प्रस, वीरगंज, १५ फागुन/
मधेसी पत्रकार समाज पर्सा शाखाको प्रथम जिल्ला अधिवेशन आज वीरगंजमा सम्पन्न भयो। समाजका पर्सा अध्यक्ष सन्तोष पटेलको सभापतित्वमा भएको उद्घाटन समारोहका प्रमुख अतिथि तराई मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री तथा पूर्वसभासद् जीतेन्द्र सोनल थिए।
शुभकामना मन्तव्य व्यक्त गर्दै नेता सोनलले वर्तमान अवस्थामा मुलुक लिकबाट बाहिर गएको रेल सरह भएको बताए। लिकमा ल्याउनका लागि वर्तमान सरकारको बहिर्गमन र चुनाव अनिवार्य भएको विचार व्यक्त गर्दै उनले दलीय नेतृत्वमा दलहरू सहमत हुन नसकेको कारण प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठन गरेर भएपनि मङ्सिरभित्रै चुनावका लागि तमलोपाले सहमति जनाएको स्पष्ट पारे।
“सरकार लगामविहीन अवस्थामा छ । मुलुकमा अराजकता व्याप्त छ, मधेसको मुद्दा र विघटित संविधानसभाका उपलब्धिहरू गुम्ने खतरा छ,” नेता सोनलको कथन थियो।
समाज परिवर्तनका विभिन्न चरणमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै सोनलले वर्तमान अवस्थामा सञ्चारकर्मीहरू न्यूनतम पारिश्रमिकबाट वञ्चित रहेको, स्वतन्त्र र निष्पक्ष पत्रकारितामा धम्की एवं चुनौतीहरू आउने गरेको, व्यावसायिक असुरक्षा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे। नेताको भाषणभन्दा जनताको समस्या उजागर गर्नेतर्फ कलम चलाउन पनि नेता सोनलले सञ्चारकर्मीलाई आग्रह गरे।
समारोहका विशिष्ट अतिथि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का महासचिव शशी कपूर मियाँले मधेसवादी दलहरूले मुलुकमा नाटकमञ्चन गरिरहेको आरोप लगाए। प्रधानन्यायाधीशको अध्यक्षतामा बन्ने चुनावी सरकार निर्दलीयताको सङकेत भएको बताउँदै उनले उक्त सरकार लोकतन्त्र र मधेसको भावनाअनुरूपको संविधाननिर्माणमा सहायकसिद्ध हुन नसक्ने ठोकुवा गरे।
महासचिव मियाँले मधेसवादी दलहरू कुनै न कुनै बहाना खोजेर सत्तामा जाने गरेको उल्लेख गर्दै मधेसको नाममा भएका सहमतिका बुँदाहरू सत्तामा जाने सिँढी मात्र साबित भएको बताए। नाटक छिट्टै बन्द गरेर सच्चिनेतर्फ नलागे मधेसवादी दलहरूले जनताको बीचमा जाने हैसियत गुमाउने उनले चेतावनी दिए। “राजनीति के को लागि गरिंदै छ, व्यक्तिगत स्वार्थको लागि या जनता, समाज र मुलुकका लागि ? दलहरूमाथि उठेको अहिलेको मुख्य प्रश्न यही हो,” नेता मियाँको कथन थियो।
एमाओवादी, एमाले र नेपाली काङ्ग्रेस नयाँ संविधान र सङ्घीयताविरोधी भएको आरोप लगाउँदै उनले २०४७ को संविधान बिउँताउने षड्यन्त्र भइरहेको बताए।