- उमाशङ्कर द्विवेदी
यसवर्षको होली, जसलाई भोजपुरी भाषामा ‘फगुवा’ भनिन्छ, बितेको चैत १४ गते हर्षोल्लासका साथ मनाएर सम्पन्न भयो । होलाष्टकको दिनदेखि यसको सुरुआत भएर फागुन पूर्णिमाको दिन होलिका दहन गरी चैत कृष्णपक्ष एकम्को दिन बिहान मालपुवा, र·, अबीर कुलदेवतालाई अर्पण गर्नुका साथै प्रसादको रूपमा मालपुवा र अन्य मिठाइले मुख जुठो गरी ठूला–साना, स·ी–साथीसित परस्परमा र·, अबीर खेलेर ढोल, डम्फू, झाल–मजीरा जस्ता वाद्यहरूको लोकधुनमा होलीको गीत गाएर, नाचेर एकअर्काबीच शुभकामनाको आदानप्रदान गरेर होली पर्व मनाइने परम्परा छ । पुराना दिनहरूमा फगुवा र·ोत्सवको रूपमा समाजका साना ठूला जम्मै वर्गका बीचमा हर्षोल्लास, आपसी भाइचारा र सौहार्दताका साथ मनाइन्थ्यो । दिनको मध्याह्नदेखि फगुवाका गीत गाउनेहरूको मण्डली पारम्परिक बाजाका साथ प्रत्येक गृहस्थको घरद्वारमा गई सुरतालका साथ फगुवा गीत गाउने गर्थे । केही बेरपछि घरमुलीले मण्डलीमा सामेल प्रत्येक सदस्यहरूलाई र·, अबीर लगाएर मसाला (बदाम, छोहडा, नरिवल, किसमिस, सुपारी, सुकमेल) दिएपछि मण्डलीको बिदाइ हुन्थ्यो । बिदाइ हुनेबेलामा मण्डलीले आशीष दिंदै बाजा बजाउँदै गाउँदथे– सदा आनन्द रहे एहि द्वारे मोहन खेलस होरी हो..सदा आनन्द रहे एहि द्वारे...। अर्थात् यस घरद्वारमा सदैव आनन्द रही रहोस्, मोहन (भगवान् श्रीकृष्ण) यसै प्रकारले हरेक वर्ष फगुवा खेली रहून् । यस प्रकारको फगुवा गीत गाउँदै मण्डली अर्को गृहस्थको घरद्वारमा जानको लागि हिंड्दथ्यो ।
फगुवा गीत मानिसहरूले भद्र तथा शालीनतापूर्वक गाउँदथे । फगुवाको आफ्नै किसिमको ताल, मात्रा तथा रस हुन्थ्यो । रामरसको फगुवा, कृष्णरसको फगुवा तथा लोकरसको फगुवा मात्र गाउँदथे । रामरसको फगुवाका केही बानगीहरू प्रस्तुत छन्– लडिका राम धनुष कइसे तुरीहन, हंसेला जनकपुर के लोग..हो..हो..हो..। अर्को बानगी– दुनु भाइ रोवेला कदम तर, सीया जानकी के ले गइले चोर.. ..हो..हो..हो..। तेस्रो बानगी–राम खेले होरी, लछुमन खेले होरी, गढ लंका में रावन खेले होरी..हो..हो..हो..। कृष्णरसको फगुवामा ब्रजभूमिमा श्रीकृष्णजीले गोपिनीहरूसित खेलेको होलीको प्रस·को वर्णन रहेको हुन्थ्यो भने लोकरसको फगुवामा शृङ्गार रसको प्रधानता रहन्थ्यो, जोगीरा सरररको लयमा कविताको बाहुल्यता रहेको हुन्थ्यो । तर अश्लीलता तथा उच्छृङ्खलता भने पटक्कै हुँदैन्थ्यो । गाउँको प्रत्येक गृहस्थको द्वार–द्वारमा अबेर रातिसम्म फगुवा गाइसकेपछि आ–आफ्नो घर फर्किने बेलामा मण्डलीका सदस्यहरूले धूलो उडाएर फगुवाको समाप्ति गरी चैतावर गाउँदै फर्किन्थे । त्यसबेलादेखि चैत महिना लागिसकेको जनधारणा रहन्थ्यो ।
वर्तमान समयको फगुवाको रूप, र· तथा माहोलमा आमूल परिवर्तन भइसकेको छ । आपसी भाइचारा, सौहार्दता तथा शालीनताले खेलिने फगुवामा अभद्रता, अश्लीलता तथा दुव्र्यसन व्याप्त भएको देखिन्छ । पुराना दिनहरूमा फगुवा लाग्नुभन्दा हप्तौं पहिलेदेखि खसीको मासुको बिक्रीको लागि मानिसहरूको सूची तयार हुन्थ्यो तर एउटा गाउँभरिमा एउटा खसीको मासु पनि खपत हुन सक्दैन्थ्यो । आजका दिनमा फगुवाको दिन के गरीब, के धनी प्राय: प्रत्येक गृहस्थको घरमा एक/एक ओटा खसीको मासु खपत हुन्छ । हुनेखानेहरूको घरमा फगुवाको अवसरमा बदाम, ओखर, सुकमेल, केशर हालेर भा·को सेवन हुन्थ्यो भने आजका दिनमा यस अवसरमा बियर, रक्सीको खोलो बगेको देख्न सकिन्छ । यस्तो स्थितिमा पुराना पारम्परिक फगुवा गाउने, डम्फू, मजीरा, ढोलक बजाउने कलाकारहरू हराउँदै गइरहेको स्थिति छ । अब गाउँमा फगुवा गाउने मण्डलीको अस्तित्व समाप्तप्राय: छ । फगुवाको दिनमा गाउँका प्रत्येक गृहस्थको द्वारमा गई आपसी सद्भाव आदानप्रदान गर्ने, फगुवा गाउने, रमाइलो गर्ने प्रथा विस्तारै लोप हुँदै गइरहेको छ । अबको फगुवा मनाउने क्रममा मासु खाने, रक्सी, बियर धुत्ने तथा फगुवाको नाममा अश्लील गीतहरूको रेकर्डेड धुनमा उच्छृङ्खलतापूर्वक उफ्रिने, नाच्ने तथा महिलाहरूलाई जिस्काउने कुकृत्यहरू मौलाउँदै गइरहेको देख्न सकिन्छ ।
फगुवाको यस्तो विकृत स्थितिमा यसवर्ष होलीको दिन पारी भोजपुरीभाषीको राजधानी मानिएको वीरगंजको मुटु माईस्थान चोकमा एभिन्यूज टेलिभिजनका क्षेत्रीय ब्यूरो इन्चार्ज राजु श्रेष्ठको विशेष पहलमा फगुवा उत्सवको आयोजना गरिएको थियो । सो उत्सवको टिभीमा प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गरिएको थियो । यो पहल फगुवाको पारम्परिक मूल्यको जगेर्नाको दिशामा आशलाग्दो तथा स्तुत्य प्रयास थियो, जुन अत्यन्त सफल पनि साबित भयो । निमन्त्रण पाएर म पनि सो उत्सवमा सामेल हुन गाउँबाट गएको थिएँ । त्यस उत्सवमा प्रस्तुत गीत तथा नृत्यहरू रोचक र रमाइला भएपनि भोजपुरी भाषाको एउटा पनि फगुवा गीत (होरी) प्रस्तुत नभएकोले मनमा तीतो तथा अमिलो अनुभव लिएर गाउँ फर्किनुपर्यो । गाउँ फर्किने क्रममा बाटाभरि मनमस्तिष्क भौंतारिरहयो कि गाउँमा त होरी हरायो हरायो, फगुवाको अवसरमा राष्ट्रियस्तरको आयोजनामा पनि पारम्परिक होरी गीत (फगुवा) एउटै पनि फेला परेन त, भोजपुरी फगुवा गीतहरू वास्तवमा लोप भइसकेको छ त....।