राम्रो बाली प्राप्त गर्नको लागि बीउ रोप्नेदेखि लिएर बाली काटुन्जेलसम्म किसानले कठिन परिश्रम गर्न जरुरी छ, तर बाली फलिसकेपछि एक किसानले सबैभन्दा पहिले जुन काम गर्दछ, त्यो हो बालीबाट सर्वोत्तम बीउहरूको छनोट गर्नु र आगामी वर्ष रोप्नको लागि त्यसलाई सुरक्षित भण्डारण गर्नु । एक किसानले गरे जस्तै हामीले पनि आफ्नो मनरूपी भण्डारमा केवल सर्वोत्तम विचारहरूलाई मात्र भण्डारण गर्नुपर्दछ । जसरी उत्तम बीउबाट उत्तम बाली प्राप्त हुन्छ, त्यसै प्रकार सकारात्मक सोचरूपी बीउ नै उचित अवसर पाएर व्यक्ति तथा समाजको लागि उत्तम सृजन गर्नमा सक्षम हुन्छ ।
मनुष्यको मनमा हर क्षण असङ्ख्य विचारहरू उत्पन्न भइरहेका हुन्छन्, जसमा केही विचारहरू सकारात्मक वा उपयोगी हुन्छन् भने केही विचारहरू नकारात्मक वा अनुपयोगीस तथापि धेरैजसो विचार निरर्थक र नकारात्मक नै हुन्छन् र यदि यी सबै विचारहरू प्रभावी भयो भने हाम्रो जीवन नर्क बन्दछ, त्यसैले विचारहरूको चयनमा पनि हामी सदा सचेत रहन जरुरी छ । हामीले सक्दो प्रयास गरेर सकारात्मक तथा उपयोगी विचारहरू चयन गरेर आफ्नो मनलाई दिनुपर्दछ । व्यक्तिको विचार अथवा उसको सोच सबैभन्दा महत्त्वपूर्ण हो ।
कुनै व्यक्तिले के सोच्दछ, त्यो महत्त्वपूर्ण हो, न कि के गर्दछ अथवा कस्तो देखिन्छ । वास्तवमा व्यक्तिले के गरिरहेको छ अथवा कस्तो देखिन्छ, यो उसको पूर्वसोचको परिणाम हो । उसको पूर्वसोचले नै उसको वर्तमानको निर्माण गर्दछ । चाहे व्यक्तिको भौतिक शरीर होस्, उसको वर्तमान आर्थिक स्थिति होस्, उसको जीवनप्रतिको दृष्टिकोण अथवा वर्तमान मनोवृत्ति होस् वा उसको विकार अथवा संस्कार होस्, सबै उसको पूर्वसोचको परिणाम हो, यो नै कर्मको सिद्धान्त हो । अत: जस्तो रोपिन्छ, त्यस्तै काटिन्छ ।
सोच पनि त्यही बीउ हो, जसको बाली सोच्ने व्यक्तिले कर्मफलको रूपमा काट्नुपर्दछ । सकारात्मक सोचको बीउ रोपियो भने त्यहीअनुरूप राम्रो व्यक्तित्व, राम्रो स्वास्थ्य, राम्रो संस्कार र सुख–समृद्धिरूपी राम्रो बाली काट्न सकिन्छ । आफ्नो सोचलाई बदलेर त्यसलाई सकारात्मकता प्रदान गरेर हामीले आफ्नो सुनौलो भविष्य निर्माण गर्न सक्छौं तथा विकारहरूबाट मुक्त हुन सक्छौं । अरूले हाम्रो बारेमा के सोच्दछ, यसको हामीमाथि कुनै असर हुँदैन, अपितु हाम्रो आफ्नो सोचले नै हाम्रो र अरूहरूसँगको हाम्रो व्यवहारलाई प्रभावित गर्दछ ।
प्रत्येक वर्ष किसानको खेतमा राम्रो बाली हुँदैन । कहिले बाली नराम्रो हुन्छ, त कहिले बीउमा कीरा आदि लागेर नष्ट हुन्छ । यस्तोमा किसानले ठूलो समझदारीले काम गर्दछ । किसानले कीरा लागेको बीउ अथवा कमसल बीउ कहिल्यै पनि रोप्दैन । अर्को वर्ष रोप्नको लागि कहीँबाट पनि राम्रो बीउको प्रबन्ध गर्दछ । यसैगरी मनुष्यले पनि राम्रो विचारहरूको छनोटको लागि सदैव प्रयत्नशील रहनुपर्दछ ।
विचारहरूको उद्गमस्थल हाम्रो मन हो, अत: मनमाथि नियन्त्रण राखेर हामीले नराम्रा विचारहरूलाई रोक्न सक्छौं तथा राम्रा विचारहरूबाट मनलाई आप्लावित गर्न सक्छौं । यदि जीवनरूपी बगैंचालाई सुन्दर बनाउनु छ, त्यसलाई र·हरूले सराबोर गर्नु छ तथा त्यसलाई मन्द–मन्द वासनाले गमकाउनु छ भने त्यस मनरूपी बगैंचामा चुनी चुनी राम्रा विचाररूपी बीउहरू रोपौं, सकारात्मक सोचको बिरुवा लगाऔं ।
प्राय: भनिन्छ कि पुरुषार्थले नै कार्य सिद्ध हुन्छ, मनको इच्छाले हुँदैन । यो बिलकुलै ठीक कुरा हो, तर मनुष्यले पुरुषार्थ कहिले देखाउँछ र कसलाई पुरुषार्थ भनिन्छ ? पहिलो कुरा त यो हो कि मनको इच्छाबिना पुरुषार्थ पनि असम्भव छ । मनुष्यमा पुरुषार्थ वा हिम्मत अथवा प्रयास गर्ने इच्छा पनि कुनै न कुनै भावबाट नै उत्पन्न हुन्छ र सबै भाव मनद्वारा उत्पन्न तथा सञ्चालित हुन्छ । अत: मनको उचित दशा अथवा सकारात्मक विचारले नै पुरुषार्थलाई सम्भव बनाउँछ । पुरुषार्थको लागि उत्प्रेरक तत्त्व मन नै हो ।
जसरी वृक्षको लागि बीउ अनिवार्य छ, त्यस्तै प्रत्येक कार्यको मूलमा पनि एक बीउ हुन्छ र त्यो हो विचार । जस्तो बीउ त्यस्तै बिरुवा तथा जस्तो विचार त्यस्तै कर्म । मनुष्यले प्रत्येक कर्म कुनै न कुनै विचारको वशीभूत भएर नै गर्दछ, अत: विचारहरूको ठूलो महत्त्व छ । जस्तो विचार त्यस्तै कर्म तथा जस्तो कर्म त्यस्तै जीवन । विचारले नै हाम्रो जीवनको दशा र दिशा निर्धारित गर्दछ । जीवनलाई उत्कृष्टता प्रदान गर्नको लागि मनमा सकारात्मक सोचबाट उत्पन्न उत्तम विचाररूपी बीउहरूको रोपण अनिवार्य मात्र होइन, एकमात्र उपचार पनि हो ।