- चन्द्रकिशोर
पेशाले चिकित्सक डा. शिवशड्ढर यादव साहित्यिक क्षेत्रका पनि परिचित नाम हुन् । उनी विगत चार दशकदेखि साहित्यमा सक्रिय छन् । उनको साहित्यिक उपनाम ‘विमलकृष्ण’ हो । उनले कविता, कथा र उपन्यास लेखनमार्फत् प्रसिद्धि कमाएका छन् । बारा जिल्लाको बहुअरी गाउँका मूल बासिन्दा डा. यादवको कर्मभूमि वीरगंज हो । चिकित्साशास्त्रमा अध्ययन प्राप्त उनको साहित्य अनुरागले अरूलाई पनि प्रभावित पारिरहेको हुन्छ । उनको साहित्य सृजना मूलत: समाज केन्द्रित छ, आममानिसका अप्ठ्याराहरूलाई उनले उजागर गरेका छन् । गाउँलेका सपना र सङ्घर्षलाई उनले अभिव्यक्ति दिने जमर्को गरेका छन् । सरकारी सेवामा संलग्न रहेर पनि शोषित, पीडित जनताको पक्षमा र लोकतन्त्रको पक्षमा उनले निरन्तर आवाज उठाउँदै आएका छन् ।
यस कारणले पनि उनी पटकपटक सरकारी कोपभाजनका शिकार भएका छन् । यही नै उनको मौलिक विशेषता हो ।
डा. यादव आफ्नै आस्थामा हिंड्ने कलमजीवी हुन् । त्यसैले उनी हतपती कसैसँग सम्झौता गर्दैनन् । कसैसँग शिर ननिहुराउने आफ्नो बानीले गर्दा उनले महँगो मूल्य पनि चुकाएका छन् । तर पनि खलियानको खाँबो जस्तै उनी आफ्नै तालमा ठडिएका छन्, यो नै साहित्यकार डा. शिवशड्ढर यादवको मौलिक विशेषता हो । अहिले थोरै लेखेर पनि बढी चर्चा पाउन खोज्ने, नेपालीबाहेकको भाषामा पनि हतारमा लेख्ने र प्रशंसा बटुल्ने मौसममा उनी अनेकौं आँधीहुरी सहेर पनि अहर्निश लेखिराखेका छन् । मूलत: उनी हिन्दीका रचनाकार हुन् । तर उनको रचना संसार नेपाली परिवेश, आफ्नो क्षेत्र वरिपरिको पृष्ठभूमि र देहाती सङ्घर्षलाई आवाज दिन प्रतिबद्ध रहेको देखिन्छ ।
विसं २०४६ पूर्व उनको एउटा हिन्दी कविता सड्ढलन ‘परकटे जटायु’ प्रकाशित भएको थियो । तत्कालीन समयमा सङ्घर्ष गर्नेहरूका लागि यो रचना उद्धृत गर्ने सन्दर्भ सामग्री भएको थियो । यस पुस्तकमा ५९ वटा कविता सड्ढलित छ । उनका कविताहरूमा विद्रोहको स्वर छ, आक्रोशको भाव छ । तर, सामाजिक रूपान्तरणको अपेक्षा पनि राखिएको छ । ‘अब निहारू प्रभामण्डल, एक कोई किरण भेजो, आँसुओं को गूथकर, तेरे गले पहना सकूँ, ले सृजन की तूलिका, मैं गीत तेरे गा सकूँ’ (परकटे जटायु) । त्यस्तै अर्को कविता ‘दिशा निर्देश’मा उनले लेखेका छन्, ‘इन्द्रधनुष कुछ भी नहीं है, पर सूरज के सात रंगो को अपने अन्दर उतार लेता है, मैं भी कुछ भी नहीं हुँ, पर क्रान्ति के हरेक रंगो को, अपने अन्दर उतारूगाँ ।’ यही पुस्तकमा गजल पनि छ, त्यसको एउटा पङ्क्ति ‘धूप खिडकी पे आकर, कहाँ रह गयी ? अब सभी मुझको, मुजरिम बनाने लगे है ।’
चिकित्सा क्षेत्रमा लागेर पनि साहित्यिक रुझान राख्नु, निरन्तर केही न केही लेख्ने प्रयत्न गर्नु आपैंmमा राम्रो पक्ष हो । उनले आफ्नो लेखनलाई मूलत: हिन्दी भाषामा केन्द्रित गरेका छन् । जुनसुकै भाषामा लेखे पनि त्यसले यहाँको परिवेशलाई अभिव्यक्ति दिएको छ । नेपालमा हिन्दी लेख्ने सीमित सर्जकहरू छन् । तिनीहरूका माझ डा. यादवको पहिचान स्थापित छ । नेपालको हिन्दी साहित्यको सन्दर्भ चल्दा डा. यादव नबिर्सने नाम हो । तर उनले आफ्नो मातृभाषा भोजपुरीमा लेखेको भए उनको लेखनीको उँचाइ अझ बढी हुन्थ्यो । भोजपुरी भाषामा उनको प्रस्तुति अझ बढी सार्थक र सजीव हुन्थ्यो । त्यसैले अहिले पनि उनले आफूलाई भोजपुरी भाषाको सेवकको रूपमा प्रस्तुत गर्न सके भोजपुरी साहित्यले त लाभ पाउन्थ्यो नै उनको यशमा पनि अभिवृद्धि हुन्थ्यो । भोजपुरी भाषामा लेखकीय आगमनको लागि उनलाई खुला आमन्त्रण छ । कुनै पनि लेखक कुन भाषामा लेख्ने त्यो उसको स्वतन्त्रता हो । मूल पक्ष हो, लेख्ने जमर्को गर्नु जो आपैंmमा सराहनीय कार्य हो । नेपालका सर्जकले जुनसुकै भाषामा लेखे पनि त्यसले आखिर नेपालकै साहित्यलाई समृद्ध बनाउँछ।
डा. यादवको भर्खरै एउटा उपन्यास प्रकाशनमा आएको छ, ‘कबुतर’ । मधेस सेवा आश्रम बाराद्वारा प्रकाशित सो उपन्यास हिन्दी भाषामा लेखिएको छ । २२० पृष्ठ लामो उपन्यासमा लेखकले मध्य तराईको जीवनलाई बाहिर ल्याउने प्रयत्न गरेका छन् । २०४१ सालतिर लेखन सम्पन्न भएको उक्त उपन्यास अहिले प्रकाशित हुँदा पनि त्यसका विषयवस्तुहरू अहिले पनि पठनीय र सान्दर्भिक छन् । चिकित्सकको सरकारी सेवाबाट निवृत्त भइसकेका डा. यादवले उक्त उपन्यासमा देहाती सन्दर्भहरूलाई बडो मनोयोगले सजीव चित्रण गरेका छन् । गाउँको वर्णन गर्नु उनको विशेष खुबी देखिन्छ । उनको विद्रोही स्वभाव कविता जस्तै उपन्यासमा पनि दृष्टिगोचर हुन्छ ।
७ जुलाई १९५० मा जन्मिएका डा. यादवका अन्य ६ वटा रचनाहरू तयारी अवस्थामा छन्, जो प्रकाशकको खोजीमा छ । दुईवटा त उपन्यास नै छन् । श्रीमद्भागवद गीताको काव्य रूपान्तरण दुई भाषामा उनले सकेका छन् । उनी भन्छन्,“अब मेरो प्रयत्न भनेको आफ्ना रचनाहरूलाई प्रकाशन गर्नु हो ।” उनी प्रकाशकको खोजीमा छन् । उनका रचनाहरू प्रकाशित हुन पाए राम्रो हुन्थ्यो । सँगसँगै उनका रचनाहरू एउटा राम्रा भाषा सम्पादकबाट सम्पादन भई प्रकाशित भएमा त्यो बढी सुवासित हुन्थ्यो । आजकल व्यावसायिक लेखकहरूले पनि आफ्ना रचना सम्बन्धमा एउटा सफल सम्पादकबाट परामर्श लिन्छन् र रचनालाई तेजिलो बनाउँछन् ।
निवृत्त जीवनलाई साहित्यसँग जोड्न खोज्नु डा. यादवको विशेष उपलब्धि मान्नुपर्छ । आफ्ना सक्रिय जीवनको अनुभवहरूलाई फुर्सतिलो समयमा लिपिबद्ध गर्न खोज्नु अरूका लागि पनि अनुकरणीय हुनसक्छ । अहिलेको समाजलाई साहित्यसेवीहरूको खाँचो छ । डा. यादवको सक्रियताले यस क्षेत्रको साहित्यिक क्षेत्र उन्नत हुने अवसर पायो भने समग्रमा यस क्षेत्रले नै लाभ पाउँछ । तराईमा विभिन्न पेशाका मानिसहरूमा साहित्यिक प्रतिभा छ, त्यसलाई उनीहरूले निवृत्त जीवन अवधिमा सदुपयोग गर्न सके, संस्थाविशेषले त्यस्ता व्यक्तिविशेषबाट लाभ लिन सके, अनेकौं महत्त्वपूर्ण कामहरू हुन सक्थ्यो । सामाजिक जागरणका लागि केवल राजनीति मात्रले पुग्दैन, साहित्य र संस्कृतिको क्षेत्रमा पनि कामहरू भइरहनुपर्दछ । अहिलेको बेलामा यसतर्फ पनि ध्यान दिनु जरुरी भइसकेको छ । डा. यादवको दीर्घायुको कामना गर्दै उनीबाट नव साहित्यिक सृजनाहरू बाहिरिने म·ल कामना गर्नु नै अहिले उचित हुन्छ ।