परिचय:
इस्टर सन्डे पासकल ट्रिडम अर्थात् पवित्र त्रिदिवसको अन्तिम दिन अर्थात् आइतवारलाई भनिन्छ । यसैदिन यीशुको पुनरुत्थान भएको थियो । बाइबल धर्मशास्त्रको नयाँ नियममा चारवटै सुसमाचारका पुस्तकहरूमा यसको वर्णन गरिएको छ । यीशुले सेवाको क्रममा पटकपटक आफ्नो मृत्यु र पुनरुत्थानबारे शिष्यहरूसँग कुराकानी गरिरहनुहुन्थ्यो । उहाँ कसरी जेरुसलेममा जानुपर्छ र धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना शिष्यहरूलाई बताउन थाल्नुभयो । (मत्ती १६:२१) यस्तै कुराहरू मर्कुस र लुका रचित सुसमाचारका पुस्तकहरूमा पनि उल्लेख गरिएका छन् । यीशुको मृत्यु र त्यसको तेस्रो दिन भएको पुनरुत्थान पूर्वनियोजित र परमेश्वरको योजनाअनुसार नै थियो । परमेश्वरले ठहराउनुभएको निश्चित योजना र पूर्वज्ञानअनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूका हातद्वारा तपाईंहरूले क्रूसमा टाँगेर मार्नुभयो । उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो । किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो । (प्ररित २:२३, २४) यीशुलाई क्रूसमा चढाएर दिइएको मृत्युदण्ड मानवजातिको पापमोचनको लागि हो भने उहाँको पुनरुत्थानको उद्देश्य र महत्त्व के हो ? वास्तवमा प्रभु यीशुको मृत्यु र पुनरुत्थानले सृष्टिको इतिहासमा एउटा नयाँ युगको आरम्भ भएको छ ।
परमेश्वरले मानवजातिको सृष्टि आफूसँग रहन र स·ति गर्नका लागि गर्नुभएको हो । उत्पत्तिको पुस्तकमा लेखिएको छ, परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैंचा लगाउनुभयो र उहाँले बनाउनुभएको मानिसलाई त्यही राख्नुभयो । (२:८) तर सैतानको धोखामा परेर मानिसले पाप गर्यो र त्यही समयदेखि मानिस र परमेश्वरको बीचमा पापको गहिरो खाडल आयो । फलस्वरूप मानिस र परमेश्वरबीचको सम्बन्ध नष्ट भयो र स·ति हरायो । उनीहरू परमेश्वरको उपस्थितिदेखि डराउन र लुक्न थाले । अनि साँझपख परमप्रभु परमेश्वर बगैंचामा डुलिरहनु हुँदा तिनीहरूले उहाँको आवाज सुने र मानिस र उनकी पत्नी बगैंचाका रूखहरूका बीचमा परमप्रभु परमेश्वरको नजरबाट लुके । (उत्पत्ति २:८) तर समय पूरा भएपछि प्रभु यीशुले मानवजातिको सबै पाप आफूमाथि लिएर क्रूसको मृत्युबाट पापमोचन गर्नुभएको र मानिस र परमेश्वरको बीचमा मिलाप गराउनुभएको छ । यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो । (२ कोरि. ५:१८ क)
त्यस्तै पुनरुत्थानबाट उहाँले आफूमाथि विश्वास गर्ने सबैको लागि एउटा उदाहरण हुनुभएको छ । यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामीसँगै एक हुने छौं । (रोमी ६:५)
पुनरुत्थान के हो ?
यीशुले आफ्नो सेवाको क्रममा कतिजना मरिसकेका व्यक्तिहरूलाई जीवित पार्नुभएको थियो । सबभन्दा उल्लेखनीय लाजरसलाई बिउँताउनुभएको घटना हो । लाजरस मरेको र चिहानमा राखिएको चार दिन भइसकेको थियो । प्रभु यीशुले लाजरसलाई जीवित पारेपछि त्यस क्षेत्रमा यस घटनाले निकै चर्चा पाएको थियो । तर लाजरस र यिनी जस्तै अरूहरू पनि जो मरेपछि जििवत पारिएका थिए, यीशुको सेवाकालमा वा त्यसपछि शिष्यहरूद्वारा आ–आफ्नो समय पूरा भएपछि सबै फेरि मरेका थिए । ती सबै बिउँताइए पनि उनीहरूको शरीरको अवस्थामा कुनै परिवर्तन भएको थिएन, सबैको शरीर पहिलेकै अवस्थामा थियो । पुनरुत्थान त्यस्तो हैन, पुनरुत्थानको शरीर स्वर्गदूतहरूको जस्तै स्वर्गीय, अविनाशी हुन्छ । यो अनन्तको अवस्था हो र मृत्युको अधीनमा हुँदैन । ूपहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन् । यिनीहरूलाई दोस्रो मृत्युको शक्तिले केही गर्न सक्दैन । तर तिनीहरू परमेश्वर र ख्रीष्टका पुजारी भएर उहाँसँग एक हजार वर्षसम्म राज्य गर्ने छन् । (प्रकाश २०:६) बाइबल धर्मशास्त्रमा दुईवटा पुनरुत्थानको कुरा गरिएको छ, पहिलो पुनरुत्थान र दोस्रो पुनरुत्थान । प्रभु यीशुको दोस्रो आगमनमा हुने पहिलो पुनरुत्थान र अन्तिम न्यायको बेला हुने दोस्रो पुनरुत्थान । पहिलो पुनरुत्थानमा हुने सहभागिता प्रत्येक विश्वासीको आकाङ्क्षा र लक्ष्य हो । यो घटना विश्वासी जीवनयात्राको उत्कर्ष हो र परमेश्वरको सृष्टिको उद्देश्यको परिपूर्ति पुनरुत्थानमा मानिस परमेश्वरको स्वरूपमा पूर्ण हुन्छ ।
पुनरुत्थानको शरीर कस्तो हुन्छ ?
प्रेरित पावलले बडो तर्कस·तरूपमा पुनरुत्थानको शरीरको बारेमा बुझाउने प्रयास गरेका छन् । बीउ छरिन्छ तर उम्रेर आउने बोट वा बिरुवा बीउभन्दा एकदमै फरक हुन्छ । दिन प्रतिदिनको व्यावहारिक जीवनमा हाम्रो आँखाअगाडि हरेक दिन यो आश्चर्य कर्म भइरहेको छ तर हामी ध्यान दिंदैनौं । हे मुर्ख १ जे तिमी रोप्दछौं त्यो नमरीकन सजीव हुँदैन । जे तिमी रोप्दछौं त्यो चाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्दछौं, चाहे त्यो गहुँ अथवा अरू कुनै किसिमको अन्न होस् । तर आफूलाई खुशी लागेबमोजिम परमेश्वरले त्यसलाई एउटा शरीर दिनुहुन्छ र हरेक किसिमको बीउलाई त्यसैको शरीर दिनुहुन्छ । (१ कोरि. १५:३६, ३८) छरिने बीउ र उम्रेको बोटमा धेरै भिन्नता हुन्छ र यो परमेश्वरले दिने भिन्दै शरीरको कारणले हो । मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो । जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ । अनादरमा त्यो गाडिन्छ, महिमामा त्यो जीवित हुन्छ । (१ कोरि. १५: ४२, ४३) प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि अवश्य हुन्छ । (१ कोरि. १५:४४ ख) यसकारण पुनरुत्थानको शरीरको लागि बीउको रूपमा वर्तमान शरीरको उपयोग भएपनि त्यो अर्कै रूप प्राप्त गर्छ । यीशुको जीवनकालमा पतरस, युहन्ना र याकुबको अगाडि डाँडामा उहाँको रूप परिवर्तन भएको थियो, चेलाहरूले हेर्दाहेर्दै उहाँले स्वर्गीय शरीर धारण गर्नुभएको थियो । मृत्युपछि चिहानमा राखिएको उनको शरीर नै पुनरुत्थानमा उपयोग गरिएको थियो तर बीउ जस्तो मात्र । दुवै अवस्थामा फरक रहेको कारण शिष्यहरूले उहाँलाई चिन्ह गाह्रो परेको थियो ।
मानिस शरीरधारी प्राणी भएकोले अलौकिक वा अदृश्य कुराहरूमा विश्वास गर्न प्राय: कठिन हुन्छ । हाम्रो पाँच ज्ञानेन्द्रियको परिधि बाहिरका कुराहरू हामी स्वीकार गर्न चाहँदैनौं । यीशुको जन्म, मृत्यु र पुनरुत्थान ऐतिहासिक घटनाहरू हुन् र धर्मशास्त्र बाइबलमा बडो विस्तारमा वर्णन गरिएका छन् । पुनरुत्थानले स्वर्गीय शरीरको प्रकृतिलाई पनि प्रदर्शन गरेको छ, जसअनुसार–
१. पुनरुत्थानको शरीर मृत्यु बाहिरको अवस्था हो ।
२. समय र स्थानको सीमा बाहिरको अवस्था हो ।
३. बन्द ढोका, दिवाल वा दूरीले छेक्दैन ।
४. स्वर्गीय वा स्वर्गदूत जस्तै शरीर भएकोले विवाहको आवश्यकता पर्दैन ।
५. स्त्री वा पुरुषको भिन्नता हुँदैन ।
६. भोजन गर्ने वा नगर्ने आफ्नो इच्छामा भर पर्छ ।
७. परमेश्वरको महिमामा रहन सक्ने र उहाँको तेज सहन गर्नसक्ने हुन्छ ।
८. परमेश्वरको उपस्थिति मन पराउने अवस्था हो ।
पुनरुत्थान कहिले हुन्छ ?
मानिसलाई यसको निश्चित समयको ज्ञान नभए पनि प्रभु यीशुको दोस्रो आगमनसँगै मृतकहरूको पुनरुत्थान गाँसिएको छ । जस्तो लेखिएको छ, तर भाइ हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अञ्जान बस भन्ने हामी इच्छा गर्दैनौं र तिमीहरूले आशा नहुने मानिसहरूको शोक गर्नु नपरोस् । किनकि हामी विश्वास गर्छौं कि यीशु मर्नुभयो र फेरि उठ्नुभयो र त्यसरी नै परमेश्वरले उहाँमा सुतिगएकाहरूलाई यीशुद्वारा ल्याउनुहुनेछ । किनकि प्रभु स्वयम् हुकुमको गर्जनसहित, प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको आवाजसहित स्वर्गबाट ओर्लनुहुनेछ । ख्रीष्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्ने छन् । तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिने छौं र यसरी हामी सधैं प्रभुसँग रहनेछौं । (१ थेस. ४:१३, १७) समयको गणना नगरी परमेश्वरलाई भेट्न आफूलाई तयार गर्न हरेक व्यक्तिको आजको आवश्यकता हो, किनभने उहाँ आउनु नै हुनेछ ।

डा. पीटर कमलेश्वर सिंह