$type=ticker$count=12$cols=4$cate=0

पात्रो र भित्तेपात्रो

SHARE:

–कुमार रुपाखेती
 नेपालमा वैशाखदेखि नयाँ वर्ष आरम्भ हुन्छ । फागुन र चैत महिनादेखि बिक्रीका लागि यहाँ पात्रो र भित्तेपात्रो (क्यालेन्डर)को बाढी नै आउँछ । एकपटक खरिद गरेपछि वर्षभरि काम लाग्ने भएकोले मानिसहरू पात्रो वा भित्तेपात्रो किन्न रुचाउँछन् । औसत नेपालीहरूको घरघरमा एउटा पात्रो र क्यालेन्डर झुन्डिरहेको सहजै देख्न सकिन्छ ।
    नेपालमा तोयनाथको पात्रो, सूर्यपात्रो (पञ्चा·) र बाबुरामको पात्रो सुप्रसिद्ध मानिन्छ । यी तीनजनाको पात्रो नेपालको ७५ जिल्लामैं पाइन्छ । भनिन्छ, पात्रोले संस्कृति र संस्कारसम्बन्धी दर्शन दिन्छ । यी तीनवटै पात्रोमा केही कुरा थपघट भएपनि आफ्नो ठाउँमा यिनीहरू ठीकै देखिन्छन् र नेपाली हिन्दूहरू यसमा विश्वाससमेत गर्दछन् । त्यसो त नरनाथ पात्रो पनि नेपालमा लोकप्रिय छ, अरूझैं यो जहाँतहीँ बिक्रीमा राखिंदैन ।
    प्रत्येक पात्रोहरूले राजा वृहस्पति र मन्त्री शनि भन्दै २०७० सालको वार्षिक भविष्यबाट आरम्भ गर्दछन् । त्यसपछि मेषादि राशिको गोचर फल वर्णन गरिएको हुन्छ । आजकल पात्रोमा सरकारी, सार्वजनिक बिदा, दिवारात्रि मुर्हूत, वाणपञ्चक, बाखेला तथा प्रथम लग्न सारणी, आदि चक्र, दशमलग्न सारणी द्वादशभाव, वर्ष कुण्डली र जन्मभाव गोचर छापिएको हुन्छ । त्यस्तै यिनमा ग्रहहरूको मित्रादि, सर्वघात चक्र, वर्ष प्रवेश तालिका, विवाह, व्रतबन्धको शुभसाइत, शुद्धिचक्र आदि इत्यादि दिएको देखिन्छ । सनातन धर्ममा यस्ता पात्रोहरूको आफ्नै विशेष महत्त्व हुन्छ । भविष्यमा समेत यस्ता पात्रोहरूको महत्त्व घट्ने देखिंदैन । नेपालको तराई क्षेत्रमा भारतबाट प्रकाशित हुने ऋषिकेश पञ्चा·को बिक्री पनि राम्रै छ । नेपाली हिन्दूहरू जतिसुकै कट्टर भएपनि धर्म, संस्कार र चाडपर्व मनाउँदा यस्तै पात्रोहरूको सहारा र सेवा लिन्छन् । यस्ता पात्रोहरूको ५०/६० रुपियाँ सालाखाला पर्ने गर्दछ ।
    त्यस्तै नयाँ वर्षको आरम्भअगावै यहाँ भित्तेपात्रो (क्यालेन्डर)को पनि बाढी नै आउँछ । रु. ३५ देखि पचाससम्म पर्ने यस्ता भित्तेपात्रोहरूमा समेत राशिफल, सार्वजनिक बिदा, विवाह, व्रतबन्धका मितिहरू उल्लेख गरिएका हुन्छन् । वीरगंज बजारमा अहिले करिब १ दर्जन किसिमका यस्ता भित्तेपात्रोहरू उपलब्ध छन् । आजकल त विभिन्न सङ्घसंस्था, सरकारी तथा निजी कार्यालय तथा कर्मचारी युनियनहरूले समेत भित्तेपात्रो छाप्ने र वितरण गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंक र नेपाल बैंक लि.का भित्तेपात्रोहरू स्तरीय र सफा देखिन्छन् । कतिपय भित्तेपात्रोहरूले नै पात्रो (पञ्चा·)को काम गर्ने हुँदा अचेल पात्रोको बिक्रीमा असर परेको छ।
    त्यस्तै नयाँ वर्ष आउनुअगावै ‘राशिफल’समेत निकै प्रकाशित हुन्छन् । बार्‍ह राशिका छुट्टाछुट्टै राशिफल रु. २० देखि ३० सम्म पर्ने गर्दछ । सनातनवादीहरू राशिफलमा समेत खुबै विश्वास गर्दछन् । राशिफल पढेर आफ्नो सुनौलो बिहानीको सुरुआत गर्नेहरूको सङ्ख्या पनि कम छैन । मान्छेहरू राशिफलतर्फ आकर्षित भएकाले दैनिक पत्रपत्रिका, रेडियो, टेलिभिजनहरूसमेतले दैनिक राशिफल वर्णन गरिरहेको पाइन्छ । इन्टरनेटबाट आफ्नो राशिफल हेर्नेहरू पनि थुप्रै भेटिन्छन् ।
    समग्रमा हेर्दा पात्रो, भित्तेपात्रो, राशिफलको कार्य उस्ताउस्तै प्रतीत भए पनि यी तीनवटैको छुट्टाछुट्टै र आफ्नै विशेष महत्त्व छ ।
    नयाँ वर्ष २०७० आउन केही समय मात्र बाँकी छ । बजारमा आएका यी तीनवटै प्रकाशनहरू धमाधम बिक्री भइरहेका देखिन्छन् । कर्मकाण्ड गर्ने गुरु, पुरोहित, पण्डितहरूको झोलामा यस्तो पात्रो अवश्य नै भेटिन्छन् । तर ज्योतिष पण्डितहरूले सम्पूर्ण कुरा समेटेर पात्रो प्रकाशित गर्दासमेत केही पुरेतहरूले हिन्दू शास्त्र र संस्कारविपरीत कर्मकाण्ड गराउने गरेको पाइएकोले अब पुरेत्याइँ गर्नसमेत आचारसंहिता लागू हुने भएको छ । धर्मशास्त्रको अपव्याख्या गरी आफूखुशी फाइदा लिने विकृति बढेकाले त्यसलाई रोक्न धर्म–संस्कारविपरीत पुरेत्याइँ गर्नेहरू कारबाईमा पर्ने भएका छन् । राष्ट्रिय धर्मसभा नेपालले यस्तो नीति ल्याउन लागेको छ । राष्ट्रिय धर्मसभा नेपाल तथा नेपाल पञ्चा· निर्णायक समितिका अध्यक्ष डा. माधव भट्टराईले यस्तो कुरा बताएका हुन् । भनिन्छ, यही चैत २३ र २४ गते राजधानीमा हुने ‘पण्डित सम्मेलन’ले आचारसंहिताविपरीत पुरेत्याइँ गर्नेहरूको छिनोफानो गर्ने भएका छन् । भनिन्छ, यो सम्मेलनमा ६०० प्रतिनिधि पण्डितले भाग लिंदैछन् । अब उपरान्त पण्डित पुरोहितको योग्यता र तह निर्धारणसमेत गरिने भएको छ ।
    अचेल मृत्युसंस्कार पूरा गर्न तीन दिन, ५ दिन अथवा १० दिन किरिया बसे हुन्छ भन्ने हल्ला चलाइएको छ, जसलाई धर्मशास्त्रले मानेको छ ।
    वास्तवमा हिन्दू धर्मका कतिपय कठोर र यातनापूर्ण विधि विधान खुकुलो बनाउनुपर्ने समयअनुसारको चाहना भए तापनि धर्मशास्त्रविपरीत भन्दै कट्टर पण्डित पुरोहितहरूले रोक लगाउँदै आएका छन् । चैत २३–२४ को पण्डित सम्मेलनसमेतले पुरातन विधिविधान र धर्मशास्त्रलाई परिवर्तन गर्ने यथास्थितिमा राख्ने सड्ढेत दिएका छन् । अस्तु ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पात्रो र भित्तेपात्रो
पात्रो र भित्तेपात्रो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgucwxA1ir3eEMexKSHwpRP0lFlUqcIopMUVU9iHZJoxlvA6DuhhfWVFRg14kXym9jTF0DysJbfdRfBiMs_3_X2Uwvkuhc_zuNjATKx3bQyQk4oKOXOlvbGgw3A2KmPD_NlW50unOEOyLvK/s200/rupakheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgucwxA1ir3eEMexKSHwpRP0lFlUqcIopMUVU9iHZJoxlvA6DuhhfWVFRg14kXym9jTF0DysJbfdRfBiMs_3_X2Uwvkuhc_zuNjATKx3bQyQk4oKOXOlvbGgw3A2KmPD_NlW50unOEOyLvK/s72-c/rupakheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/03/blog-post_6022.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/03/blog-post_6022.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy