- सुशील मुडभरी
येषां न विद्या न तपो न दानं
ज्ञानं न शीलं न गुणो न धर्म: ।
ते मर्तलोके भूवि भारभूता
मनुष्य रुपेण मृगाश्चरन्ति ।।२।।
अर्थात् जुन मानिसमा विद्या, तप, दान, ज्ञान र धार्मिकताको अभाव छ । त्यस्ता मानिस पृथ्वीका लागि भार मात्र हुन् । मृग पशु जस्तै चरणको लागि भौतारी रहन्छन् । भावार्थ: मानिसको जीवनमा धर्म, अर्थ, काम र मोक्ष चार चीजले महत्त्व राख्दछ । मानिसले अर्थोपार्जन गरेर दान गर्नु, विद्योपार्जन गरेर ज्ञान प्राप्त गर्नु, सदाचारी गुणी बनेर समाजको सेवा गर्नु महत्त्वपूर्ण कुरा हुन् । यसको नगरेर कमाउने, थुपार्ने तर्फ लाग्छ भने पशुले चरण खोजे जस्तो मात्र हो भनी आफ्नो नीति शतकको १२ औं हारमा भतृहरिले भन्नुभएको छ । नीति शतककै दोस्रो हारमा भतृहरि लेख्नुहुन्छ :
साहित्य स·ीत कला विहीन
साक्षात्पशु पुच्छ विषाण हीन : ।
तृणं न खाद्यान्नपि जीवमान
स्त्रद भागधेयं परमं पशुनाम ।।२।।
अर्थात् जुन व्यक्ति साहित्य, स·ीत र कलाबाट विमुख छ, त्यस्तो व्यक्ति पुच्छर नभएको पशु हो । त्यस्ताले घाँस नखाएर जीवित रहन पाउनु पनि सौभाग्य नै हो । भावार्थ: जुन प्राणी साहित्यले हीन छन्, अनपढ छन्, जीवनमा शिक्षालाई महत्त्व दिंदैनन् । स·ीत र कलाबाट अनभिज्ञ छन् । कमाउनु र खानु मात्र जसले उद्देश्य बनाएको छ, त्यस्तालाई पशुसँग दाँज्न सकिन्छ । सौभाग्यको कुरा हो, यस्ता व्यक्ति घाँस खाँदैनन्, त्यस्ता व्यक्तिको जीवन व्यर्थ छ ।
भतृहरिले संस्कृत भाषाबाट पद्य छन्दमा लेख्नुभएको १५ औं श्लोकमा छ:– जसको साथमा विद्यारूपी गुण छ, जसलाई चोरले पनि चोर्न सक्दैन । शिष्यहरूलाई जति दिन सक्यो, त्यति बढ्दै जान्छ, महाप्रलयले पनि नाश गर्न सक्दैन । ‘हे राजाहरू, अभिमानी बनेर तिनीहरूमाथि प्रतिबन्ध नगर । बरु सक्छौं भने सम्मान गर ।’
भतृहरि १८ औं श्लोकमा लेख्नुहुन्छ– विद्या नै मानिसको श्रेष्ठ रूप र गुप्त धन हो । विद्या नै भोग, यश र सुखको दात्री हो । विद्या नै गुरुहरूको गुरु हो, विद्या नै परम देवता हो, विद्या भएरै राजाद्वारा पूजित हुन जान्छ । अत: विद्याहीन मानिस पशुवत् हो, यहि नै सत्य हो । नीति शतक २० औं श्लोकमा लेख्नुहुन्छ– सुप्रसिद्ध कवि, नीतिज्ञ, अलङ्कृत शब्दबाट उपदेश गर्ने विद्वानलाई अवमूल्यन गर्ने राजा निन्दा योग्य हुन्छन् ।
२१ औं श्लोकमा उहाँ लेख्नुहुन्छ– त्यस्तो छोरा जो कुलका कुटुम्बहरूसँग उदारता, आफ्ना आश्रितप्रति दया, साधुजनसँग प्रेम, विद्वानहरूसँग सरलता, गुरुजनहरूमाथि सहिष्णुता, स्त्रीहरूलाई माया, दुर्जनहरूप्रति दुष्टता, शत्रुहरूप्रति शूरता, राजाको साथ नीतिपूर्ण व्यवहार आदि गर्न सक्ने कला छ भने, त्यस्तो छोरा संसाररूपी पुलको आधार स्तम्भ हो ।
२ नं. श्लोकमा उहाँ लेख्नुहुन्छ– संसारमा तीन किसिमका मानिसहरू पाइन्छन्, नासमझ, अज्ञानी र मूर्ख । नासमझलाई सम्झाउन सकिन्छ, अज्ञानीलाई ज्ञान दिन सकिन्छ तर मूर्खलाई परिवर्तन गर्न सकिंदैन । अर्थात् निदाएकोलाई उठाउन सकिन्छ, तर निदाए जस्तो गर्नेलाई ब्रह्माले पनि बिउँझाउन सक्दैनन् । ८५ औं श्लोकमा उहाँ लेख्नुहुन्छ– मानिसको सबभन्दा ठूलो शत्रु उसको शरीरमा रहेको आलस्य हो भने उसको सबभन्दा ठूलो मित्र उसको जाँगर र पुरुषार्थ हो । ९९ औं श्लोकमा उहाँ लेख्नुहुन्छ– सत्यव्रतको रक्षा गर्ने पुरुष स्वाधीनताप्राप्तिको लागि आफ्नो प्राणलाई हाँसी–हाँसी त्याग्न सक्छन् ।
भतृहरिको सम्बन्धमा ‘संस्कृत और उसका साहित्य’ भन्ने पुस्तकमा शान्ति कुमार नानुराम व्यास लेख्नुहुन्छ– छैटौं शताब्दीका भतृहरिले नीति शतक, शृङ्गार शतक र वैराग्य शतकसमेत सुन्दर रचनाहरू लेख्नुभएको छ । नीति शतकमा परोपकारिता, वीरता, साहस, उद्योग, उदारता जस्ता उदत्त मनोवृत्तिका सरल रचनाहरू छन् । जो व्यक्तिको दुर्लभ मानव देह पाएर पनि सद्गुणको सञ्चय गर्दैन, त्यो मूर्ख समान उपहास्यास्पद हो, जो वैदुर्य मणिबाट बनेको भाँडोमा चन्दनको काठले लसुन पकाउँछ अथवा जो सुनको हलोले अर्काको जरो पत्ता लगाउन जमीन खन्दछ आदि । उहाँको नीति श्लोकमा विशिष्ट चित्रण यस्तो छ :
पद्माकरं दिनकरो विकच करोति
चन्द्रो विकासयति कैरवचक्रवालम्
नाभ्यर्वितो जलधरोपि जलं ददाति
सन्तस्वयं परहितेषु कृताभियोगा: ।।७५।।
अर्थात् सूर्य स्वेच्छाले नै कमललाई फुलाइ दिन्छन्, चन्द्रमाले कुमदहरूलाई विकसित गराइ दिन्छन्, प्रार्थना नगरेपनि मेघ वर्षा गराइ दिन्छ, साँचो हो, सन्त परोपकारमा आफ्नो इच्छाले नै दत्तचित्त रहन्छ ।
भोगा न भुक्ता वयमेव भुक्ता
स्तपो न तप्तं वयमेव तप्ता: ।
कालो नयातो वयमेव याता
तृष्णा न जीर्णा वयमेव जीर्णा : ।।
वैराग्यको शतकको १२ औं श्लोकमा भतृहरि लेख्नुहुन्छ– भोग गरौं भन्ने इच्छा राख्दा राख्दै आफू नै भोगियो अथवा आफ्नै शोषण भयो । तपस्या गर्ने स्थानमा पनि आफ्नै शोकले तप भयो । समय बित्दै गयो, हामी आपैंm समाप्त भयौं । तिष्णा जीर्ण हुनुपर्ने आपैंm जीर्ण भयौं । शृङ्गार शतकमा भतृहरि लेख्नुहुन्छ–
कुर्वन्ति कस्य नमनो विवशं तरुण्यो
विचित्र मुग्ध हरिणी सदृशाक्षि पातै ?
अर्थात् भयभीत हरिणी जस्तै भोले कटाक्षले यी तरुणीहरूले कसको मन लोभ्याउँदैन ? दुर्गम कुच पर्वतमा लुकिरहेका कामदेवहरू यी कामिनीहरूसँग किन लुब्ध हुँदैनन् त आदि ।
यस्ता मीठा–मीठा नीति शतक, शृङ्गार शतक र वैराग्य शतक लेख्ने कवि भतृहरिको हुन् ? भनी जिज्ञासा स्वाभाविकै छ । तर उनको बारेमा सत्यतथ्य पत्ता लगाउन साह्रै गाह्रो छ । भतृहरि ‘उपनाम’ भएर पनि होला, किंवदन्तीको सहारा लिनुपर्ने स्थिति देखापर्यो । उहाँको बारेमा यौटा किंवदन्ती यस्तो देखिन्छ ।
उनी ऋषि, राज ऋषि जस्तो देखिए पनि उनी ऋषि मात्र होइनन् । उनी त मालवा उज्जयनी राज्यका महाराजा अर्थात् विक्रमादित्यका दाजु हुन् । राजा भतृहरि न्यायप्रेमी, प्रजावत्सल र पराक्रमी थिए, जनाको घर–घरमा पुगेर सुख–दु:ख बाँडदथे । यिनको कमजोरी भनेको यिनकी कान्छी रानी पि·ला थिइन् । जसलाई उनले सुन्दरताको खानी देखेर भित्र्याएका थिए । यी पि·लाले राजाको हठ त्याग्न नसकेर बिहे गरेपनि आफ्नो पूर्वप्रेमी राजादरबारकै तबेलामा काम गर्ने ‘दरोगा’ लाई माया प्रेम गर्न छाडिनन् । राजा यी कुरा प्रति अनभिज्ञ थिए । राजाका भाई विक्रम पि·लाप्रति सशड्ढित रहने गरेकाले पि·लाले यस्तो षड्यन्त्र रचिन् कि विक्रम दरबार छोडेर वन जान बाध्य भए ।
त्यसै नगरमा यौटा रोगले ग्रस्त ब्राह्मण थिए । ती विरक्त भएर तपस्या गर्न ज·ल गए । एकजना ऋषिले उनलाई यौटा अमर फल दिए, जुन खाएर उनी पुन: जवान हुन सक्थे । त्यो फल पति–पत्नी बाँडेर खानुपर्यो भनी उनी घर आए । ब्राह्मण पत्नीले भनिन्,“हामी जवान भएर के गर्नु, बरु दुनियाँको भलो गर्ने राजा भतृहरिलाई यो फल दिउँ ।” यति सल्लाह गरेर त्यो फल उनीहरूले राजालाई दिए । राजाले पनि त्यो फल आफू खानुभन्दा आफ्नी प्रयसी तरुनी रहून् भनेर पि·लालाई दिए । पि·लाले पनि त्यो फल आफू नखाएर आफ्नो पूर्वप्रेमी दरोगालाई दिइन् । आजकल दरोगा कुनै नगर वेश्यालाई प्रेम गर्न थालेको थियो । उसले यो फल त्यस वेश्यालाई दियो । ती वेश्या आफ्नो पेशाबाट विरक्त भएकी थिइन् । आफू जवान भएर दुनियाँलाई लुटाउने पक्षमा उनी थिइनन् । बरु यो अमर फल राजालाई दिन्छु भनी सोचेर दरबार पुर्याइन् । राजा त्यो अमर फल पाएर जिल्ल परे । यो फल त मैले पि·लालाई दिएको थिएँ, कसरी वैश्याबाट आइपुग्यो ? भनेर कुनै गुप्तचरलाई पत्ता लगाउन भने । गुप्तचरबाट सबै कुरा पत्ता लागेपछि राजा जीवनदेखि नै विरक्त भए । माया भनेको कसैको वशमा हुँदो रहनेछ, कसैमाथि माया थोपर्नु व्यर्थ रहेछ । आफूलाई राजपाठ गर्न अयोग्य सम्झेर भाइको लागि राजपाठ त्यागेर उनी ज·ल पसेछन् । ज·ल पसेपछि उनले बाँकी जीवन साहित्य रचनमा लगाए ।
भनिन्छ, उनले जीवनमा आफ्नी रानीबाट धोका पाएकाले रचनामा कतैकतै नारी जातिप्रति कटाक्ष गर्न खोजेको पनि पाइन्छ ।