृपा बस्र्यो जुन सम्भवत: उनीहरू सुखी र सम्पन्न भएका भए प्राप्त हुने थिएन अथवा अर्को शब्दमा साधन–सुविधाबीच यसरी कलम चल्ने थिएन।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको विपन्नताबारे कसलाई थाहा छैन ? भारतका मुंशी प्रेमचन्द, सूर्यकान्त त्रिपाठी निरालाले पनि विपन्नतामा नै प्रसिद्ध कृतिहरूको सिर्जना गरे। पश्चिमा साहित्यकारहरूमा विलियम शेक्सपियर, जान बनियान, लार्ड टेनिसन, वर्ड्सवर्थ, मिल्टनका रचनाहरू अद्भूत चित्ताकर्षक र अलौकिक मानिन्छन् र उत्साह तथा उमङगपूर्वक पढिन्छन्।
गोल्डस्मिथको अनुहार दादुराले यति बीभत्स बनाइदिएको थियो कि केटाकेटीहरू उनलाई खिज्याउँथे। जीवन निर्वाहका लागि उनी गाइनेहरूका लागि गीत लेख्दथे। दीनताले निकै गाँजेपछि लन्डनको निकटवर्ती स्थानमा चिकित्सा पेशा सुरु गरे। ठाउँ–ठाउँमा टालेको कोट किनेर लगाए, आफूलाई डाक्टर देखाउनका लागि। यस्तो विपन्नावस्थामा पनि उनले लेख्न छाडेनन्। बडो मुश्किलले उनले आफ्नो कृति ‘पोलाइट लर्निंग इन युरोप’ छपाए। यसको प्रकाशनपछि उनी जनतामा प्रख्यात हुन थाले। ‘ट्रेभलर’ नामक कृतिको प्रकाशनपछि त भीख माग्नेहरूको बस्तीमा बस्ने, मैलो–फाटेको लुगा लगाउने गोल्डस्मिथको कीर्ति शिक्षित समाजमा चम्किन थाल्यो। उनलाई एकपटक एउटी महिलाले कोठाको भाडा नतिरेको भनेर गिरफ्तार सम्म गराइदिइन्। पछि डाक्टर जानसनले किराया भरेर उनलाई मुक्त गराए। यति दारिद्रय र विपत्तिको सामना गरेर पनि उनी सफल र प्रख्यात भए। उनको गणना उच्च श्रेणीका लेखकहरूमा हुन थाल्यो र मृत्युपश्चात् उनको शव ‘वेस्ट मिनिस्टर एबी’ मा जहाँ महापुरूषहरूको शव समाधिस्थ गरिन्छ, त्यहाँ राखियो।
महाकवि मिल्टनले पनि आफ्नो महाकाव्य ‘प्याराडाइज लास्ट’ र ‘प्याराडाइज रिगेन्ड’ त्यस बेला लेखेका थिएनन् जब क्राम्बेलको समयमा उनी राजनीतिक र शारीरिकरूपले शक्तिमान थिए, वरन् जीवनको त्यस दयनीय कालमा यी ग्रन्थहरू लेखेका थिए, जब उनी बुढयौली र रुग्णावस्थाका कारण निकै अशक्त भइसकेका थिए र उनको राजनीतिक समुदायको पतन भइसकेको थियो।
जति महाकवि र लेखक भएका छन्, प्राय: उनीहरूको जीवन कष्टमा व्यतीत भएको छ। प्रकृतिले उनको बुद्धि र मस्तिष्क–शक्तिको परीक्षा लिएको छ । स्यामुएल जानसन दाँते (युरोपेली), इमर्सन (अमेरिकाली), डेभिड लीविंग स्टोन, जर्ज इलियट, फारलाइफ जोला, जे.एन. एम्ब्रस, अधीफेनी क्रासवी, जे.आर. ग्रीन, शिलर, रोजर बेकन, वैन जान्सन, लार्ड बाइरन प्रभृति जति पनि प्रसिद्ध लेखक भएका छन्, सबै दीन दशामा जन्मे र कष्टमा पालिए। यी सबैलाई वर्षौंसम्म कुनै न कुनै प्रकारको घोर विपत्तिको सामना गर्नुपरेको थियो। सफलता र विजय प्राप्त गर्नका लागि थरीथरीको विपत्ति झेल्नुपर्यो। यो भन्नु अनुचित हुने छैन कि श्रम र कठिनाई, वास्तविक महान् जीवनका अङग–प्रत्यङग हुन्।
सफलता र असफलता परिस्थितिहरूमा होइन, स्वयं आफूमाथि निर्भर गर्छ। सङकल्पशील र दृढ इच्छाशक्ति भएका व्यक्ति जब काम गर्नका लागि, लक्ष्य प्राप्तिका लागि आँट गर्छन् त्यस बेला उनका लागि एक होइन हजार हात जन्मन्छन्। प्रतिकूल परिस्थितिमा आफ्नो मनोबलरूपी चुम्बकले अनुकूल शक्तिलाई आकर्षित गर्न थाल्दछन् र जब यिनको नियोजन कुनै एक दिशाधारामा हुन थाल्छ, अनि सफलता हात पर्छ नै। प्रतिकूलता नै उनका लागि अनुकूलतामा परिवर्तित भइदिन्छ।