– डा. रमेश मिश्र
नसिक दोष (रज र तम) दूषित भएमा परिणामस्वरूप मस्तिष्क अशान्त हुनुलाई एन्जाइटी न्युरोसिस अर्थात् चित्तोद्वेगको अवस्था उत्पन्न हुन्छ । यसका मुख्य दुई कारणहरू हुन्: पहिलो आहारजन्य जसमा असंयोज्य, दूषित र खानै नहुने भोजनको नियमित सेवन । दोस्रो मानसिक कारण हो, जसमा अत्यधिक डर, दु:ख वा खुशीबाट प्रभावित हुन्छ । अरूलाई हीनभावले देख्नु र व्यवहार गर्नु र मानव मूल्यको आदर नगर्नु जसले गर्दा मनको अस्थिरता, अशान्ति, बुद्धिलोप, चिन्तित भाव, अप्रास·िक कुरा गर्नु आदि लक्षण उत्पन्न भइहाल्छ । रोग बढ्दै गएमा उच्च रक्तचाप, अर्घावेदक (माइग्रेन), अनिद्रा, मनोवसाद, दौर्बल्य, पाचन सम्बन्धी विकार, अम्लपित्त, यौवन पिडीका, त्वक विकार, कब्ज वा अतिसार आदि शारीरिक रोगका लक्षणहरू देखा पर्न थाल्छन् ।
आयुर्वेदमा एन्जाइटी न्युरोसिसको उपचार– यो एउटा मनोवैज्ञानिक विकार हो । यसको चिकित्सा रसायन औषधिहरू विशेषत: मध्य रसायनबाट गरिन्छ । मण्डुकपर्णी, ब्राहली, यष्टीमधुजस्ता रसायन जडीबुटीबाट बनेका औषधिहरू चिकित्सकको सल्लाह अनुसार गरिन्छ । पथ्यमा रोगीलाई पुरानो चामल, घृत, अङ्गुर फल, मुनक्का, दूध, सेतो लौका खान दिइन्छ । ध्यान र प्राणायाम गर्न लगाइन्छ ।
यस्ता रोगीलाई बढी तीतो, पिरो, गरम मसला एवं विरुद्ध आहारको सेवन गर्न दिनुहुँदैन । मदिरापान, धूमपान गर्न पनि दिनुहुँदैन । प्राकृतिक अघारणीय वेगहरू जस्तै दिसा–पिसाब धेरै बेर रोक्नुहुँदैन ।
लेखक नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिष्ट्रार हुन् ।
मच।चबmभकजmष्कजचब२थबजयय।अयm