गाउँबाट ओइरिएका मानिसहरू, मार्केट भनिने केही अग्ला घरभित्रका बजारहरू, जताततै भत्किएका सडकहरू, जताततै फालिएका फोहोरले बनाएको दुर्गन्धित वातावरण, अस्तव्यस्त ट्राफिक, अव्यवस्थित पार्किङ र केही अव्वस्थित बजारबाहेक वीरगंजमा केही देखिन्न ।
सडकपेटीमा राखिएका फास्टफूड पसलहरू तथा मदिराका पसलहरूमा जम्मा भएका भीडहरूमा मेरो आँखा केन्द्रित भयो । दिउँसोदेखि नै मदिरासेवन गरी होहल्ला गर्दासमेत प्रहरी प्रशासनले कुनै वास्ता नगर्दा म अचम्भित हुन पुगे । बस स्टैन्डमा यात्रुलाई जबरजस्ती टिकट थमाउने प्रवृत्ति, भगवान्को नाममा कानको जालो फुट्ने गरी ध्वनि प्रदूषण गर्दा यहाँका नागरिकमा सचेतनाको निकै खाँचो रहेको मैले ठम्याएँ । व्यक्तिगत झगडाले बजारै बन्द गर्दै हिंड्ने युवा जमात र प्रहरीबीचको घम्साघम्सीले केहीबेर आतड्ढको वातावरण सृजना भएको मैले अनुभूति गरें ।
भिँmगा भन्किएका खाद्य सामग्रीहरू, माछामासु पसलमा फोहोरको वर्चस्व, खसी भनी बाख्राको मासु बेच्ने काला व्यापारीहरू तथा ग्यासका सिलिन्डरको सील बूढो मानिसको दाँत हले जस्तै हलिएको अनुगमन नदेख्दा म अचम्ममा परें । टाँगा, रिक्सा र टेम्पुमा बाल मजदुरले जोखिमपूर्ण काम गरेको देख्दा बाल शोषण तथा हकहितका लागि आवाज उठाउने संस्थाहरूको मैले वीरगंजमा उपस्थिति देखिनँ । नारायणी उपक्षेत्रीय अस्पतालमा दक्ष चिकित्सकको अभावमा आमनागरिकको घुइँचो निजी क्लिनिकमा बढिरहेको मैले महसुस गरें । यहाँका साइबर क्याफेमा स्कूलका बालबालिकाको उपस्थिति बढी देख्दा सूचना क्षेत्रमा वीरगंज अगाडि रहेको मैले पाएँ । त्यसैगरी अश्लील सामग्रीहरू पत्रिकामा बडो प्राथमिकताका साथ सम्प्रेषण भएको देख्दा पश्चिमेली संस्कार भित्रिएको महसुस गरें । ३०/४० जनाको समूह बनाइ ट्युसन पढाउन खप्पिस शिक्षकहरूमाथि प्याब्सन, एनप्याब्सनको दूरदृष्टि किन नपरेको भन्ने जिज्ञासाले मेरो मनलाई घोची रहयो ।
घरायसी सामानहरू ल्याउँदा भन्सारमा खटिएका कर्मचारीहरूले दु:ख दिनु र तस्करहरूलाई केही नगरेको देख्दा म निकै आक्रोशित पनि भएँ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको विरोधमा दलहरूले सभा, विरोध, जुलुस, बन्द, हडतालले वीरगंज शहर नै तताउने छन् भन्ने चिन्ताले म वीरगंज शहरबाट बिदा भई आफ्नो गन्तव्यतिर लागें ।
–प्रमोदकुमार पौडेल
दुर्गा टोल, वीरगंज–१४
उचबmयम)ण्ण्ढढ२थबजयय।अयm