प्रस, वीरगंज, १५ वैशाख/
वीरगंजका सुनचाँदी व्यवसायीहरूले आफ्नै दररेट कायम गरी बिक्री वितरण गर्दै आइरहेका छन्।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ, काठमाडौंले गत शुक्रवारकै दररेट तोलाको ५३ हजार आज पनि कायम गरेकोमा वीरगंजमा भने सो दररेटमा बिक्री भइरहेको छैन। वीरगंजमा तोलाको ५६ हजारमा गत शुक्रवारदेखि सुन बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी सङ्घ, पर्साका अध्यक्ष रामरतनप्रसाद सर्राफले बताए। उनले तोकिएको दररेटमा राजधानीमा पनि सुन बिक्री नभइरहेको दाबी गरे। वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन बिक्री गर्दै आएपनि सो सुनमाथि तस्करहरूको कब्जा रहेको तथा भारत र चीनबाट तस्करी गरी ल्याइएको सुन खरिद गरी बिक्री गर्नुपर्ने बाध्यात्मक परिस्थिति भएकोले घट्दो दररेटमा सुन बिक्री गर्न नसकिएको उनले प्रस्ट्याएका छन् ।
अध्यक्ष सर्राफले वाणिज्य बैंकहरूले सुन व्यवसायीहरूलाई सय/सय ग्रामको दरले सुन उपलब्ध नगराउन्जेलसम्म सुनको कारोबार सही ढङगबाट नहुने र तोकिएको मूल्यमा उपलब्ध गराउन नसकिने बताए। अध्यक्ष सर्राफले वीरगंज मात्र नभएर देशका अन्यत्र स्थानमा पनि सुनको मूल्य स्थानीय तहमा कायम भई खरिद–बिक्री भइरहेको जानकारी गराए । उनले विवाहको लगन आएकोले र सुनको मूल्य घटेको हुनाले सुन खरिद गर्नेहरूको सङ्ख्या बढेको भएपनि सुनको आपूर्ति मागबमोजिम नभएकोले व्यवसायीहरूले महँगोमा खरिद गरी सुन बिक्री गर्नुपर्ने अवस्था रहेको बताए।
यसैगरी राससबाट प्राप्त समाचारअनुसार बिहेको लगन रहेको समयमा यहाँका विभिन्न सुनचाँदी पसलमा भीडसँगै उपभोक्ता ठगिन थालेका छन्।
रौतहटको सदरमुकाम गौरमा व्यापारीले सुन अभाव देखाएर बढी मूल्यमा सुन बिक्री गर्ने गरेको पाइएको छ। सदरमुकाम गौरमा रहेका सुनचाँदी पसलहरूले मूल्यमा एकरूपता कायम नगर्दा उपभोक्ता मारमा परेका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकामका केही सुनचाँदी पसलमा अनुगमन गर्दा सन्नी ज्वेलर्स, चण्डिका ज्वेलर्स, दुर्गा ज्वेलर्स, महावीर ज्वेलर्सलगायतका सुनचाँदी पसलमा मूल्यमा एकरूपता नभएको पाइएको छ । अनुगमन गर्दा ढक तराजु ठीक देखिएपनि मूल्यमा एकरूपता नदेखिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत बसन्त न्यौपानेले जानकारी दिए। दश ग्राम छापावाल सुनको रु. ४५ हजार र प्रतितोला सुनको रु. ५६ हजार ५७० बताइएको छ।
जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरियालगायतको बजारमा हाल व्यवसायीहरूले सुनचाँदीको कृत्रिम अभाव देखाएर प्रति १० ग्राम छापावाल सुनको रु. ४५ हजार बताउने र रु. ४८ हजारमा कारोबार गर्ने गरेका छन्।