प्रस, वीरगंज, १६ चैत/
नागरिक सुरक्षा र संविधानसभाको निर्वाचन सन्दर्भमा साना हतियारको प्रयोग र युवाहरूको भूमिका विषयक अन्तक्र्रिया आज वीरगंजमा सम्पन्न भयो ।
गैरकानुनी हतियारका कारण समाजमा शान्ति स्थापना गर्न कठिनाइ भएको कार्यक्रमका प्रमुख अतिथि कामु प्रमुख जिल्ला अधिकारी बेनीमाधव ज्ञवालीले बताए । उनले राज्यले अवैध हातहतियार ओसारपसारमा संलग्न जोकोहीलाई कडाभन्दा कडा कारबाई गर्ने बताउँदै अहिलेको अवस्थामा सो कार्यलाई निरुत्साहित गर्न कडा कानुनको व्यवस्था गरिएको बताए ।
संविधानसभाको चुनाव हुने निश्चित भएकोले धाँधलीरहित निर्वाचन गराउन जिल्लाका सबै युवाशक्तिहरूलाई एकीकृत भई अगाडि बढ्न पनि उनले सुझाएका थिए ।
राज्यले हतियार राख्न इजाजत दिएका व्यक्तिहरूलाई पनि निर्वाचनको उम्मेदवारी दर्तादेखि चुनावको परिणाम नआएसम्म हतियार लिई हिंड्डुल गरेमा दोषी ठहर गर्दै कानुनबमोजिम कारबाई गर्ने राज्यले व्यवस्था गरेको बताए ।
खुला सिमानाका कारण गैरकानुनी हातहतियारको बिगबिग बढेकोले सुरक्षा निकायलाई नियन्त्रण गर्न अहिले चुनौती बन्दै गइरहेको कार्यक्रमका सभापति तथा प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।
जनशक्तिको अभाव र स्रोतसाधनको कमीका बीच खुला सिमानाले झन् अप्ठ्यारो पारिरहेको तर्क प्रउ अधिकारीले दिएका थिए ।
जिल्लामा बसोवास गर्ने मानिसहरूले सुरक्षाप्रतिको विश्वासको कारण आफूसँग रहेका अवैध हतियारहरू प्रहरीको जिम्मा लगाउनु खुशीको कुरा भएको पनि प्रउ अधिकारीले बताए ।
उक्त अवसरमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछाने, पर्सा बारका अध्यक्ष शालिग्रामप्रसाद साह, जनार्धन यादवलगायत विद्यार्थी नेताहरूले आ–आफ्नो धारण राखेका थिए । रेस नेपाल तथा जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द देवकोटाले गरेका थिए ।