प्रस, पथलैया, १६ वैशाख/
निजगढमा सञ्चालन भइरहेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौरीशङकर उच्च माध्यमिक विद्यालय प्रथम भएको छ। प्रतियोगितामा नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय रतनपुरी द्वितीय र जनजागृति उच्च माध्यमिक विद्यालय सखुवाघाट तृतीय भएको छ।
जिल्ला खेलकुद विकास समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न अन्तिम दिनसम्ममा सात स्वर्ण, आठ रजत र एक कास्य जित्दै गौरीशङकरले पहिलो स्थान हासिल गरेको छ। प्रतियोगितामा ९८ अङक प्राप्त गरेको गौरीशङकरका छात्रछात्राहरूले एथलेटिक्सका विभिन्न प्रतिस्पर्धामा पदक जितेका थिए। प्रतियोगितामा दोस्रो भएको रतनपुरीले ७८ अङकसहित पाँच स्वर्ण, चार रजत र पाँच कास्य पदक जितेको थियो। यसैगरी छ स्वर्ण, दुई रजत र चार कास्य जितेको जनजागृतिले तृतीय स्थान हासिल गरेको छ। प्रतियोगिता अवधिभर छ स्वर्ण जिते पनि अङकका आधारमा जनजागृति तृतीय भएको हो। जनजागृतिले ६८ अङक जोडेको थियो। तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरिका १५ विद्यालयबाट दुई सय विद्यार्थीहरूको सहभागिता थियो। प्रतियोगितामा छात्र र छात्रातर्फ विभिन्न दूरीको दौड, रिले दौड, हाईजम्प, लङजम्प, भलिबललगायत खेल सम्पन्न भएको थियो ।
प्रतियोगिता अन्तर्गत विजयी खेलाडी र विद्यालयलाई पुरस्कार वितरण गरिएको छ। मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष राजेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रतियोगिताका संयोजक कृष्णमुरारी खड्का, भलिबलका निर्णायक गोकुल घोरसाइने, एथलेटिक्सका निर्णायक गुरुप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगितामा प्रथम भएको गौरीशङकरले ट्रफिसहित नगद पन्ध्र हजार प्राप्त गरेको संयोजक खड्काले जानकारी दिए। प्रतियोगिता गत शनिवारदेखि शुरू भएको थियो।