प्रस, निजगढ, ११ फागुन/
वन मासेको अभियोगमा शुक्रवार बाराको टाँगियाबस्ती–७ बाट दशजनालाई संयुक्त सुरक्षाफौजले नियन्त्रणमा
लिएको छ । सो बस्तीमा शुक्रवार राति छापा मारी सुरक्षा फौजले अभियुक्तहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
पक्राउ पर्नेहरूमा डुमरवाना बस्ने बाबुलाल वाईवा, ज·बहादुर स्याङतान, मोहनबहादुर कार्की, ज्ञानबहादुर घलान, पद्म स्याङतान, जीतबहादुर मोक्तान, शुक्रबहादुर रुम्बा, आइतराम काल्ताङ, बुद्धिमान घिसिङ र निजगढ–७ बस्ने सानुकान्छा गोले रहेका छन् । पक्राउ परेकाहरूमध्ये केही व्यक्ति जिल्लाको मस्टवान्टेड सूचीमा रहेका जिल्ला सुरक्षा स्रोतले जनाएको छ ।
उक्त बस्ती क्षेत्रमा १० हजार क्युफिटभन्दा बढी अवैध काठ हुनसक्ने जिल्ला वन कार्यालय बाराका प्रमुख मनबहादुर खड्काले बताए ।
टाँगियाबस्ती क्षेत्रमा छापामारी शुरू गरिएको र छापामारी सम्पन्न भएपछि मात्र टोली फर्कने टाँगियाबस्ती पुगेका प्रमुख जिल्ला अधिकारी कृष्णहरि पुष्करले जानकारी दिए । उनले आवश्यकताअनुसार सुरक्षाकर्मी थप हुनसक्ने बताए ।
प्रजिअ पुष्कर र जिल्ला वन प्रमुख मनबहादुर खड्का राति नै टाँगियाबस्ती पुगी मातहतका सुरक्षाकर्मी तथा कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका थिए ।
छापामारी टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल, सशस्त्र प्रहरी बल भद्रकाली गण पिलुवा, सशस्त्र सुरक्षा बेस निजगढ, इलाका प्रहरी कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय निजगढ, ट्राफिक प्रहरी कार्यालय र जिल्ला वन कार्यालयबाट ३ सयको सङ्ख्यामा सुरक्षा फौज परिचालन गरिएको छ ।
छापामारी टोलीमा सहभागी ट्राफिक प्रहरीको टोलीले उक्त बस्तीबाट ३ वटा शड्ढास्पद मोटरसाइकल नियन्त्रणमा लिएको छ ।