राधेश्याम पटेल, परवानीपुर, १७ चैत/
तीन दिनयतादेखि चल्न थालेको पश्चिमी हावाको कारण गाउँमा किसान तथा बजारमा व्यापारीहरू चिन्तित भएका छन् । बिहान करिब १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने पश्चिमी हावाले हरियो गहुँको बालालाई सुकाइदिंदा उत्पादकत्व कम हुने भएकोले किसानहरू चिन्तित भएका पर्सा, भवानीपुर–९ निवासी किसान किशोरी साहले बताए ।
कृषि अनुसन्धान केन्द्र परवानीपुरका वरिष्ठ प्राविधिक अधिकृत रामतेज चौधरीले बिहान पूर्वी र दिउँसो पश्चिमी हावा चल्दा गहुँको दाना राम्ररी पाकी ठूलो हुने बताए । तर, अहिले पश्चिमी हावा मात्र चल्दा उत्पादकत्वमा ह्रास आउने उनले बताए । पुसपश्चात् रोपिएको गहुँको उत्पादकत्व पश्चिमी हावाको कारण १० प्रतिशतले कम हुनसक्ने वप्रअ चौधरीको भनाइ छ ।
त्यस्तै, पश्चिमी हावासँगै धूलो उड्दा बजारमा तरकारी बिक्रेतादेखि कपडा पसलेहरू समस्यामा परेका छन् । धूलो तरकारी र फलफूलमा टासिएर बिक्रीमा कमी आएको तरकारी तथा फलफूल बिक्रेताहरू बताउँछन् । यसैगरी धूलोको कारण कपडाहरू पुरानो देखिने भएकोले बिक्री गर्न अप्ठ्यारो भएको परवानीपुरस्थित एक कपडा पसलेले बताए ।
“दुई दिनदेखि फलफूल बिक्री गर्न एकदमै गाह्रो भएको छ, धूलो फलफूलमा टासिन्छ, कपडाले कयौंपटक झार्नुपर्छ,” परवानीपुर बजारका फलफूल बिक्रेता परमानन्द साहले बताए ।