$type=ticker$count=12$cols=4$cate=0

राष्ट्रियता र लोकतन्त्रमा माओवादीको भूमिकामा तथ्य आपैंm बोल्दछ

SHARE:

अधिवक्ता दामोदर पौडेल
    एकीकृत नेकपा माओवादीले यो देशको नाम र झन्डा बदल्न चाहेको र त्यसबारेमा संविधानसभामा समेत छलफल गरेको तथ्य एमाले नेता भीम रावलसमेतले बारम्बार उल्लेख गरेका छन्। त्यतिमात्र होइन सङ्घीयतामा प्रान्तलाई देशबाट अलग हुनेबाहेक अरू सबै अधिकार दिनेसमेत माओवादीको एजेन्डा हो। सबै प्रान्तले अलग हुन चाहेमा र अरू देशमा नै मिल्न चाहेमा देशबाट अलग हुनबाट रोक्ने कानुन र संविधानलाई बदल्न सकिन्छ। युगोस्लाभिया आज एउटै देश छैन, जर्मन एउटै देश बनेको छ। त्यहां संविधान बदलेर नै सबै सम्भव भएको हो।
    सरकारमा पुग्नुभन्दा पहिला कम्युनिस्टहरू राष्ट्रियताको चर्को नारा लगाउँछन् तर सरकारमा पुगेपछि सरकार जोगाउन विदेशीको शरणमा समेत पुग्दछन्। अहिले यो जिम्मा माओवादीको भागमा परेको छ। त्यसैले त माओवादी अध्यक्ष प्रचण्डले यो देशमा विदेशीको दबाबलाई सबैभन्दा बढी रोक्न सक्ने दल नेपाली काङ्ग्रेस नै रहेछ भने र काङ्ग्ेरस नेता सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन चाहेकोमा विदेशीको कारणले सम्भव नभएको बताउनसमेत पछि परेनन्। प्रधानमन्त्री बाबुराम भट्टराईले त नेपालमा प्रधानमन्त्री बनाउने चाबी नै विदेशीसँग रहेको बताए। सरकारको लागि विदेशीको भरमा परेका र काङ्ग्रेस त्यसको विपक्षमा रहेको उनीहरूको भनाइबाट प्रस्ट भएको छ भने सुशील कोइरालाले भनेकै थिए कि उनी लोकतन्त्र र राष्ट्रियतासँग सम्झौता गरेर प्रधानमन्त्री बन्न चहाँदैनन्।
    नेपालमा मात्र होइन विश्वमा नै कम्युनिस्टहरू भन्छन् एउटा र गर्छन् अर्को। रूसमा स्टालीनले हिटलरलाई हराएको भ्रम छ। यथार्थमा हिटलर र स्टालीन मिलेर जर्मनीभन्दा पश्चिममा हिटलरले उपनिवेश चलाउने र जर्मनीदेखि पूर्वमा स्टालीनले कम्युनिस्ट उपनिवेश चलाउने योजनाअनुसार द्वितीय विश्वयुद्धको सुरुआत भएको तथ्य बारम्बार आएको छ। पछि हिटलरले पूर्वमा पनि हमला गरेपछि मात्र स्टालीनले हिटलरको विपक्षमा लडेका थिए। रूसी कम्युनिस्टहरूले चौधवटा राष्ट्रहरूलाई स्वेच्छिक युनियनमा राखेको भने पनि व्यवहारमा जबरजस्ती रूसमा गाभेका थिए। लेनिनले जर्मन शासक हिटलरबाट पहिला भत्ता लिने गरेका तथ्यहरू पनि बाहिर आएका छन् । जबरजस्ती नभएको भए कम्युनिस्ट व्यवस्था हुँदासम्म बोल्न नसक्नेहरू त्यो व्यवस्था अन्त्य भएपछि स्वतन्त्र हुने थिएनन्। यसको उत्तर कम्युनिस्टहरूसँग छैन।  लोकतन्त्रको स्थापनापछि सोभियत सङ्घ एक हुन सकेको भए धेरै सकारात्मक पक्ष देख्न सकिने थियो, त्यो अलग विषय हो। तर कम्युनिस्टहरूको राष्ट्रियताको नारा ठूलो राष्ट्रले सानो राष्ट्रलाई गाभ्नेमा परिणत भएको छ र ठूला देशको राष्ट्रियताको मात्र कदर भएको छ। सायद त्यसैले होला प्रचण्डले दक्षिण एशियालाई सोभियत बनाउने भनेर हिंसात्मक गतिविधिको समयमा भनेका थिए।
    माओवादीले आफ्नो सातौं महाधिवेशनमा नेपाल–भारतबीचको सीमा विवाद जनमत सङ्ग्रहबाट निराकरण गर्ने उल्लेख गरेको थियो। सुगौली सन्धि, १९५० को सन्धि, कालापानी वा सुस्तासमेत मात्र नभई जवाहरलाल नेहरूले हिमालयसम्म भारतको सीमा क्षेत्र भनेकाले नेपलमा र भारतमा जनमत गर्ने र संयुक्त जनमतबाट जे परिणाम आउँदछ त्यही गर्ने हो भने यसको परिणाम के निस्केला ? सबैलाई थाहा छ। बरु त्यस्ता कुरा सीधैं भने हुन्छ कि साना देशको प्रधानमन्त्री बन्नुभन्दा ठूलो देशको मुख्यमन्त्री नै ठीक छ। तर जनतालाई झुक्याउने काम गर्दै नगरौं। सरकारमा नहुँदा सुस्तामा मार्च गर्ने प्रचण्ड बिग्रेड अहिले मार्च होइन जनमतले  देश नै मर्ज गर्नसक्ने सङकेत गर्न थालेका छन्। हामी जनताको चाहनाको कदर गर्दछौं तर जनतालाई झुक्याउन चाहँदैनौं भन्ने भावना हुनु आवश्यक छ।
    नेहरूले भारतको सिमाना हिमालय हो भन्दा वीपी प्रधानमन्त्री थिए र उनले तुरुन्तै विरोध गरेका थिए। नेहरूले पछि माफी मागेका थिए। कम्युनिस्ट सांसदले सगरमाथा चीनको हो भनेर नेपालको संसद्मा भनिरहँदा वीपीले चीनमा गएर माओलाई सम्झाएर यो नेपालको हो भनाएका थिए र त्यही आधारमा सगरमाथा अहिले पनि नेपालको छ। कम्युनिस्टहरूको र काङ्ग्रेसको राष्ट्रवादको विश्लेषण यसबाट पनि गर्न सकिन्छ। 
    चुनाव जित्नको लागि विभिन्न चर्का नारा लगाउने र चुनाव जितेपछि सत्तामा बस्न राष्ट्रियताको विरुद्धमा समेत काम गर्न तयार हुने कम्युनिस्ट प्रवृत्तिबाट जनता प्रस्ट हुनुपर्दछ। राष्ट्रियता बन्दुक देखाएर जनतालाई तर्साउँदै सत्तामा गएर बलियो हुँदैन। बरु जनतालाई सजग, सक्रिय, चेतनशील, विकसित, क्षमतावान बनाएर र अधिकतम समानता दिएर मात्र हुन्छ।
    लेनिनले एउटा देशमा सच्चा कम्युनिस्ट पार्टी एकमात्र हुन्छ भनेकोमा नेपालमा एउटा मात्र सच्चा कम्युनिस्ट पार्टी प्रचण्ड र बाबुरामहरूको माओवादी नै होइन भने चित्रबहादुरहरू, ओलीहरू, झलनाथ तथा वैद्यहरूले जनतालाई उत्तर दिनै पर्दछ कि बन्दुकको प्रयोग गर्ने कला बढी हुनेहरू नै वास्तविक साम्यवादी हुन् कि होइनन् ?
    कम्युनिस्ट विचारमा लोभ र भ्रम तथा त्रासले लागेका भएपनि निष्पक्षरूपमा बुझ्नेहरूले यो विचारको माध्यम रहेको भनिएको कम्युनिस्ट पार्टीप्रतिको मोह त्याग्ने कि ? बहुलवादको माध्यमबाटै साम्यवाद आउन सक्दछ र त्यसको लागि  जनजीविकाको प्रत्याभूति र विकासको फ्युजन पूर्वाधार भएको मान्ने वीपीहरू साम्यवादी कि त्रासको आधारमा जनतालाई भ्रम र डरमा पार्ने साम्यवादी ? गल्ती गर्नेहरूलाई सजिलैसँग हटाएर राम्रो गर्नेहरूलाई ल्याउने  अधिकारको वकालत गर्ने वीपीको सोच पूँजीवादी हुन्छ भने जनतालाई गरिबी र त्रास बाँड्ने चाहिँ साम्यवादी हो ? 
    राष्ट्रिय एकता दिवस मनाउन छोड्ने र लोकतन्त्र दिवस कोठामा मनाउने प्रधानमन्त्री बाबुराम भट्टराईको राष्ट्रियता कस्तो होला ? माओवादीले चाहेको राष्ट्रवाद र लोकतन्त्र यस्तै हुन्छ ?
    त्यस्तै देशमा समावेशीको सबैभन्दा चर्को नारा दिने माओवादीले गठन गरेका धेरै जातीय मोर्चाहरूमा बाहुन, क्षेत्रीहरूकै बहुमत छ।
    रोल्पामा प्रचण्ड र बाबुरामहरूले २०६९ माघ ४ गते भाषणको क्रममा भनेछन्– अग्रगमनको पक्षधर एकमात्र दृढ दल उनीहरूको एनेकपा माओवादी मात्र हो र यसबाट फुटेकाले ठूलो गल्ती गरेका छन् र क्रान्तिलाई धोका दिएका छन्। आफ्नो दलको विचारलाई राम्रो भन्ने अधिकार उनीहरूमा छ तर कम्युनिस्टहरू आफ्नो विचारलाई मात्र राम्रो भनेर अरूलाई प्रतिबन्धित नै गर्नुपर्दछ भन्छन् भने लोकतन्त्रवादीहरू आफ्नो विचार राम्रो भनिरहँदा पनि अरूको विचारलाई निषेध गर्ने पक्षमा रहँदैनन्। उनीहरू नयाँ सम्भावनालाई कम्युनिस्टहरूले जस्तो स्वीकार नगर्ने तर गर्दछौंसम्म कहिलेकाहीँ भन्ने गर्दैनन्। नेपालको सन्दर्भमा लोकतान्त्रिक समाजवादी दल नेपाली काङ्ग्रेसको लक्ष्य वीपीले भने जस्तै लोकतान्त्रिक किसिमले पूर्ण समानता र विकास हो भन्ने सबैले आत्मसात् गर्न सक्नुपर्दछ। उनले साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद अर्थात् हामीले बुझ्ने गरेको लोकतान्त्रिक समाजवाद हुन्छ भनेका छन्। काङ्ग्रेस सरकारमा हुँदा साम्यवादको लागि केही नगरेको आरोप पनि लाग्न सक्नु स्वाभाविक हो। वास्तवमा कम्युनिस्टहरू र सबैभन्दा परम्परावादी कम्युनिस्ट माओवादी सरकारमा हुँदासमेत कुनै काम साम्यवादको लागि भएका छैनन्। के आफ्ना लडाकूहरू र घाइतेहरूमध्ये केहीलाई पैसा बाँडेर, भ्रमणमा पैसा खर्च गरेर, धेरै सल्लाहकारहरू र मन्त्री राखेर साम्यवाद आउने हो भने माओवादीले साम्यवाद ल्याइसक्यो भन्दा हुन्छ। विरोधी दलका कार्यकर्ताहरूलाई मारेर वा जिउँदै सञ्चारकर्मीलाई मार्नेहरूलाई आममाफी दिएर आतङकको शासन कायम गरेर आफूद्वारा नियन्त्रित सञ्चारमाध्यमबाट समानता र साम्यवाद भनेपछि साम्यवाद आउँछ कि ?
    काङ्ग्रेसले साम्यवादको लागि कम्युनिस्टहरूले भन्दा बढी काम गरेको छ। प्रचार गर्न नसकेको मात्र हो। काङ्ग्रेससँग जनतालाई भ्रम पार्ने संयन्त्र छैन । माओवादी हिंसाभन्दा पहिला काङ्ग्रेसको सरकारले देशको आर्थिक विकास दर पाँच प्रतिशतभन्दा बढी पुर्‍याएको थियो। उद्योगहरू खुल्नु, जनताले मजदुरी गर्न पाउनु, यातायातको विकास हुनु साम्यवादका माध्यम हुन् र विकासले साम्यवाद ल्याउन सहयोग गर्दछ भन्ने काङ्ग्रेसको मान्यता पनि हो। कम्युनिस्टहरूको साम्यवाद भने अचम्मको छ। सत्ता कब्जा गर्ने, सेनासमेतमा पकड राखेर जनताले उनीहरूको विरोध गर्न नसक्ने बनाउने र साम्यवाद आउन थालेको घोषणा गर्ने अनि साम्यवाद आइसक्यो भन्ने, यही नै अहिलेसम्मको विश्वमा देखिएको अवस्था हो।  विरोधीहरू हुँदा पनि उनीहरूले विरोध गर्न नसक्ने गरेर विकासको माध्यमबाट मात्र वास्तविक साम्यवाद आउन सक्दछ, बन्दुकबाट होइन भन्ने काङ्ग्रेसले राम्रोसँग बुझेको छ।
    त्यस्तै २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै आएकोमा शहीद गेटमा भएको त्रिभुवनसमेत प्रजातन्त्रका योद्धाहरू र शहीदहरूको सम्मान गर्ने थलो र प्रतीकको रूपमा रहेको स्थानलाई यो सरकारले हटाउन चाहेको थियो। विभिन्न प्रयासपछि रोकियो। प्रधानमन्त्रीले पहिलाको चलनअनुसार शहीद गेटमा गएर शहीदको सम्मान गर्ने परम्परालाई तोडे, जसले गर्दा उनी प्रजातन्त्रको पक्षमा भन्दा राणाशाहीको वा अर्को तानाशाहीको पक्षमा नै थिए र छन् भन्ने देखिंदैन र ? लोकतन्त्र र राष्ट्रिय एकतासँग नै बेखबर सरकार राष्ट्रियताप्रति कसरी सजग रहन्छ ?
    बाबुरामले देशको आर्थिक अवस्था बिग्रेमा यो देश क्गद(:भचनभ (अरू देशको उपनिवेश जस्तो हुने) हुने बताएकामा यो देशको आर्थिक अवस्था बिगार्ने कार्य उनीहरूबाटै भएका हुन्।  माओवादीले नै विकास अवरुद्ध गर्ने र आपैंm देश क्गद(mभचनभ हुन्छ भन्नु राष्ट्रघातको तयारी गर्नु हो। माओवादीले भारतसँग बिप्पा सम्झौता आफ्नै सक्रियतामा गरेको हो तर चीनसमेतका देशहरूसँग त्यही प्रकारको सम्झौता गर्न यो सरकार चाहेको छैन। बाबुराम सरकारले देशको विमानस्थल र अध्यागमनको कार्य विदेशीलाई जिम्मा लगाउने पक्षमा लागेकोबारे सञ्चारमाध्यममा आएका हुन्। विख्यात समाचारमाध्यम विकिलिक्सले माओवादी लडाकूहरूलाई भारतमा राज्य पक्षबाट तालिम दिने कार्य गरेकोलाई प्रस्ट गर्दै अमेरिकी राजदूतले भारतसँग भारतको
दोहोरो कार्यबारे सोधेकोसमेत उल्लेख गरेको थियो। विवेक शाहले लेखेको पुस्तकमा पनि यो तथ्य उल्लेख छ।
    माओवादीलाई वैद्य माओवादीका नेताहरूले भन्ने गरेका छन् कि बाबुराम सरकार र प्रचण्डहरू विदेशी दलाल र सिद्धान्तहीन भएको र उनीहरू सत्ताको लागि जे पनि गर्न तयार भएको र अवसरवादी भएकोले यो दलबाट अलगिनुपरेको हो।
    यी तथ्यहरूले माओवादीका बारे बुझ्न सहयोग होला नै।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राष्ट्रियता र लोकतन्त्रमा माओवादीको भूमिकामा तथ्य आपैंm बोल्दछ
राष्ट्रियता र लोकतन्त्रमा माओवादीको भूमिकामा तथ्य आपैंm बोल्दछ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/02/m_26.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/02/m_26.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy