उमाशङकर द्विवेदी
पुरातत्ववेत्ताहरूका अनुसार आधुनिक मानवको आदिपुर्खाको रूपमा ‘ड्रियोपिथेकस’ नामक वानराभ मानिसलाई मान्यता दिइएको पाइन्छ। सोही ‘ड्रियोपिथेकस’लाई मानिसका साथै चिम्पान्जी, गोरिल्ला, ओराङगउटन तथा आदिम वनमान्छेको आदिपुर्खाको पदवी दिइएको छ। प्रकृतिको कुनै विशेष कारणवश मान्छेका अन्य सम्बन्धीहरू जङगलमैं रहिरहे तथा मान्छे आज
सम्पूर्ण पशुहरूबीच बल, विद्यामा
राजा भैंm रहिरहेको छ। मानव विकासको क्रममा प्रकृतिमा निरन्तर परिवर्तन भइरहयो। त्यस परिवर्तनअनुसार
जुन पशुले आफूलाई अनुकूलित पार्न
सक्यो त्यसको अस्तित्व कायम
रहन सक्यो तथा जुन पशुले त्यस परिवर्तित परिस्थितिलाई वरण गर्न सकेन त्यसको अस्तित्व समाप्त हुन पुग्यो अथवा अनुकूल मौसमका अनुसार आफ्नो स्थान परिवर्तन गरेर अस्तित्व जोगाउनुपर्यो।
पुरातत्ववेत्ताहरूका अनुसार आधुनिक मानवको आदिपुर्खाको रूपमा ‘ड्रियोपिथेकस’ नामक वानराभ मानिसलाई मान्यता दिइएको पाइन्छ। सोही ‘ड्रियोपिथेकस’लाई मानिसका साथै चिम्पान्जी, गोरिल्ला, ओराङगउटन तथा आदिम वनमान्छेको आदिपुर्खाको पदवी दिइएको छ। प्रकृतिको कुनै विशेष कारणवश मान्छेका अन्य सम्बन्धीहरू जङगलमैं रहिरहे तथा मान्छे आज
सम्पूर्ण पशुहरूबीच बल, विद्यामा
राजा भैंm रहिरहेको छ। मानव विकासको क्रममा प्रकृतिमा निरन्तर परिवर्तन भइरहयो। त्यस परिवर्तनअनुसार
जुन पशुले आफूलाई अनुकूलित पार्न
सक्यो त्यसको अस्तित्व कायम
रहन सक्यो तथा जुन पशुले त्यस परिवर्तित परिस्थितिलाई वरण गर्न सकेन त्यसको अस्तित्व समाप्त हुन पुग्यो अथवा अनुकूल मौसमका अनुसार आफ्नो स्थान परिवर्तन गरेर अस्तित्व जोगाउनुपर्यो।
उदाहरणको रूपमा मौसममा जाडो असह्यरूपमा बढेको अवस्थामा उष्ण मौसम अनुकूलित हात्तीले उनीको न्यानो कोट बनाएर लगाउन सक्दैन। त्यस्तै मौसममा असह्य गर्मी बढेको अवस्थामा हिमाली मौसममा अनुकूलित हिमाली भालूले आफ्नो रौंदार छाला काढेर अलग राख्न सक्दैन। यस्तो अवस्थामा आफ्नो अस्तित्व जोगाइ राख्नको लागि हात्तीले आफूलाई सुहाउँदो उष्ण प्रदेशमा तथा भालू हिमाली प्रदेशमा स्थान्तरित हुन आवश्यक हुन भयो। मौसमको अलावा आफ्नो अस्तित्व जोगाइ राख्नको लागि कुनै पनि पशुको लागि आहारको व्यवस्था हुन पनि अपरिहार्य रहेको हुन्छ। प्राग्ऐतिहासिककालमा मान्छेसित आहारको लागि आवश्यक पर्ने कृषि कर्म वा पशुपालनको ज्ञान नै थिएन। आहारको आपूर्ति मुख्यरूपमा जङगलमा पाइने कन्दमूल, फलको सङकलन वा पशुको सिकारबाट हुन्थ्यो। यस्तो अवस्थामा सिकारको लागि प्रमुखरूपमा हतियार तथा सङगठनको आवश्यकता पर्दथ्यो। मान्छेबाहेक अन्य कुनै पनि पशुले हतियार बनाउन सकेनन्। हुनत बाघ, भालू जस्ता हिंसक पशुहरूसित प्राकृतिकरूपमा भयानक दात तथा तीखा नङ्ग्राहरू हतियारको रूपमा विद्यमान रहन्थे तर ती हतियार उक्त पशुको शरीरमा नै हुन्थ्यो। जस्तोसुकै भयानक बाघले पनि आफ्नो भयानक दात वा नङ्ग्रा टाढाबाट हानेर अन्य पशुहरूलाई मार्न सक्दैन ।
यसको विपरीत आदिमानवले आफ्नो खोजी मस्तिष्कको तीक्ष्णताले प्रकृतिमा विद्यमान रहेको ढुङगाबाट भएपनि हान्न सक्ने हतियार बनाउन सिकिसकेको थियो । प्रकृतिमा विद्यमान रहने वनस्पतिको हाँगाको सहायताले लट्ठी जस्तो हतियार बनाउन सिकिसक्यो। यसको सहायताले मान्छे हमलावर अन्य पशुहरूलाई धपाउन पनि सक्दथ्यो तथा त्यसको सहायताले कन्दमूल जमीनबाट खन्न सक्दथ्यो र रूखमा फलेको फल पनि झार्न सक्दथ्यो। यी उपलब्धिहरूले आदिमानव आफ्ना अन्य सम्बन्धीहरूभन्दा फरक स्थापित गर्न सफल भयो तथा पशुहरूको बीचमा विद्यमान रहेको प्रतियोगिताको अन्त्य भयो र मान्छे यस प्रतियोगितामा विजयी भयो।
सिकारमा मान्छेलाई सङगठनको आवश्यकता थियो, एक्लैले कुनै ठूलो पशुको सिकार गर्न सकिंदैन्थ्यो। सङगठनको लागि सरसल्लाह गर्न, आदेश दिन आदि जस्ता कामहरूका लागि भाषाको आवश्यकता पर्दथ्यो तर त्यति बेलासम्म कुनै पनि भाषाको जन्म भइसकेको थिएन । मान्छेसित कण्ठमा वाणी त थियो तर कुनै पनि किसिमको वर्णमाला भने थिएन। यस्तो स्थितिमा मान्छेले एक अर्कासित विचारको आदानप्रदान गर्नका निम्ति आफ्नो सम्पूर्ण जीउ, हात, खुट्टा, आँखा, ओठ, भौंजस्ता अङगहरूको प्रयोग गर्न थाले। स्वीकृतिसूचकको रूपमा तलमाथि मुन्टो हल्लाइ दिनु, अस्वीकृतिको सूचकको रूपमा मुन्टो दायाँ बायाँ हल्लाइ दिनु, अभिवादनको क्रममा दुइटै हत्केला जोडी दिनु वा टाउको निहुराइ दिनु, प्रसन्न अवस्था देखाउनका लागि तलमाथिका ओठ फराकिलो पारिदिनु, अप्रसन्नता जाहेर गर्नका लागि आँखा तरिदिनु, टाढा जाहेर गर्नका लागि हात लामो पारिदिनु, नजिक जाहेर गर्नका लागि आफूतिर हात पारिदिनु, नदीमा पानीको गहिराइ कति छ भन्ने प्रश्नको जवाफमा कुर्कुच्चामा, घुँडामा, तिघ्रामा, छातीमा, नाकमा वा टाउकोमाथि हात राख्नु आदि जस्ता वर्णमालाबिनाको भाषाले नै कुरा बुझिन्थ्यो।
मानव विकासको क्रममा ‘ड्रियोपिथेकस’देखि ओरिओपिथिकस, निआन्डरथल, रामापिथिकस, पिथिकेंथ्रोपस, साइननथ्रोपस, हाइडलवर्ग, होमो ऐरेक्टस, प्रारम्भिक होमोसेपियन्स, क्रोमैगनोन हुँदै आधुनिक मानवसम्म आइपुग्दा मानवले विशाल फड्को मारिसकेको थियो। आजको
मानवको हातले विशालकाय इन्जन उचाल्न सक्दछ । उसका खुट्टा हजारौं किलोमिटर नाप्न सक्दछ, ऊ उडेर आकाशको यात्रा गर्न सक्दछ। जहाँसम्म चराहरू पनि पुग्न सक्दैनन्, अझ अन्तरिक्ष पनि उसको लागि दुर्गम छैन, ऊ अथाह जलराशिलाई सजिलै पार गर्न सक्दछ, उसको आँखा अदृश्य वस्तुलाई पनि देख्न सक्दछ, उसको कानले संसारको कुनै पनि कुरालाई सुन्न सक्दछ, देख्न सक्दछ।
तर वर्तमानमा पनि लोकव्यवहारमा प्राग्ऐतिहासिक अवशेष विद्यमान रहेको देख्न सकिन्छ। बाटोमा हिंड्दै गर्दा कोही परिचित मान्छे देखा पर्यो भने आज पनि हामीले मुखबाट केही पनि नबोली केवल दुइटा हात मात्र जोडी दिन्छौं तथा प्रत्युत्तरमा त्यस मान्छेले यात आफ्नो पनि हात जोडी दिन्छ अथवा स्वीकृति सूचक ढङगले मुन्टो हल्लाइदिन्छ । परस्पर अभिवादन आदानप्रदानको औपचारिकता पूरा हुन्छ।