- अनन्तकुमार लाल दास
अनुभवी र दूरदर्शी मानिस छिट्टै निराश हुँदैनन् । उनीहरू सधैं दु:खसँग सङ्घर्ष गर्न तैयार भई बस्छन् । उनीहरूले जहिले पनि आफ्नो सम्पर्कमा आउने दु:खी मानिसहरूलाई दु:खी हुने कारण सोधी हौसला प्रदान गर्छन् । जीवन कुनै दुर्घटना होइन । यो एक सङ्घर्ष हो । यस सङ्घर्षले हामीलाई अझ सशक्त ढ·ले जीवन निर्वाह गर्ने प्रेरणा प्रदान गर्दछ । जुनबेला तपाईं हिंड्दा हिंड्दै लड्नुभएको थियो र पुन: एकछिनमैं उभेर हिंड्न थाल्नुभएको थियो, त्यसबेला के तपाईं निराश हुनुभएको थियो ? पक्कै हुनु भएको थिएन किनभने त्यसबेला तपाईंलाई दु:ख र सुखबारे थाहा नै थिएन ।
जसरी बादलको स्वभाव धर्तीलाई पानी प्रदान गर्नु हो, सूर्यको स्वभाव गर्मी र ऊर्जा प्रदान गर्नु हो, चन्द्रमाको स्वभाव शीतलता प्रदान गर्नु हो, त्यस्तै मानिसको वास्तविक स्वभाव सधैं प्रसन्न भई बस्नु हो । जुनबेला हामी निराश हुन्छौं, त्यसबेला हामी आफ्नो स्वभावविपरीत आचरण गरिराखेका हुन्छौं । त्यसबेला हामी तनावमा हुन्छौं । निराशा हाम्रो स्वभाव होइन । हामी कुनै कारणले निराश भएपनि त्यसको नराम्रो प्रभाव हामीमाथि पर्छ तर अन्त्यमा हामी प्रसन्न नै हुन्छौं । यसको अर्थ के हो भने यदि मनमाथि हाम्रो नियन्त्रण छ भने निराशा हामीभित्र प्रवेश नै गर्न सक्दैन ।
अब प्रश्न के उठ्दछ भने यसबाट बच्ने कसरी ? यसबारे बुझ्नका लागि मैले पहिला कैंयन मानिसहरूसँग उहाँहरूको अनुभव साटासाट गरें । धेरै मानिसहरूको भनाइ के थियो भने डिप्रेसन अर्थात् निराश हुँदा मन खिन्न हुन्छ, कारणबेगर रिस उठ्छ, मनमा एक प्रकारको भय उत्पन्न हुन्छ, कहिलेकाहीं स्वभाव हिंसक हुन्छ, गहिरो निद्रा लाग्दैन, बान्ता हुन्छ होला जस्तो लाग्छ, एकान्तमा बस्ने चाहना हुन्छ भने मन बेचैन भइरहेको हुन्छ । यस्तो अनुभव हुनासाथ के बुझ्नुपर्छ भने निराशाले आफ्नो प्रभाव देखाउन शुरू गरिसकेको छ । यस्तो अवस्थामा सतर्क हुनु नितान्त आवश्यक छ ।
धेरै मानिसहरूले यसबाट बच्ने जुन उपायहरू बताए, त्यो पनि काम लाग्न सक्छ । उनीहरूले बताएअनुसार यस्तो अनुभव भएपछि पानी बढी खानुपर्छ, एकान्तमा बस्नुभन्दा राम्रा मानिसहरूसँग घुलमिल गर्नुपर्छ, राम्रो स·ीत सुन्नुपर्छ, रुचि अनुसारको काममा व्यस्त हुनुपर्छ । तर मेरो अनुभवमा मनमा निराशाको भाव उत्पन्न हुन नदिनका लागि समय–समयमा मनलाई तरोताजा गर्दै रहनुपर्छ । वास्तवमा हाम्रो शरीरमा रोग उत्पन्न गर्ने र स्वस्थ राख्ने दुवै प्रकारका कीटाणुहरू रहन्छ र दुवै प्रकारका कीटाणुहरू हाम्रो शरीरभित्र सङ्घर्ष गरिरहेका हुन्छन् । जुन कीटाणु बलियो हुन्छ, सोहीअनुसार हाम्रो शरीर पनि स्वस्थ वा अस्वस्थ हुने गर्दछ । उदाहरणको लागि हाम्रो शरीरभित्र टीबीका कीटाणुहरू सुषुप्त अवस्थामा हुन्छन् । जुनबेला स्वस्थबद्र्धक कीटाणुहरू कमजोर पर्छन्, त्यसबेला हामी टीबीको शिकार हुन्छौं ।
यसैगरी हाम्रो मनमा प्रसन्नता र निराशा दुवै भावहरू हुन्छन् । मानिसको स्वभाव प्रसन्नता हो । तर प्रसन्नता र आशाको भाव क्षीण हुनासाथ निराशाको भावले चारैतिरबाट आक्रमण गर्न थाल्छ । यस कारण निराशाको भावलाई बलियो हुन नदिनका लागि हामीले आफ्नो मनमा प्रसन्नताको भावलाई बलियो बनाइ राख्नुपर्छ । यो त्यसबेला मात्र सम्भव हुन्छ, जब हामीले यस कुराको स्मरण आफ्नो मस्तिष्कमा गरी राख्छौं ।
सबैभन्दा पहिले निराशाका कारणहरू खोज्नुपर्छ । यदि तपाईं समस्यासँग डराउनुहुन्छ भने तनाव हुनु स्वाभाविक छ । तनावबाट बच्नका लागि तपाईंसामुको समस्याले के सन्देश वा शिक्षा दिन खोजेको हो, त्यो पत्ता लगाउनुपर्छ । दोस्रो, तपाईं के खोज्ने प्रयास गर्नुस् भने हालसम्म आफ्नो जीवनमा कतिपटक समस्या उत्पन्न हुने भयले तनावग्रस्त हुनुभएको थियो र अन्ततोगत्वा ढिलो वा चाँडो त्यसको समाधान गर्न तपाईं कसरी सफल हुनुभएको थियो । हाल तपाईंले जुन समस्याको सामना गर्नुपरिरहेको छ त्यो पनि त्यसैगरी टरेर जानेछ किनभने कुनै पनि समस्या स्थायी हुँदैन । ढिलो वा चाँडो त्यसको समाधान हुन्छ नै ।
साहित्यकार जेम्स ऐलनले लेखेका छन्,“मानिसले समस्याहरूको स्वागत गर्नुपर्छ किनभने यी केही हदसम्म हाम्रो लापरवाही र मूर्खताको परिणाम हो । यस कारण त्यसबाट छुटकारा पाउन मानिसले राम्रो बाटो रोज्ने प्रयास गर्छ, आफ्नो बुद्धिको अधिकतम प्रयोग गर्छ र यसबाट उसभित्र लुकेका शक्तिहरू जागृत हुन्छन् ।” त्यसैगरी कथाकार मुंशी प्रेमचन्द भन्छन्,“विपत्तिभन्दा राम्रो अनुभवको पाठ सिकाउने अर्को कुनै विद्यालय हुँदैन ।” यस कारण कठिन परिस्थितिले मानिसलाई दुर्बल नबनाइ “हामी के हौं” भन्ने भावना मात्र प्रकट गर्दछ ।
यदि तपाईं मनमा नानाथरीका कुराहरू मात्र सोची रहनुहुन्छ वा तपाईंलाई वनको बाघले खाओस् वा नखाओस् तर मनको बाघले खाइरहेको छ भने तपाईंले आफ्नो मनलाई तरोताजा बनाइराख्न आवश्यक छ । आफ्नो मनलाई के बुझाउने प्रयास गर्नुपर्छ भने व्यर्थको कुरा सोचेर केही हासिल हुनेवाला छैन । तपाईंले हालसम्म जति काल्पनिक समस्यासँग लड्नुभयो, त्यसबाट अन्तमा तपाईंलाई निराशा नै हात लाग्यो र तपाईंको बहुमूल्य समय खेर गयो । यदि तपाईंले त्यस समयको सकारात्मक प्रयोग गर्नुभएको भए केही न केही फाइदाजनक कुरा अवश्य हासिल हुन्थ्यो । वास्तविक विपत्ति त्यति भयावह हुँदैन, जति त्यसको कल्पना हुन्छ । भययुक्त मानिसले छेपारोलाई पनि गोहीको रूपमा हेर्छ । सुई लगाउन खोज्दा केटाकेटीहरू कराउनु यसैको अर्को रूप हो । सुईबाट हुने पीडाभन्दा कयौं गुणा बढी पीडा त्यसको कल्पनाले हुने गर्दछ ।
यदि तपाईं असफलताबाट निराश हुनुहुन्छ भने आफ्नो मनलाई असफलताभित्रै सफलता लुकेर रहेको छ भनी सम्झाउने प्रयत्न गर्नुपर्छ । भाग्यलाई दोष दिनु उचित हुँदैन किनभने भाग्यले पनि ठूलो सफलता नै रोज्छ । यस कारण भाग्यले हामीलाई सानो समस्या दिएर बढी मिहिनेत गर्न प्रेरित गर्दछ । सत्य त के हो भने यदि हामी रिसाएको जस्तो गरेर बस्छौं भने हामीलाई छिट्टै रिस उठ्छ र यदि हामी प्रसन्न भएको जस्तो गरेर बस्छौं भने सानोभन्दा सानो कुरामा पनि आनन्दको अनुभव गर्न थाल्छौं ।
यस संसारमा प्रत्येक व्यक्ति समस्याहरूले घेरिएका छन् । यस कारण म तपाईंलाई आफ्नो समस्याको विज्ञापन नगर्न सल्लाह दिन चाहन्छु । कसैको अगाडि आफ्नो समस्या बयान गर्नुपूर्व मनलाई सम्झाउने प्रयास गर्नुहोस् । आफ्नो समस्या अरूलाई भनेर के तपाईं अरूको सहानुभूति लिन खोज्दै हुनुहुन्छ ? के तपाईं यति कमजोर हुनुहुन्छ ? “हैन, म आफ्नो समस्यालाई आपैंm हल गर्न सक्छु” भन्ने विचार मनमा ल्याइ रहनुहोस् । कवि रहीमले भनेका छन्,“रहिमन निज मन की व्यथा, मन हि राखे गोय, सुनि अठिलैहें लोक सब, बाँटि न लैहें कोही ।” अर्थात् आफ्नो मनको पीडालाई मनमैं राख्नुपर्छ किनभने तपाईंको दु:ख सुनेर कसैले पनि त्यसलाई साट्दैन बरु तपाईंको कमजोरीबाट लाभ उठाउने प्रयत्न गर्छन् । त्यसैले आफ्नो समस्याको हल आपैंm खोज्ने प्रयास गर्नुपर्छ किनभने आफ्नो समस्यालाई सार्वजनिक गरेर समस्या झन् बढ्छ तर घट्दैन । तपाईंसँग समस्यालाई हल गर्ने सामथ्र्य नभएपनि आफ्नो दुर्बलता कसैको अगाडि प्रकट गर्नुहुन्न । दुर्बलता प्रकट गरेर केही हासिल हुँदैन तर यसबाट लाभ लिने चाहिँ बढी नै भेट्टाउँछन् ।
चिन्ता कुनै पनि समस्याको हल होइन । चिन्तित व्यक्ति न त आफ्नो काम नै राम्ररी गर्न सक्छ, न त कुनै कुराबाट आनन्द नै उठाउन सक्छ । धेरै कुराको आश गर्नु राम्रो हो तर त्यसलाई प्राप्त गर्न नसकेर चिन्तित हुनु चाहिँ नराम्रो हो । प्रसन्नताले प्रत्येक वस्तु सजिलै प्राप्त गर्न सकिन्छ । मानव शरीर पानीबेगर चल्न सक्दैन तर खानाको लागि गरिएको श्रमभन्दा कम श्रममैं यो प्राप्त हुन्छ । यसैगरी पानीभन्दा पनि बढी आवश्यक हाम्रो लागि हावा हो किनभने हामी हावाबेगर केही क्षण मात्र जीवित रहन सक्छौं । तर हावा हामीले बिनाश्रम प्राप्त गर्न सक्छौं । यहाँ विचार गर्नुपर्ने कुरा के छ भने हावाको लागि हामी कति श्रम गर्छौं ? यस्ता अति आवश्यक कुराका लागि श्रम गर्नुपर्दैन भने अनावश्यक कुराका लागि चिन्तित हुनुपर्ने के नै आवश्यकता छ र ? यस कारण प्रसन्न रहनुहोस् ।
यस प्रकारको सोच त्यतिखेर मात्र आवश्यक छ, जुनबेला तपाईं निराश हुनुहुन्छ । सबैथोक हावा र पानी जस्तै सजिलै प्राप्त हुन्छ भन्ने सोच राख्नुभएको छ भने तपाईंले जीवनमा केही पनि प्राप्त गर्न सक्नुहुन्न । मानिस बढी महत्त्वाकाङ्क्षी हुनु पनि राम्रो होइन । अनुभवले के देखाएको छ भने निराशावादी सोचभन्दा बढी बलियो आशावादी सोच हुन्छ । विनोवाभावेले भनेका छन्,“मानवजीवन अनुभवको शास्त्र हो ।” मनोचिकित्सकहरूका अनुसार निराशा एक प्रकारको रोग हो, जुन दुई प्रकारको हुन्छ । पहिलो, अस्थायी निराशा हो, जुन खुलेर हाँसेपछि, साथीहरूसँग भेट भएपछि, धेरै पानी खाएर वा स·ीत सुनेर खत्म हुन्छ । दोस्रो, स्थायी निराशा हो, जुन मनोचिकित्सकसँग उपचार गराउनुपर्दछ । स्थायी निराशा नकारात्मक सोच भएका मानिसहरूमा बढी पाइन्छ ।
निराशाको विपरीत आशा एउटा यस्तो विश्वास हो, जसले हामीलाई आत्मविश्वासतर्फ लिएर जान्छ । यसले हाम्रो अनुभवलाई समृद्ध र परिपक्व बनाउँछ । परिपक्व व्यक्तित्वले नै प्रगतिको लागि कठोर साधना गर्न सक्दछ । महात्मा गाँधीले आशालाई अमर र यसको आराधना कहिल्यै निष्फल हुँदैन भनेका छन् । यस कारण निराशालाई आफूभन्दा टाढा राख्नुपर्दछ भने आशालाई आफूसँगै राख्नुमैं व्यक्तिको लागि उपलब्धिमूलक हुन्छ ।