- उमाशङ्कर द्विवेदी
बाबा वासुकी नागले जरत्कारू ऋषिलाई भिक्षाको रूपमा आफ्नी बहिनीलाई दिएपछि ऋषिले विवाहको सम्बन्धमा गरेको पूर्वप्रतिज्ञा स्मरण गरेर वासुकी नागलाई भने,“मैले विवाह गर्ने कुरा स्वीकार गर्नुभन्दा पहिला मेरा केही सर्तहरू छन् । ती सर्तहरू पूरा भएपछि मात्रै म तपाईंकी बहिनीलाई स्वीकार गर्ने छु । पहिलो सर्तअनुसार म आफ्नै नाम भएकी कन्यासित मात्र विवाह गर्ने छु । दोस्रो सर्तअनुसार मैले विवाह गर्ने कन्याको भरणपोषण गर्ने छैन, तेस्रो सर्तअनुसार मैले विवाह गर्ने कन्याले मेरो लागि अप्रिय काम गरेमा म उसलाई तत्काल छाडी दिनेछु ।” नागराज ऋषिका अद्भूत सर्तहरू सुनेर दु:खी हुनुको साटो झन् खुशी भए । किनकि उनकी बहिनीको नाम पनि जरत्कारू नै थियो तथा बहिनीको आजन्म भरणपोषणको लागि उनी स्वयम् सक्षम थिए । बहिनीको बानीबेहोरा उनलाई थाहा नै थियो । बहिनी सोझी, शान्त स्वभावकी भएको हुनाले पतिको विरुद्ध अप्रिय काम गर्ने कुरा नै भएन । नागराजले ऋषिका जम्मै सर्तहरू स्वीकार गरे । नागराजकी बहिनी र जरत्कारू ऋषिको विधिपूर्वक विवाह सम्पन्न भयो । विवाहपछि जरत्कारू ऋषि वासुकी नागको भव्य महलमा निवास गर्न थाले । उनकी पत्नीले उनीसँग राम्रो व्यवहार तथा सेवा गर्न थालिन् । कालक्रमानुसार उनकी पत्नीले पेट बोकिन् । जुन समयअनुसार विस्तारै विस्तारै बढ्न थाल्यो ।
एक दिनको कुरा हो, जरत्कारू ऋषि केही खिन्नमनस्क भएर पत्नीको काखमा शिर राखी सुतेका थिए । उनी सुतिरहेकै बेला सूर्यास्त हुने बेला भयो । ऋषिपत्नीले मनमा सोचिन्,“पतिलाई बिउँझाउनु धर्मको अनुकूल हुन्छ कि हुँदैन ? यिनी धेरै कष्ट उठाएर धर्मको पालन गर्ने ऋषि हुन् । यिनलाई बिउँझाउँदा वा नबिउँझाउँदा म अपराधिनी त हुने होइन ? बिउँझाउँ भने ऋषिको कोपको भय, नबिउँझाउँ भने धर्म लोप हुने भय । अन्तमा उनी यस प्रकारको द्विविधाबाट स्वयम्लाई मुक्त पारिन् । उनले रिसाए रिसाऊन् तर धर्म लोप हुनुबाट यिनलाई बचाउनु वेश हुनेछ भनी सोचिन् । पतिलाई बिउँझाउन उनले मधुर वाणीले भनिन्,“महाभाग, उठ्नुस्, सूर्यास्तको बेला हुँदैछ । आचमन गरेर सन्ध्यावदन गर्नुहोस्, यो अग्निहोत्रको बेला हो, पश्चिम दिशामा लालिमा छाउँदैछ ।” ऋषि बिउँझे तर रिसले उनको ओठ काम्न थाल्यो । उनले रिसको आवेगमा आएर भने,“सर्पिणी, तिमीले मेरो अपमान गर्यौं । मेरो ह्दयमा दृढ विश्वास छ, म सुतिरहेको समयमा सूर्यास्त हुनै सक्दैन । अपमान भएको ठाउँमा बस्नु राम्रो हुँदैन । अत: अहिले म तिम्रो तत्काल परित्याग गरेर जहाँबाट आएको थिएँ त्यही फर्कंदै छु ।” आफ्नो पतिको भयड्ढर कुरा सुनेर रुँदै ऋषिपत्नीले भनिन्,“भगवन्, तपाईंको अपमान गर्नको लागि मैले तपाईंलाई बिउँझाएकी होइन । तपाईंको धर्म लोप नहोस् भन्ने मनसायले त्यस्तो घृष्टता गर्नु परेको हो, माफी पाउँ ।” जरत्कारू ऋषिले भने,“मेरो मुखबाट वचन एकचोटि निस्किसकेपछि त्यो झूटो हुन सक्दैन । हाम्रोबीचमा यस्तो सर्त पहिले नै स्वीकृत भइसकेको छ । अत: अब म यहाँ बस्न सक्दिनँ । म गइसकेपछि यो कुरा तिमीले आफ्नो दाइलाई पनि सुनाइदिनु र भन्नु उनको महलमा म आरामका साथ बसेको थिएँ तथा तिमीले पनि केही फिक्री नलिनु ।” पत्नीले पतिको कुरा सुनेर गहभरि आँसु पारेर ऋषिको खुट्टा समातेर रुँदै भन्न थालिन्,“धर्मज्ञ, यस निरअपराधिनीलाई छाडेर नजानु होस् । म धर्ममाथि अटल रहेर तपाईंको प्रिय र हितमा संलग्न रहेकी छु । मेरो दाज्युले एउटा प्रयोजन सिद्धिको लागि तपाईंसित मेरो विवाह गरिदिएका थिए । त्यो प्रयोजन अहिलेसम्म पनि सिद्ध भइसकेको छैन । मेरो जातिभाइ माता कद्रूको श्रापले ग्रस्त छन् । तपाईंबाट एउटा सन्तानको आवश्यकता छ । त्यसै सन्तानले मात्र हाम्रो जातिको कल्याण हुनेछ । तपाईं र मेरो संयोग निष्फल हुनुहुँदैन । अझैसम्म हाम्रो सन्तान जन्मिसकेको छैन, यस्तो स्थितिमा म निरअपराधिनी अबलालाई छाडेर किन जाँदै हुनुहुन्छ ?” पत्नीको कुरा सुनेर ऋषिले भने,“भद्रे, तिम्रो कोखमा अग्निको समान तेजस्वी गर्भ स्थापित भइसकेको छ, त्यसबाट जन्मिने सन्तान परम विद्वान तथा धर्मात्मा ऋषि हुनेछ, जसले तिम्रो जातिको कल्याण गर्नेछ ।” यति भनेर जरत्कारू ऋषि आफ्नो बाटो लागे ।
पति रुष्ट भएर गइसकेपछि ऋषिपत्नी वासुकी नागलाई यो कुराको सूचना दिइन् । यस्तो अप्रिय समाचार सुनेर वासुकीलाई अपार कष्ट भयो । उनले भने,“बहिनी जुन प्रयोजनको लागि उनका साथ तिम्रो विवाह गरेको थिएँ सो बारेमा तिमी अवगत नै छौं । यदि उनीद्वारा तिमी गर्भधारण गरेर सन्तानको जन्म दिएकी भए नागहरूको ठूलो भलो हुने थियो । त्यस पुत्रले ब्रह्माजीको भनाइअनुसार जनमेजयको सर्पयज्ञबाट हाम्रो रक्षा गर्ने थियो । बहिनी तिमी उनीबाट गर्भवती भएकी छौं कि छैनौं ? म चाहन्छु तिम्रो विवाह निष्फल न होओस् । हुनत दाज्युले बहिनीसित यस्तो प्रश्न सोध्नु उचित त छैन तर प्रयोजनको गौरवलाई विचार गरेर तिमीसित मैले यस्तो प्रश्न सोध्नुपर्यो । तिमी सबै कुरा मलाई भनेर मेरो ह्दयमा बिझेका सड्ढटको काँडा झिकिदेऊ ।” ऋषिपत्नीले भनिन्,“दाज्यु, मैले यो कुरा उनीसित सोधेकी थिएँ । जवाफमा उनले मेरो कोखमा गर्भ स्थापित छ भन्ने कुरा भनेका थिए । उनी विनोदमा पनि कहिल्यै झूटो बोल्दैन्थ्ये । झन् यस्तो सड्ढटको अवसरमा झूटो बोल्ने कुरै छैन । उनले जाने बेलामा मलाई भनेका थिए,“नागकन्ये, आफ्नो प्रयोजन सिद्धिको बारेमा फिक्री नलिनु । तिम्रो गर्भबाट अग्नि र सूर्यको समान तेजस्वी पुत्र उत्पन्न हुनेछ ।” बहिनीको कुरा सुनेर वासुकी नाग अत्यन्त प्रसन्न भएर बहिनीको राम्ररी सेवा गर्न थाले । समयानुसार गर्भ प्रकट हुन थाल्यो, जुन शुक्ल पक्षको चन्द्रमा भैंm बढ्न थाल्यो ।
समय पुगेपछि वासुकीकी बहिनी जरत्कारूको गर्भबाट एउटा दिव्य कुमारको जन्म भयो । त्यसको जन्मले पितृ तथा मातृ दुवै वंशमा ठूलो हर्ष छायो । त्यो बालक समयानुसार महर्षि च्यवनसित वेदहरूको सा·ोपा· अध्ययन गर्न थाल्यो । ऊ आमाको गर्भमैं रहेको बेला पिताले उसको बारेमा ‘अस्ति’ अर्थात् छ भन्ने पदको उच्चारण गरेका थिए, त्यसैले उसको नाम आस्तिक रहन गयो ।