- उमाशङ्कर द्विवेदी
समुद्र मन्थनबाट अन्य अमूल्य रत्नहरूका साथ ‘उच्चै:श्रवा’ नामक अश्वरत्न (घोडा) पनि निस्केको थियो । त्यस घोडालाई देखेर कद्रूले बहिनी विनतासित सोधिन्,“बहिनी, भन त यो घोडा कुन र·को छ ?” विनताले भनिन्,“दिदी, यो अश्वराज त श्वेतवर्ण (सेतो र·)को हो कि जस्तो छ, तपाईंलाई कुन र·को हो जस्तो लाग्दछ ? कद्रूले भनिन,“हुनत घोडाको र· सेतै हो तर पुच्छर चाहिँ कालो जस्तो देखिन्छ । ल हामी दुईले यसबारे सर्त राखौं । यदि तिम्रो कुरा साँचो भए म तिम्रो दासी बन्ने छु, होइन, मेरो कुरा साँचो भए तिमी मेरो दासी बन्नुपर्ने छ ।” यस प्रकारले दुइटै दिदीबहिनीले बाजी थापी अर्को दिन घोडा हेर्ने निश्चय गरेर घर फर्किए ।
घरमा आफ्नो कोठामा फर्केर कद्रूले विनतालाई छकाउ भनेर आफ्ना नाग छोराहरूको भेला गराएर आदेश दिइन्,“बाबुहरू, तिमीहरू कालो रौं बनेर उच्चै:श्रवा घोडाको पुच्छरमा गई बेरिएर कालो पारी देऊ, जसको कारणले मलाई सौताकी दासी बन्न नपरोस् । मेरो आज्ञा नमान्ने पुत्रहरूलाई मैले निकट भविष्यमा हुने जन्मेजय राजाको सर्पयज्ञमा आहुति दिने वचन दिएकी छु ।” कद्रू र विनताले यस प्रकारको बाजी थापेर रोष र आवेशमा रात्रि विश्राममा आफ्नो ओछ्यानमा सुत्न गए । नागहरूले परस्परमा विचार गरेर यस निक्र्यौलमा पुगे,“भाइहरू हो, हामीहरूले आमाको आज्ञा अवश्य नै मान्नुपर्दछ । यदि उनको मनोरथ पूर्ण भएन भने उनको श्राप हामीलाई अवश्य लाग्छ । त्यसैले जाऔं हामीहरूले घोडाको पुच्छरलाई कालो पारी दिऔं ।” यस प्रकारको निश्चय गरेर काला नागहरू घोडाको सेतो पुच्छरमा बेरिएर पुच्छरलाई कालो पारिदिए ।
अर्को दिन कद्रू र विनता आकाश मार्गमा उड्दा उड्दै समुद्रपारी गएर घोडा भएको ठाउँमा ओर्ले । उनीहरूले के देखे भने घोडा त साँच्चिकै सेतो र·को रहेछ । तर पुच्छर भने कालो र·को रहेछ । यो देखेर विनता उदास हुन पुगिन् तथा कद्रूले उनलाई दासी बनाइ हालिन् । विनता कद्रूकी दासी बनेको केही समयपछि माताको सहायताबिनानै अर्को फुलबाट महातेजस्वी शिशु आपैंmले फुल फुटालेर बाहिर निस्कियो । त्यस शिशुको शक्ति, गति, दीप्ति र वृद्धि विलक्षण थियो । आँखा बिजुली भैंm पहेलो तथा शरीर अग्निको समान तेजस्वी थियो । शिशु जन्मने बित्तिकै आकाशमा उडेर गयो । त्यस शिशुको नाम ‘गरुड’ थियो ।
एक दिन विनता आफ्नो पुत्रका साथ बसेकी थिइन्, कद्रूले उसलाई डाँकेर भनिन्,“मलाई समुद्रमुनि नागहरूको एउटा दर्शनीय स्थान हेर्नुछ, तिमीले हामीलाई त्यहाँ लग ।” कद्रूको यस प्रकारको आग्रह सुनेर छोरा गरुडलाई त्यसो गर्न अर्हाइन् । आमाको आज्ञापालन गर्नको लागि गरुडले नागहरूलाई आफ्नो काँधमा बोकेर उनीहरूको अभीष्ट स्थानतिर हिडे । नागहरूका साथ गरुड आकाशमा धेरैमाथि सूर्यको नजिकबाट उडिरहेका थिए । सूर्यको तीक्ष्ण रापले नागहरू बेहोस हुन पुगे । यो देखेर कद्रूले इन्द्र भगवानसित प्रार्थना गरेर आकाशलाई मेघमण्डलले आच्छादित गराइदिइन् । पानी पर्न थाल्यो र केही बेरमैं नागहरू स्वस्थ्य भइहाले । उनीहरूले अभीष्ट स्थानमा पुगेर लवण सागर, मनोहर वन आदि स्थानको अवलोकन गरे, यथेष्ट रमाए तथा गरुडसित भने,“तिमी आकाशमा धेरै माथिसम्म उड्दा राम्रा राम्रा द्वीपहरू हेर्यौ होला । हामीलाई अब कुनै अर्को रमणीय द्वीपमा लैजाऊ ।” गरुड अकमक्क परे । उनले आफ्नी आमासित सोधे,“आमा, मैले नागहरूको आज्ञा किन पालन गर्नुपर्यो ?” विनताले भनिन्,“बाबु, नागहरूको धोखाको कारण मैले सर्त हारिसकेकी छु तथा दुर्भाग्यवश सौता कद्रूकी दासी हुन पुगेकी छु ।” आफ्नी आमाको दु:खले गरुड पनि दु:खी हुन पुगे । उनले नागहरूसित सोधे,“नागहरू, म तिमीहरूका लागि कुन वस्तु ल्याइ दिउँm, तिमीहरूलाई कुन उपकार गरिदिउँm, जसको साटो म र मेरी आमा तिमीहरूको दासत्वबाट मुक्ति पाउन सकौं ।” नागहरूले भने,“गरुड, तिमी आफ्नो बल र पराक्रमबाट हाम्रो निम्ति अमृत ल्याइदिएमा हामीले तिमी र तिम्री आमालाई दासत्वबाट मुक्त गरिदिनेछौं ।” नागहरूको सर्त सुनेर गरुड अमृत प्राप्त गर्नको लागि त्यहाँबाट हिंडे ।