सञ्जय साह ‘मित्र’
अध्यात्मको ठूलो स्थान समाजमा रहेको छ। अध्यात्म ज्यादै गहिरो र सतहमा देखिने धर्म तथा धार्मिक गतिविधि भएपनि उच्च बौद्धिकवर्गमा अध्यात्म शब्द बढी प्रचलनमा रहेको छ। अध्यात्मलाई सतहीरूपमा बुझ्नेले यसै कारण धर्म भन्ने गरेका छन्। धर्मलाई त कर्तव्यको रूपमा लिन्छन् कतिपयले। यदि धर्मलाई कर्तव्यको रूपमा मान्ने हो भने अध्यात्मको अर्थ सङ्कुचनभन्दा माथि उठ्छ। अध्यात्म भनेको धर्मको गहिराइ हो कि धार्मिक गतिविधिको गहिराइ हो ? भन्ने विषयमा अनेक थरी मत हुन सक्छन् तर आजभोलि वैज्ञाानिक अध्यात्मवादको चर्चा पनि सुनिन थालिएको छ।
गीता पढ्नेले अध्यात्मभित्रको वैज्ञानिक दृष्टिकोण पनि पढ्छन्। रावणको वैज्ञानिक दृष्टिकोण पनि निकै माथि रहेको थियो तर धार्मिक आडम्बरहरूले वैज्ञानिकतालाई कम महत्त्व दिंदै गयो र कालान्तरमा आडम्बर मात्र बाँकी रहयो तथा विज्ञानलाई अध्यात्मको र अध्यात्मलाई विज्ञानको विपरीत अर्थमा लिन थालियो। के भनिन्छ भने जो गतिशील छ, उही बढी टिकाउ हुन्छ। आडम्बर गतिशील हुन सक्दैन, तर विज्ञान त गतिशील छ। यस कारण एकातिर आडम्बरका क्षेत्रहरू विस्तार हुँदै गए र अर्कोतिर तथ्य र तर्कमा विश्वासका दायराहरू फराकिलो हुँदै गयो । आडम्बरमा तर्कको स्थान हुँदैन तर चेतनाले त तर्क खोज्छ। यस कारण आडम्बरवादीहरू कमजोर हुँदै गए र विज्ञानले विकास गर्दै गयो।
विज्ञान र अध्यात्म एउटै विषय होइन । यस कारण मानिसले भौतिकवादी र अध्यात्मवादी भनेर एकअर्कालाई विरोधी मान्छन्। बालबालिकालाई विपरीतार्थी शब्दका रूपमा यसलाई शिक्षण गराइन्छ। तर अहिले वैज्ञानिक अध्यात्मवादको चर्चा चल्नुले फेरि यसलाई बहसमा ल्याएको छ।
एक समय नेपालका एकजना प्रधानमन्त्रीले शुभ साइत भनेर कालो बोकालाई बलि दिएका थिए। ती प्रधानमन्त्री वामपन्थी विचारधाराका थिए । वामपन्थीलाई माक्र्सवादी पनि भन्ने गरिन्छ। वामपन्थी वा माक्र्सवादीहरू भौतिकवादी हुन्छन्, उनीहरू अध्यात्ममा विश्वास गर्दैनन्। अध्यात्मको विरोध गर्छन् र धर्मलाई मन्द विषको संज्ञा दिन्छन् । यसकारण वामपन्थी प्रधानमन्त्रीले कालो बोकाको बलि दिंदा निकै आलोचना भएको थियो। माक्र्सवाद र अध्यात्मवादको फ्युजनको संज्ञा दिएर आलोचना गर्ने गरेका थिए। एकजनाले भौतिकवादी दर्शनको बुई चढेर अध्यात्मको आराधना भनी लेखेका थिए। भन्नुको तात्पर्य के थियो भने जब भौतिकवादीहरूले अध्यात्मको आडम्बरमा शरणार्थी बन्न जान्छन् र जब अध्यात्मवादीहरू भौतिकवादी चर्चा गर्छन्, तब दुवै क्षेत्रका बौद्धिकवर्गमा केही नयाँ चिन्तनको जन्म हुन थाल्छ।
उसो भए वैज्ञानिक अध्यात्मवादको प्रयोजन के हो ? अध्यात्म दर्शनलाई प्रचारप्रसार गर्नेहरूले पनि विज्ञानका उपलब्धिहरूको भरपूर उपयोग गरिरहेका छन्। गर्नेहरूले मेसिनको पूजा पनि गरेकै छन्। कम्प्युटरको पूजा गरेको र कम्प्युटरले पूजा गर्न सिकाएको दुवै देखिन्छन्। वैज्ञानिक उपलब्धिहरूको विरोध नगरी अध्यात्मलाई विज्ञानसँगै जोडेर र विज्ञानको विकासमा अध्यात्मको पनि योगदान रहेको कुरालाई समेत दार्शनिक किसिमले पुष्टि गर्न खोजिएको पनि हुनसक्छ। विज्ञानबाट अलग्गिएर धार्मिकपसल ज्यादै समयसम्म चल्न नसक्ने देखेर अब अध्यात्मवादीहरूको ध्यान भौतिकवादी जीवनदृष्टितर्फ तानिएको पनि हुनसक्छ ।
हो, आवश्यकता पनि यही छ। जीवन र जगत्लाई जीवनजगत्भन्दा टाढा लैजान चाहनेहरू समाजबाट आपैंm टाढिन्छन्। मानिसले जे गर्छ त्यसको प्रतिफल ऊ मरेपछि स्वर्ग वा नरकमा जान्छ भन्ने कुरामा मानिसको विश्वास भएपनि वा नभएपनि यसको लागि मानिसले यो यो आडम्बर गर्दा मुक्ति पाइन्छ भन्ने भ्रमबाट निकै हदसम्म मुक्त भएका छन्। कुनै पण्डित वा आध्यात्मिक गुरुलाई दान गर्दा पुण्यको प्राप्ति हुन्छ भन्ने भ्रमबाट मानिस मुक्त भई समाजमा समस्यामा परेका वा अशक्तलाई सहयोग गर्दा केही धर्म होला वा पुण्य होला भन्ने विश्वास गर्नेको सङ्ख्या दिनानुदिन बढिरहेको छ। मानिसले विद्यालय वा पुस्तकालयलाई रकम दिन हिच्किचाउँदैनन् तथा समाजमा राम्रा काम गरेकालाई सम्मान गर्न जति उत्सुकता देखाउँछन्, धार्मिक–आध्यात्मिक क्षेत्रमा काम गर्नेहरूप्रति उतिसारो उत्सुकता पाइँदैन। गरिब, दु:खीलाई सहयोगको दृष्टिले हेर्नुभन्दा ठग्ने नियत बढी राखेको देखिएकोले पनि पीडितवर्गको ध्यान ढोंगीहरूतिरबाट हटेर यथार्थतिर गएको साँचो हो। यसैले वैज्ञानिक अध्यात्मवादमा ढोंग र आडम्बरविहीन तथा ठगी हुँदै नभएको धार्मिक दर्शनले स्थान पाउला भन्ने अनुमान लगाउन सकिन्छ। तर्कलाई निषेध गरेर होइन, तथ्यलाई बङ्ग्याएर होइन बरु सबैलाई एकसाथ समेटेर मानिसको आधुनिक जीवनशैलीमा अध्यात्मको प्रयोग आवश्यक छ, जसले मानिसलाई कुनै जडसूत्रमा नबाँधोस्।
अध्यात्मले मानिसको बिगार गर्नु हुँदैन । दर्शन भनेको मानिसकै लागि हुनुपर्छ । मानिसलाई केही कुराले धेरै समय बरालिनुहुँदैन। मानिसलाई बरालिने किसिमको कुनै पनि धर्म वा अध्यात्मले प्रगति गर्न सक्दैन। अझ यसरी पनि भन्न सकिन्छ, मानिसलाई यथार्थबाट टाढा पुर्याउने कुनै आध्यात्मिक चिन्तनले प्रगति गर्न सक्दैन। यसर्थ आध्यात्मिक भौतिकता वा भौतिक अध्यात्मवादमा लाग्नेहरूले यस कुरालाई विचार गर्न सकेमा त्यो दर्शन मानव कल्याणको लागि हुनसक्छ, अन्यथा त्यो पनि आडम्बर भएर सिद्धिन सक्छ।
मित्रनगर, गरुडा–७, रौतहट