प्रस, वीरगंज, १२ वैशाख/
कक्षा ७ मा अध्ययनरत अरुण साहले प्रहरीविरुद्ध लिखित उजुरी दिएका छन्।
अनाहकमा जिप्रका पर्साका प्रहरी जवान राजु गुरुङले वैशाख ९ गते साँझ आफूलाई सार्वजनिकस्थलमा दुव्र्यवहार गरेकोविरुद्धमा प्रहरी उपरीक्षक पीताम्बर अधिकारीलाई भेटेर मौखिक उजुरी गर्दा पीडकमाथि कुनै कारबाई नभएपछि छात्र साहले लिखित उजुरी दिएका हुन्।
उनले प्रहरी उपरीक्षक अधिकारीसँग भेट गरी आफूलाई प्रज गुरुङले सडकमा धक्का दिएको र किन धक्का दिनुभएको भनी सोध्दा अपशब्द प्रयोग गरेर दुव्र्यवहार गरेको भनी तत्कालै मौखिक उजुरी गरेका थिए। पीडकमाथि कारबाई गर्ने आश्वासन दिएको भए तापनि हालसम्म कुनै
कारबाई नभएपछि लिखित उजुरी दिएको छात्र साहले बताएका छन्।
प्रउ अधिकारीले सो सम्बन्धमा बुझेर कारबाई गर्न प्रनि मनोहर भट्टको जिम्मा लगाएपनि भट्टले कुनै कारबाई नगरेको भन्दै छात्र साह असन्तुष्ट बनेका हुन्। साहले आफूसँग दुव्र्यवहार गर्ने प्रजविरुद्ध कारबाई हुनुपर्ने माग गरेका छन्। छात्र साहले दुव्र्यवहार गर्ने प्रहरीले माफी माग्नुपर्ने अथवा उनलाई कसुर अनुसारको सजाय दिनुपर्ने अडान राखेका छन्। प्रनि भट्टले आममानिसअगाडि प्रहरीलाई माफी माग्न लगाउन नसकिने बताए। प्रनि भट्टको सो जवाफले आफूलाई थप आघात पुगेको छात्र साहले गुनासो
गरे।
सरकारी वर्दी लगाएका प्रहरीले सार्वजनिकस्थलमा स्कूले बालकलाई दुव्र्यवहार गर्न मिल्ने कि नमिल्ने ? भन्ने प्रश्नको जवाफ आफूले खोजिरहेको पीडित छात्रले प्रतीकसँग बताए।