श्रीमन्नारायण मिश्र
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नववर्ष २०७० को पहिलो दिन नै उत्तरी छिमेकी राष्ट्र चीनको भ्रमणमा गए। अहिले उनी कुनै सरकारी पदमा नभएपनि पूर्वप्रधानमन्त्री तथा हाल देशको सबैभन्दा ठूलो दल एनेकपा माओवादीको अध्यक्ष रहेका कारण उनको चीन भ्रमण निकै महत्त्वपूर्ण रहेको मान्न सकिन्छ। एक साता लामो चीन भ्रमणको निहितार्थ खोज्नु आवश्यक छ।
संविधानसभाको विगतको निर्वाचनमा राम्रो सफलता हासिल गरी देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रूपमा स्थापित भएको एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालको चीनसँग राम्रो सम्बन्ध रहिआएको छ। हुन पनि चीनका महान् नेता माओत्सेतुङको विचारधारालाई अँगालेको र दश वर्षसम्म सशस्त्र सङ्घर्ष गरेको पार्टीका नेता दाहालले प्रधानमन्त्री बनेपछि सर्वप्रथम उत्तर छिमेकी राष्ट्र चीनकै भ्रमण गरे। नेपालका प्रधानमन्त्रीहरू प्राय: आफ्नो विदेश भ्रमणको थालनी भारतबाट गर्ने गर्दथे। यस अर्थमा प्रचण्डले नयाँ थालनी गरे। यो उनको अधिकार थियो। स्वेच्छाको कुरा थियो। प्रचण्डको प्रधानमन्त्रीकालमा चीनको धेरैजसो प्रतिनिधिमण्डल नेपाल पनि आए। विगतको करिब पाँच वर्षमध्ये साढे तीन वर्षसम्म माओवादी नेतृत्वकै सरकार रहयो अथवा माओवादीसमर्थित सरकार थियो। डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि केही मन्त्रीहरू चीनसँग राम्रो विशिष्ट सम्बन्ध राख्नुपर्ने मान्यताका पक्षधर थिए। समय–समयमा भएका सम्झौता र कतिपय सहमति एवं कार्यहरूले पनि यस कुराको पुष्टि पनि गरिसकेको छ।
प्रधानमन्त्रीको पदबाट हटेपछि प्रचण्डले दक्षिणी छिमेकी राष्ट्रको विरुद्धमा धेरै आक्रामक भाषाको प्रयोग गरे। तर शनै: शनै: उनको भाषामा परिवर्तन आएको छ। उनले आफ्नो राजनीतिक उँचाइलाई बढाएका छन्। उनको स्वीकार्य नेतृत्व क्षमता परिवर्तन र दूरदर्शिताको पनि प्रशंसा हुन थालेको छ । आफ्नै हातले उनी एमालेका झलनाथ खनाल एवं आफ्नो पार्टीका उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री मात्र होइन सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउनमा समेत प्रमुख भूमिकाको निर्वाह गरे । त्याग पनि गरेर देखाइ दिए भने आफ्ना लडाकूहरूलाई समायोजन एवं व्यवस्थापन गर्नमा सहयोगी साबित भए। पार्टी विभाजनका कारण उनको नेतृत्व क्षमतामाथि प्रश्नचिन्ह न तेर्सिएको होइन तर एमालेमा आएको विभाजनका कारण एमाओवादीको विभाजन प्रभावहीन साबित भइरहेको छ । पदमा नबसे पनि उनले ब्याक सिट ड्राइभिङ गरिरहे। डा. भट्टराई सरकारमाथि उनले सकभर आफ्नो दबाब कायमै राखे। यस अर्थमा उनको नेतृत्व क्षमता निर्विकल्प हुन गएको छ। हेटौंडा महाधिवेशनमा पुन: नेतृत्वमा रहनाले पनि बलियो भएका छन्।
नेपालमा राजतन्त्रको अन्त्यपछि उत्तरी छिमेकी यहाँ एउटा भरपर्दो एवं बलियो मित्रको खोजीमा छ। एमाओवादी पार्टीका अध्यक्ष जस्तो व्यक्ति हुँदाहुँदै चीनले अन्यत्र ध्यान पनि किन दिने ? यद्यपि दाहाल भारत र चीनसँग एक सामान सम्बन्ध कायम राख्ने कुरा गर्दछन् तर नेपालमा जब कोही नेता समान सम्बन्धको कुरा गर्दछन्, यसको अर्थ उत्तरी छिमेकीसँगको घनिष्ठता हुनजान्छ । पञ्चायतको तीस वर्ष, राजा ज्ञानेन्द्रको शाहीकाल र स्वयं प्रचण्डको शासनले पनि यस कुराको पुष्टि गरिदिएको छ। तर अब भने प्रचण्ड वास्तवमैं भारत र चीनसँग राम्रो सम्बन्ध बनाउन खोजेका छन् कि जस्तो कुरा चर्चामा छ। हुनत भारत र चीन स्वयं पनि एक अर्काका नजिक आएका छन्। दुवै देशबीचको सम्बन्ध घनिष्ट छ एवं द्विपक्षीय व्यापार पनि बढेको छ तर पनि प्रचण्ड यदि यी दुईसँग राम्रो सम्बन्ध राखेर नेपालको प्रगति गर्न चाहन्छन् भने यो राम्रो कुरा हो।
प्रचण्डको चीन भ्रमण अस्वाभाविक होइन। चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग उनको चिनजान छ नै। एपेकको उपाध्यक्ष भएका नाताले पनि चिनियाँ नेतासँगको निरन्तर सम्बन्ध सम्पर्क भई नै रहन्छ। लुम्बिनीमा चीनले गर्न खोजेको लगानीमा प्रचण्ड सहयोगी साबित हुने चिनियाँ विश्वास छ। हाललाई यो विषय थाती राखिएपनि प्रचण्डलाई लुम्बिनीको विकासबारे नीति निर्माण गर्ने प्रमुख व्यक्तिमध्येको स्थान दिइएको छ। लुम्बिनी नेपालको निम्ति गौरवको विषय हो, यसमा पूरै विश्वको ध्यान छ। नेपाल र भारत दुवैले मिलेर लुम्बिनी, कुशीनगर, गया आदिको विकास गर्न सके यो राम्रो हुने थियो। हाम्रो देवता, ऋषिमुनि एवं पूर्वजहरू मात्रै होइन स्वयं हाम्रो आफ्नो जीवनको सार्थकता पनि दुवै देश (नेपाल र भारत)को भ्रमणबाट नै हुने गर्दछ। यस्तो अवस्थामा हाम्रो धर्म, संस्कृति र धार्मिकस्थल आदिहरूको विकास एवं उत्थानमा साझारूपमा अभियान चाल्नु उचित हुनेछ। लुम्बिनीको विकासमा निस्स्वार्थ भावले जुन सहयोग गरेपनि त्यो स्वागतयोग्य नै मानिनेछ।
चीन भ्रमणका दौरान उनले चिनियाँ कम्युनिस्टका शीर्ष एवं महत्त्वपूर्ण नेताहरूलाई भेट्नुका साथै राष्ट्रपति सी जीनपीङ एवं चिनियाँ सरकारका अन्य मन्त्रीहरू तथा प्रधानमन्त्रीसँग पनि भेटघाट गरे। चिनियाँ उद्योगपतिहरूसँग पनि उनले भेटघाट गरे र नेपालको जलविद्युत्, कृषि, विमानस्थल, सडक र अन्य उद्योग तथा व्यवसायमा समेत लगानी गर्न आग्रह गरे। हुनत अहिले पनि नेपालमा सबैभन्दा बढी लगानी गर्ने सूचीमा चिनियाँ कम्पनी नै अग्रपङ्क्तिमा छन्। नेपालको जुन ठाउँमा भएपनि चिनियाँ लगानीका आयोजना निर्वाधरूपमा चलिरहेका छन् तर कतिपय आयोजनामा चिनियाँ ठेकेदारहरूका कारण नै विवाद उत्पन्न हुने अवस्था उत्पन्न भएको छ। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्य, त्रिशुली ३ ‘ए’ जलविद्युत् आयोजना, कुलेखानी आयोजना तथा यस्ता कतिपय आयोजनाहरू चर्चामा आए, जसमा चिनियाँ लगानीकर्ताहरूले शुरूमा कम रकममा टेन्डर कबोल गरे तर पछि गएर समय एवं टेन्डर रकम बढाउने माग गरे । भेरिएसन अर्डरको मागको कारण नेपाल सरकार चिनियाँ ठेकेदारबाट त्रसित छ। चीन अहिले विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति राष्ट्रको पङ्क्तिमा आउँछ। नेपाल जस्तो देशलाई केही दिने मनसाय उसको हुनुपर्दछ । एक चीन नीतिको पक्षमा नेपाल शुरूदेखि रहिआएको छ। नेपालको मामिलामा अब चीनको पनि पहिलेको जस्तो शान्त कूटनीति रहेन। अब चिनियाँ राजदूत पनि दलहरूको अध्यक्ष र नेतालाई भेट्न उनको निवास धाउने तथा सुझाव सल्लाह दिन थालेका छन्। नमागिएको सुझावलाई नै शायद हस्तक्षेप पनि भनिन्छ। नेपालको राजनीतिमा चिनियाँ चासो बढेकै हो। अब चीनले पनि नेपालका नेताहरूले चीन भ्रमणमा बोलाउन थालेका छन्। कम्युनिस्टका नेताहरू स्वाभाविकरूपमा पहिलो हकदार हुने गर्दछन्। प्रचण्डको चीन भ्रमणबाट नेपाललाई फाइदा होस् नहोस् एकीकृत नेकपा माओवादीलाई यसबाट लाभ हुने निश्चित छ। अन्य वाम नेताहरूको तीर्थ भ्रमणको शुभ साइत हेर्न बाँकी छ। चीनमा नयाँ नेतृत्व सत्तामा आएपछि कुनै नेपाली नेताको यो पहिलो चीन भ्रमण थियो। बेइजिङले नेपालमा सबैभन्दा बढी मन पराएको नेता प्रचण्ड नै हुन् भन्ने कुरालाई अन्यहरूले पनि अब सहजरूपमा बुझिसकेको हुनुपर्दछ। यस सम्बन्धको महत्त्व छ।