परिचय:
आजभन्दा दुई हजार वर्ष पहिले प्रभु यीशु ख्रीष्टलाई क्रूसमा झुन्ड्याई मृत्युदण्ड दिइएको दिन शुक्रवार परेको थियो । यो पवित्र सप्ताह अन्तर्गत ‘पास्कल ट्रिडम’ अथवा पवित्र तीन दिनभित्रको ईस्टर सन्डे अर्थात् प्रभु यीशुको पुनरुत्थान भएको आइतवारभन्दा अघिल्लो शुक्रवार हो । पास्कल ट्रिडमको गणना बिहीवार बेलुकीदेखि आइतवार बेलुकीसम्म गरिन्छ । त्यसभित्र पर्ने शुक्रवारलाई गुड फ्राइडे अर्थात् पवित्र शुक्रवार भनिने गरिएको हो । कसैलाई मृत्युदण्ड दिएको दिनलाइ ‘राम्रो’ कसरी भन्न सकिन्छ ? प्रभु यीशुले पाउनुभएको मृत्युदण्ड अरू भन्दा धेरै किसिमले फरक थियो ।
संसारका धेरै देशमा अहिले पनि मृत्युदण्ड दिने नियम र प्रचलन छ । हाम्रो छिमेकी देशमा दुई आतड्ढवादीलाई मृत्युदण्ड दिइएको धेरै भएको छैन । मृत्युदण्ड प्राय: ठूलो र समाजको लागि खतरा बनिसकेका अपराधीलाई दिइन्छ । तर प्रभु यीशुले कुनै पनि अपराध गर्नुभएको थिएन । बरु उहाँले आफ्नो जीवनकालमा मानव जातिको सेवा गर्दै परमेश्वरको राज्य प्रचार गर्नुभयो र अनगिनत रोगी–बिरामीलाई निको पार्नु भयो, यहाँसम्म कि समाजबाट अपहेलित कुष्ट रोगीहरू र वेश्यावृत्तिमा लागेकाहरूसँग पनि मित्रवत व्यवहार गर्नुभयो । प्रभु यीशुलाई मृत्युदण्ड किन दिइयो त ?
प्रभु यीशुको मृत्यु र पुनरुत्थानबारे प्रकाश पार्दै उनका चेलाहरूमध्ये एक पत्रुसले यसरी भनेका छन्–“मानिस हो, यी कुरा सुन्नुहोस्, नासरतका यीशु यस्ता व्यक्ति हुनुहुन्थ्यो, जसलाई परमेश्वरले शक्तिशाली कामहरू, अचम्मका कामहरू र चिह्नहरूद्वारा तपाईंहरूका सामुन्ने प्रमाणित गर्नुभयो । तपाईंहरूलाई थाहै छ कि परमेश्वरले तपाईंहरूबीच यी कामहरू यीशुद्वारा गर्नुभएको हो । परमेश्वरले ठहर्याउनुभएको निश्चित योजना र पूर्वज्ञान अनुसार पक्राउ पर्नुभएका यिनै यीशुलाई अधर्मी मानिसका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो ।”
(प्रेरित २: २२,२३) मानिसहरूद्वारा प्रभु यीशु मारिनुभएको देखिएख पनि यसको पछाडि परमेश्वरको निश्चित योजना र पूर्वज्ञान रहेको स्पष्ट हुन्छ ।
परमेश्वरको योजना:
परमेश्वरको योजना विचार गर्दा मानिसको रूपमा रहेको हाम्रो सीमित विचार त्याग्नु आवश्यक हुन्छ, किनभने स्वर्ग र पृथ्वीमा जति फरक छ, मानिस र परमेश्वरको सोचमा पनि त्यतिकै फरक छ । परमेश्वरको स्वभावहरू अथवा गुणहरूमध्ये प्रेम अति महत्त्वपूर्ण स्वभाव हो । सृष्टिको रचना परमेश्वरले प्रेममा र प्रेम प्रदर्शन गर्नका लागि गर्नुभएको हो । बाईबल धर्मशास्त्रमा सृष्टिको वर्णन गरिए अनुसार पहिलो मानिस आदम र स्त्री हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गर्दा संसारमा पाप र मृत्यु व्याप्त भयो । “एउटा मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।” (रोमी ५:१२) । तर परमेश्वरले त मानिसलाई आफ्नै स्वरूपमा बनाउनका लागि सृष्टि गर्नुभएको थियो, जसरी लेखिएको छ, ूफेरि परमेश्वरले भन्नुभयो–मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । (उत्पत्ति १: २६) परमेश्वरको योजना मानिसको सोचमा अटाउँदैन । सम्पूर्ण मानव जातिका लागि परमेश्वरको एउटै योजना छ र त्यसमा कहिल्यै कुनै परिवर्तन भएको छैन र हुने पनि छैन । त्यो हो मानिसलाई परमेश्वरको आफ्नै स्वरूपमा बनाउने ।
परमेश्वर सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी र अति प्ेरमिलो हुनुहुन्छ । यसको साथै उहाँ अनादि र अनन्त पनि हुनुहुन्छ । उहाँले आफ्नै सिद्ध इच्छामा सृष्टिको रचना गर्नुभएको हो, कसैले अर्हाएर होइन । मानिसका लागि उहाँको योजना पनि आफैंले गर्नुभएको हो, कसैले अर्हाएर होइन । उहाँले जे इच्छा गर्नुहुन्छ, त्यो गर्नु हुन्छ, किनभने त्यो गर्न उहाँ समर्थ हुनुहुन्छ र त्यो असल र सिद्ध हुन्छ । यस कारण मानिसलाई आफ्नै स्वरूपमा बनाउने परमेश्वरको योजना कहिल्यै पनि फेरबदल नहुने योजना हो । यो योजना बुझ्नका लागि हामीले जीवन र अनन्त जीवनबीचको फरक बुझ्न आवश्यक छ ।
शरीर, प्राण र आत्मा:
मानिसको रूपमा हामी शरीरधारी प्राणी हौं । पशुपक्षी पनि हामीजस्तै शरीरधारी प्राणी हुन् । हामी मृत्युको अधीन छौं, पशुपक्षी पनि हामीजस्तै मृत्युको अधीन छन् । यस संसारको हाम्रो जीवन समाप्त भएपछि हामी यो शरीर छाड्छौं, यो शारीरिक मृत्यु हो । ‘मानिसको निम्ती एकपटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ’ (हिब्रू ९:२७) । यो शरीरको एउटा सीमा छ, एउटा बाध्यता छ, त्यो के भने यो शरीर यस संसारको लागि मात्र हो । यो शरीर साथ हामी परमेश्वरको महिमामय उपस्थितिमा जान सक्दैनौं । ‘परमेश्वरलाई देखेर कोही पनि जीवित रहन सक्दैन ।’ यो मरणशील शरीर परमेश्वरको तेज र प्रताप सहन गर्न असमर्थ छ ।’ ‘मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न विनाश अविनाशको हकदार हुन सक्छ ।’ (१को. १५: ५०) यस कारण स्वर्गको राज्यमा रहनका लागि हाम्रो यो मरणशील शरीर पर्याप्त छैन । हामीलाई यस जीवनभन्दा फरक अर्थात् अनन्त जीवन आवश्यक छ ।
हाम्रो शरीर हामीलाई वासस्थानको रूपमा दिइएको छ । यो हाम्रो डेरा, तम्बू वा आवरणजस्तै हो । शरीरभित्र वास बस्ने प्राणी ‘म’ हो । हाम्रो शरीर र प्राण छ जो पशुपंछीको पनि हुन्छ । जुन कुराले पशुपंछीभन्दा हामीलाई फरक पार्छ त्यो हो आत्मा । आत्मा हामीमा भएको कारण हामीमा चेतना छ । पशु पंछीमा आत्मा नभएको कारण उनीहरूमा चेतना छैन । मानिसले सोच विचार र कल्पना गर्न सक्छ, तर अन्य प्राणीमा यसको नितान्त अभाव छ । यसै कारण मानिसले विवेकद्वारा ठीक र बेठीक, उचित र अनुचित छुट्याउन सक्छ । आत्माको कार्यक्षेत्र प्रकाश, पूर्वाभास र विवेक हुन् र आत्मा पाएको मानव जातिमा पाप स्वभाव पनि भएको कारण बाध्य भएर मानिसले पाप गर्छ र पाप गरेको थाहा पनि पाउँछ, विवेकले पाप गरेको हो भनी मनभित्र चर्को स्वरले कराउँछ । हाम्रो दयनीय अवस्था यसरी प्रस्ट पारिएको छ । ‘म के गर्दछु, त्यो बुझ्दिनँ । किनकि म जे चाहन्छु त्यो गर्दिनँ । तर त्यही गर्दछु, जसलाई म घृणा गर्दछु । त्यसैले अब त्यो गर्ने म होइन, तर ममा वास गर्ने पाप हो । किनकि मलाई थाहा छ, कि ममा, अर्थात् मेरो पाप स्वभावमा केही असल कुराले वास गर्दैन । जे असल छ, त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिनँ । किनभने असल काम जो म गर्न चाहन्छु, त्यो म गर्दिनँ । दुष्ट काम, जुन म गर्न चाहन्नँ, त्यही म गर्ने गर्छु । अब म जे इच्छा गर्दिनँ, त्यही गर्छु भने त्यो गर्ने म होइन, मभित्र वास गर्ने पाप हो ।’ (रोमी ७: १५(२०) । हामीले बुझ्नुपर्ने अति महत्त्वपूर्ण सत्य के हो भने हाम्रो वास स्थान शरीरसँगै पाप स्वभाव गाँसिएको छ । शरीरमा रहुन्जेल मानिसलाई पाप स्वभावले पिरोलिरहने बाध्यता छ ।
परमेश्वरको उपाय:
मानव जातिको प्रतिनिधित्व गर्दै प्रेरित पावलले आफ्नो असहाय अवस्थाको वेदना पोख्दै भन्छन्–“हाय, म कस्तो दु:खी मानिस १ यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” र तुरुन्तै यस समस्याको समाधान पनि दिन्छन्: “येशु ख्रीष्ट हाम्रा प्रभुद्वारा । परमेश्वरलाई धन्यवाद होस् । (रोमी ७: २४, २५) । पावल प्रेरित हुनुभन्दा अघि प्रभु यीशुलाई विश्वास गर्ने सबैलाई सताउँदै जेल हाल्ने गरेका थिए । यसै कामको लागि दमस्कस जाने क्रममा बौरी उठ्नुभएको प्रभु यीशुसँग उनको भेट भएको थियो । यस भेटले पावलको जीवनमा आमूल परिवर्तन ल्याएको थियो । धेरै वर्ष अघि काठमाडौंको मेरो होस्टल कोठामा मैले पनिे प्रभु यीशुसँग भेटेको थिएँ र मेरो जीवनमा पनि परिवर्तन भएको थियो । मैले गरेका सबै पाप उनको रगतले धोइएको मैले अनुभव गरें । प्रभु यीशुसँग भेट्ने अर्थात् उहाँलाई विश्वास गरी व्यक्तिगत उद्धारकर्ता स्वीकार गर्ने जो कोहीले यस्तै अनुभव गरी आफ्नो जीवनमा आमूल परीवर्तन भएको थाहा गर्न सक्छ । यसको कारण के हो भने यीशुको बलिदानद्वारा परमेश्वरले मानव जातिको सबै पाप क्षमा गरी पूर्णरूपले मेटिदिनुभएको थियो । तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढाउनुभयो, किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ ।” (हिब्रू १०: १२, १४) उहाँको बलिदान सबै पापका लागि र सधैंका लागि पर्याप्त छ ।
पापले पाप गर्ने हरेक व्यक्तिको आत्मालाई बन्धनमा राख्छ र पापको ज्याला मृत्यु हुने हुनाले पाप गर्ने हरेक व्यक्ति मृत्युको भागीदार हो । यो मृत्यु शरीरको मात्र नभई आत्माको हो । यसलाई बाईबल धर्मशास्त्रमा दोस्रो मृत्यु भनिएको छ । दोस्रो मृत्यु भनेको नर्क हो, यो अति कष्टले भरिएको अग्निकुण्ड हो, जहाँ परमेश्वरको उपस्थिति रहँदैन । नर्क आधारभूतरूपमा शैतान र उसका सेनाहरूको लागि हो, तर जीवनको पुस्तकमा नाम नभएको हरेक व्यक्ति अग्निकुण्डमा फालिने छ । “मृत्यु र पाताल अग्निकुण्डमा फालिए । जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेटिएन त्यो अग्निकुण्डमा फालियो ।” (प्रकाश २०: १४) । परमेश्वर प्रेमिलो हुनुहुन्छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, जसले उहाँमाथि विश्वास गर्ने कसैको पनि नाश नहोस्, बरु उसले अनन्त जीवन पाओस् ।” (यूहन्ना ३: १६) । यस प्रकार परमेश्वरले प्रभु यीशुलाई संसारको पापको लागि बलिदान हुनलाई दिनुभएको हो जसले गर्दा परमेश्वरको आफ्नै स्वरूपमा सृष्टि गरिएको मानिस उहाँमाथि विश्वास गरेर अनन्त जीवन प्राप्त गर्न सकोस् । किनभने, जस–जसले उहाँमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन पाउँछ । (यूहन्ना ३: १५) । यो अनन्त जीवन भनेको परमेश्वरको जीवन हो जसको अन्त छैन । यीशुको बलिदान मानिसको उद्धार र अनन्त जीवनको लागि परमेश्वरले गर्नुभएको उपाय हो ।
सबै मानिसको सबै पाप आफूमाथि लिएर यीशु मर्नुभएकोले उहाँमाथि विश्वास गर्ने हरेकले पापबाट क्षमा, अनन्त जीवन र मुक्ति पाउँछ । यसका साथै त्यो व्यक्तिको नाउँ जीवनको पुस्तकमा लेखिन्छ । प्रभु यीशु कुनै नयाँ धर्मका प्रवत्र्तक होइनन् तर उहाँ आफैंले भन्नुभएको छ–बाटो, सत्य र जीवन म नै हुँ । मबाहेक कोही पनि पिताकहाँ आउन सक्दैन । (यूहन्ना १४: ६) । मानिस र परमेश्वरबीच एक मात्र मध्यस्थ हुनुहुन्छ । उहाँको बलिदानले विश्वास गर्ने हरेक व्यक्ति र परमेश्वरबीच मिलापको सेतुको काम गर्छ । हरेक व्यक्तिको लागि स्वर्ग पस्ने ढोका यीशुको बलिदान भएर खुल्छ । अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन । (प्रेरित ४: १२) । उहाँमाथि विश्वास गर्ने हरेक व्यक्तिको जीवन अनन्त जीवनमा परिवर्तन हुन्छ र यस्तो व्यक्ति सधैंको लागि परमेश्वरको उपस्थिति वा स्वर्गमा रहन्छ । यीशुले गर्नुभएको बलिदान हरेक व्यक्तिको जीवनमा सार्थक हुन सकोस् ।
- डा. पीटर कमलेश्वर सिंह