झन्डै दश महिनाअघि संविधानसभाको विघटन गरी नयाँ संविधानसभाको निर्वाचनको मिति मङ्सिर ७ गते तोकिएको थियो । तर दलीय स्वार्थको कारण राजनीतिक सहमति हुन नसकेपछि तोकिएको समयमा निर्वाचन हुन सकेन । त्यसपछि अनेकौं राजनीतिक रसाकसीबीच शक्ति पृथकीकरणको सिद्वान्तविपरीत न्यायपालिकाको प्रमुखलाई अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाइयो । जुन बहुदलीय राज्य व्यवस्थाको विपरीत थियो । तर राष्ट्रलाई निकास दिनका लागि गरिएको सो निर्णय भने स्वागतयोग्य छ । प्रमुख चार राजनीतिक दलको सहमतिमा प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन भएपछि यी दलहरू चुनावका लागि अग्रसर देखिएका छन् । प्रजातान्त्रिक राष्ट्रको लागि निर्वाचन मेरुदण्ड हो र वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेकोले पनि चार दलको निर्णय स्वागतयोग्य छ ।
आगामी संविधानसभाको निर्वाचनलाई अमेरिका, भारत, युरोपेली सङ्घ, जापान जस्ता मित्रराष्ट्रहरूले पनि स्वागत गरेका छन् । तर एमाओवादीबाट छुट्टिएको मोहन वैद्य किरण नेतृत्वको नेकपा–माओवादी एवं केही साना दलहरू चुनाव बिथोल्ने प्रयासमा लागेका छन् । जुन प्रजातान्त्रिक राष्ट्रको लागि अभिशाप हो । नेकपा–माओवादी र केही साना दलहरूको गुटबन्दीले निर्वाचन बिथोल्न गरिरहेको क्रियाकलापले राष्ट्रलाई अनिर्णयको बन्दी बनाउन सक्ने खतरा बढेको छ । निर्वाचनविरोधी दलहरूले आफूअनुकूल सरकार नबनेको विरोधमा बन्द, हडताल जस्ता कार्यक्रमको आयोजना गरिरहेका छन् । ती दलहरूले मतदाता नामावली सड्ढलन गर्ने कर्मचारीहरूलाई हातपात गर्ने, तिनीहरूले प्रयोग गर्ने सामग्रीहरू तोडफोड गर्ने तथा खोस्ने जस्ता अनैतिक क्रियाकलापले चुनाव बिथोल्न सक्ने सम्भावना बढेर गएको छ । यदि विश्व राजनीति बुझ्ने हो भने हामी ६० वर्षपछाडि अर्थात् फेरि शून्यबाट सुरुआत गरिरहेका छौं । जुन विकासोन्मुख राष्ट्रका लागि एकदमै नकारात्मक पक्ष हो । असार अथवा मङ्सिरमा निर्वाचन नभएमा राष्ट्र फेरि द्वन्द्वमा फस्न सक्नेछ । नेपाल एक असफल राष्ट्रको रूपमा अन्तर्राष्ट्रिय समुदायमा चिनिनेछ । त्यसपछि नेपाल पनि सिरिया, युगान्डा, बुरुन्डी, सुडान, अफगानिस्तान जस्ता असफल राष्ट्रहरूको सूचीमा पर्नेछ ।
प्रजातन्त्रमा विरोध गर्नु सबैको अधिकार हुन्छ । तर, अरूको अधिकार हनन गरी विरोध गर्नु अप्रजातान्त्रिक क्रियाकलाप हो । साना दलहरूको निर्वाचनविरोधी क्रियाकलापका कारण सम्पूर्ण राष्ट्र नै सड्ढटमा पर्ने भएकोले ती दलहरू पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनमा भाग लिनुपर्दछ । ती दलहरूले ‘मेरो गोरुको बार्है टक्का’ भन्ने सोच नराखी अहिलेको परम आवश्यकता मुलुकलाई निकास दिने सोच राख्नुपर्दछ ।
वर्तमान परिवेशमा कुनै पनि राजनीतिक दलहरूसँग चुनावी मुद्दा नभएकोले निर्वाचनको सामना गर्नुपर्ने भयले साना दलहरूले निर्वाचन बिथोल्ने प्रयास गरिरहेका छन् । देशमा अहिले चुनावी माहोल भएकोले प्रमुख चार दलसहित साना दलहरूले आफ्नो हैसियत जाँच्ने सुनौलो अवसर पाएका छन् । यो अवसरलाई गुमाउनुहुँदैन अर्थात् चुनावबाट पछि हट्ने र बिथोल्न प्रयासको अन्त्य गरी देशलाई निकास दिई राष्ट्र र नेपाली जनतालाई विकासको मार्गमा डोर्याउनु जरुरी छ ।

नीरजकुमार गुप्ता
वीरगंज–१४
वीरगंज–१४