प्रस, वीरगंज, १३ फागुन/
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको आयोजनामा आजदेखि वीरगंजमा ट्राफिक सप्ताह शुरू भएको छ।
अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले ट्राफिक सप्ताहको उद्घाटन गरेका थिए । ट्राफिक सचेतना जागृत गराउनका लागि र्याली र कोणसभाको आयोजना गरिएको थियो। घण्टाघरबाट निस्केको ट्राफिक सचेतना र्यालीले नगर परिक्रमा गरेको थियो। र्यालीमा सुरक्षाकर्मी, सामुदायिक सेवा केन्द्र, विद्यार्थी, नागरिक समाज, उद्योगी, व्यवसायी, विभिन्न पेशागत सङगठनका प्रतिनिधिहरू सहभागी थिए।
र्यालीपश्चात् घण्टाघरमा आयोजित कोणसभामा प्रमुख अतिथि प्रवउ खनालले वीरगंजलाई सपनाको नगरमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आमनागरिकको सहयोग रहेको खण्डमा वीरगंजलाई तीन महिनाभित्र नौलो शहरमा परिणत गर्ने बताए।
निमित्त प्रजिअ लुकबहादुर क्षत्रीले ट्राफिक नियमको पालना सवारीचालकले मात्र गरेर नपुग्ने बताउँदै आममानिसले पनि पालना गर्नुपर्ने बताए। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विज्ञान बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रहरी उपरीक्षक पीताम्बर अधिकारी, स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुर, वीउमनपाका कार्यकारी अधिकृत दिनेश घिमिरे, नागरिक समाजका सञ्जय खेतानलगायतको उपस्थिति थियो। ट्राफिक सप्ताहको अवसरमा आज शङकराचार्य द्वारदेखि रजत जयन्ती चोकसम्म सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो।

यसैगरी दुर्घटनामा परी दिवङगत भएकाहरूको सम्झनामा घण्टाघरमा मैनबत्ती बालेर दीप प्रज्ज्वलित गरिएको थियो।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन १४ देखि १९ गतेसम्म बिहान, दिउँसो र साँझ मुख्यचोकमा जनचेतना फैलाउन स्वयंसेवक परिचालन गरिने, फागुन १४ गते घण्टाघरमा फोटो प्रदर्शनी, १५ गते वक्तृत्वकला प्रतियोगिता, १६ गते चित्रकला, १७ गते निबन्धलेखन, १८ गते रक्तदान तथा १९ गते समापन गरिने ट्राफिक प्रहरी निरीक्षक बस्नेतले प्रतीकलाई बताए।