- प्रमोदकुमार पौडेल
२४ मार्च २०१३ का दिन “गुणस्तरीय र सर्वसुलभ सेवामा हाम्रो प्रतिबद्धता, क्षयरोगविहीन संसार बनाउन विश्वव्यापी एकता” भन्ने मुख्य नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ । डा. रोबर्ट कक्ले सन् १८८२ मार्च २४ का दिन क्षयरोगको कीटाणु पत्ता लगाइ क्षयरोगबाट हुने मृत्युदर कम गर्ने महान् कार्य गरे । सो महान् कार्य गरेबापत उनी नोबेल पुरस्कारबाट समेत सम्मानित भए । क्षयरोगका कीटाणु पत्ता लगाइ विश्व समुदायका लागि गरेको महान् कार्यको कदर गर्दै उनले क्षयरोगका कीटाणु पत्ता लगाएको दिन अर्थात्
मार्च २४ का दिन संसारभर विश्व क्षयरोग दिवसको रूपमा मनाउने गरिएको छ ।
विश्वमा क्षयरोगले व्यापकरूपमा आममानिसको जीवनलाई असर पुर्याउँदै आइरहेको छ । यो एक जनस्वास्थ्य समस्याको रूपमा चुनौतीपूर्ण अवस्थामा रहेको छ । क्षयरोगलाई नियन्त्रण गर्नु भनेको एक चुनौतीपूर्ण कार्य हो । यसका लागि हाम्रो समाज एवं समुदाय प्रतिबद्ध हुनु जरुरी छ । अझै पनि हाम्रो समाज अन्धविश्वासको भुमरीमा भौतारिरहेको छ । जहाँ चेतनाको कमी छ, त्यहाँ अन्धविश्वासले जरा गाडेको छ । गाउँघरतिर कुनै रोग लाग्यो भने सबैभन्दा पहिले धामी, झाँक्रीकहाँ लैजाने चलन अहिले पनि विद्यमान छ भने अर्कोतिर यो देवीदेवताको श्रापको कारणले भएको हो भन्ने लोकविश्वास छ ।
हजारौं वर्षदेखि मानव जातिलाई क्षयरोगले पिरोल्दै आएको छ । क्षयरोग परापूर्वकालमा पनि थियो भन्ने तथ्य इजिप्टमा पाइएका ३००० वर्षभन्दा पहिलेका ममी (लास)हरूमा समेत क्षयरोगका सड्ढेत देखिएको प्रमाणित भइसकेको छ । यसका अतिरिक्त जनचेतनाको कमीले औषधिसेवन गर्दागर्दै बीचमैं औषधिसेवन गर्न छोड्नु क्षयरोग नियन्त्रणमा थप चुनौती भएको छ । लामो समयसम्म औषधिसेवन गर्नुपर्ने झन्झट तथा औषधिसेवन गर्न थालेपछि कीटाणुहरू निस्क्रिय हुँदै गएपछि बिरामीहरू ह्ष्टपुष्ट भएपछि रोग निको भएको महसुस हुनु र औषधि खान छोड्नु तथा विविध कारणले गर्दा क्षयरोगका कीटाणुहरूमा बहुऔषधि प्रतिरोधात्मक क्षमताको विकासका कारण जीर्ण खालका क्षयरोगी :म्च्, ह्म्च् समेत देखा परिरहेका छन् । यी सबै चेतनाको कमीले गर्दा नै हुने समस्या हो । यो समस्यालाई जनस्वास्थ्य समस्याको रूपमैं मात्र नलिई एक चुनौतीको रूपमा लिनुपर्दछ ।
यी समस्यालाई निराकरण गर्नको लागि विभिन्न तप्काबाट आवाज उठाउन जरुरी देखिन्छ र यस विषयमा बहसको खाँचो छ । बहुभाषी सि·ो समाजलाई परिवर्तन गर्नु वा समस्यालाई उजागर गर्नु आममानिसको पहिलो कर्तव्य हो । ज्क्ष्ख् र ब्क्ष्म्क् को बढ्दो महामारीले एक प्रकारको जटिल समस्या नेै खडा भएको छ । ज्क्ष्ख् र ब्क्ष्म्क् सङ्क्रमित व्यक्तिलाई छिट्टै क्षयरोगका कीटाणुले आक्रमण गर्दछ । तसर्थ भौगोलिक विकटताले स्वास्थ्य केन्द्रहरूमा बिरामीहरूको पहुँचको कमीका कारण क्षयरोगीहरूलाई पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्रहरूको स्थापना, उपचारका साथै परामर्श सेवासुविधाहरू उपलब्ध गराउन कठिनाइ छ भने दक्ष जनशक्तिको समेत अभाव छ । क्षयरोगलाई नियन्त्रण गर्नको लागि सरकारले ठोस तथा सार्थक कदम चाल्न नितान्त आवश्यक छ । हाम्रो समाज एवं समुदायमा पनि चेतनाको विकास हुनु अत्यन्त जरुरी छ ।
सि·ो समाजलाई चेतनाको बाटोमा डोर्याउनको लागि एकजनाको प्रयासले मात्र सम्भव नभई हामी सबै मिली अगाडि बढेमा अवश्य पनि मूर्तरूप दिन सकिन्छ ।
– (नेपाल क्षयरोग निवारण संस्था, पर्सा शाखाका सचिव हुन् ।)