सिकेन्द्र पासवान, कलैया १६ वैशाख/
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस मधेसीको पार्टी भएको बताएका छन्।
कलैया–६ स्थित नवनिर्मित नेपाली काङ्ग्रेस बाराको वीपी स्मृति भवनको उद्घाटन एवं वीपीको सालिक अनावरण कार्यक्रमको अवसरमा श्री ३ चन्द्र उच्च माविको परिसरमा नेपाली काङ्ग्रेस बाराले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि देउवाले काङ्ग्रेसको जन्म मधेसमैं भएकोले मधेसी जनताको हकअधिकारका लागि काङ्ग्रेस प्रतिबद्ध रहेको बताए ।
मधेसवादी दलका नेताहरूले मधेसको नाममा मधेसी जनतालाई धोका दिंदै सत्तामा पुगी आफ्नो स्वार्थसिद्ध गर्ने गरेको आरोप लगाउँदै मधेसीको कल्याण नेपाली काङ्ग्रेसले मात्र गर्नसक्ने दाबी नेता देउवाले गरे।
एमाओवादी देशको बारेमा नसोची सत्ताकब्जा गर्ने खेलमा मात्र लागेको आरोप लगाउँदै नेता देउवाले बन्दुकको भरमा शासन गर्ने तानाशाहहरू विश्वमा प्रशस्त भएका उदाहरण दिंदै हत्या र हिंसाको राजनीतिक त्याग्न एमाओवादीलाई आग्रह गरे। मुलुकमा स्थायी शान्ति कायम गर्दै सबैको हकहित सुनिश्चित गर्ने एकमात्र विकल्प संविधानसभाको चुनाव भएको उनले बताए।
विशिष्ट अतिथि पूर्वमहामन्त्री बिमलेन्द्र निधिले मङ्सिरको पहिलो हप्तामा चुनाव हुने भन्दै त्यसमा शङका नगर्न सबैलाई आग्रह गरे। असारमा गर्ने भनिएको चुनावमा मधेसी, अल्पसङ्ख्यक र पिछडिएका वर्ग नागरिकताविहीन रहेका कारण उनीहरू मतदानबाट वञ्चित हुनु नपरोस् भन्नका खातिर चुनावको मिति सारिएको बताए।
नेपाली काङ्ग्रेस बाराका सभापति राधेचन्द्र यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू रमेश रिजाल, फरमुल्लाह मन्सुर, महम्मद अफताब आलम, उमाकान्त चौधरी, डिनालक्ष्मी उपाध्याय, अजय चौरसिया, रौतहटका सभापति कृष्ण यादव, मकवानपुरका रघुरमण न्यौपाने, नेताहरू लालबाबू सिंह, रामअयोध्या यादव, नेविसङ्घका पूर्वमहामन्त्री जीतजङग बस्नेत, महिला नेत्री मधु शाहीलगायतले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा शहीद परिवार र स्वतन्त्रता सेनानीहरूलाई प्रमुख अतिथि देउवाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।