$type=ticker$count=12$cols=4$cate=0

मकवानपुरको साहित्यलाई सलाम

SHARE:

- सञ्जय साह ‘मित्र’ 
  चितवनका प्रसिद्ध साहित्यकार एलबी क्षेत्रीले फागुन महिनाकै एउटा मकवानपुरे कार्यक्रममा भने– मकवानपुरको साहित्यलाई सलाम । सलाम भन्नुका पछाडि उनका आफ्नै तर्क हुन सक्छन् । तर, मकवानपुरको साहित्यले वास्तवमा फड्को मारेको छ । यस कुरालाई कसैले अस्वीकार गरेर पनि सक्दैन । एक किसिमले भन्ने हो भने साहित्य त्यहाँको संस्कृति बनिसकेको छ ।
    फागुनको शनिवार हेटौंडाको थाहा सञ्चार एफएमले पाँचौ वार्षिकोत्सवको अवसरमा नारायणी अञ्चलस्तरीय साहित्यगोष्ठी गरेको थियो, जसमा नारायणीका सबै जिल्लाका साहित्यकारको भव्य उपस्थिति थियो । मकवानपुर त साहित्यको खेत नै भइहाल्यो नारायणीका लागि अब । त्यहाँ आली र कान्ला तथा बारी र खेतमा सबैतिर साहित्यको बाली मौलाएको देखिन्छ । यस अर्थमा कि त्यहाँका करिब चार दर्जन सर्जकले काव्यपाठ गरेका थिए, मञ्चमा । सञ्चालक राम अविकास हिजोसम्म नाम र बिधा टिपाएकाले मात्र कविता भन्न पाउनुपर्ने र आज कसैले चाहेर पनि भन्न नपाइने भन्दै बारम्बार आज कविता लिएर कार्यक्रममा आएका स्रष्टाहरूसित माफी मागिरहेका थिए ।
    रौतहटबाट रमेश समर्थन, हरिकृष्ण काफ्ले र म गरी तीनजनालाई आयोजकले निम्त्याएको थियो । मसँगै क्याम्पस पढाउने साथीको बिहेको पार्टी जनकपुरमा रहेको भएपनि साहित्यिक आग्रहले निरन्तर तानिरहँदा जीवनमा एकपल्ट हुने पार्टीभन्दा वर्षमा एकदिन हुने साहित्यिक समारोह मलाई राम्रो लाग्यो र रौतहटेली टोलीलाई अधुरो हुन दिइनँ । बाराबाट रामद्वय पराजुली र खनाल सहभागी थिए । पर्साबाट एक्लो सहभागी डा. विश्वम्भर शर्माले प्रतिनिधित्व गरेका थिए । चितवनबाट एलबी क्षेत्री, धनराज गिरी र भुपिनले कार्यक्रमको गरिमा बढाएका थिए । प्रसिद्ध नाटककार भीमनिधि तिवारीकी छोरी प्राज्ञ डा. बेञ्जु शर्माको नेतृत्वमा काठमाडौंबाट दर्जनजति सर्जकहरूले कार्यक्रमको आकर्षणलाई बढाएका थिए । मकवानपुरे साहित्यको श्रीवृद्धिमा सबैले एक स्वरले हर्षको अभिव्यक्ति गरेको कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ डा. शर्माले साहित्यको सार्थकताको पक्षमा मन्तव्य र आफ्नो काव्यपाठ गरेर गोष्ठीको गरिमालाई साँच्चिकै बढाएका थिए । सिन्धुलीका पनि एकजना छन्दवादी साहित्यकारको गरिमामय उपस्थिति रहेको थियो । यसरी कार्यक्रमको उपस्थिति साँच्चिकै सबैले गर्व गर्न लायकको थियो । भीड र गुणस्तरीयता दुवै दृष्टिले कार्यक्रम उम्दा थियो ।
    आयोजक एफएम थाहा सञ्चारले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रम करिब साढे पाँच घण्टा चलेको थियो । कार्यक्रम लामो भएपनि यसमा कहीँकतै नरमाइलो हुनुपर्ने अवस्था सिर्जना भएन । एउटाभन्दा अर्को राम्रो गरी कविता, मुक्तक, हाइकू, गजलजस्ता काव्यविधाका रचनाहरू यसरी पस्किए मानौं त्यो काव्य महालयको सानो संसार काव्यमय बनेको छ । काव्यको रसास्वादनमा सारा डुबेका छन् । हुन पनि त्यो एफएमले इन्टरनेटमार्फत् आफ्नो कार्यक्रमलाई विश्वव्यापी बनाएको छ । मकवानपुरका महान् चिन्तक रूपचन्द विष्टको सम्झना र उनका दर्शनको कृतिलाई विश्वव्यापी बनाउने उद्देश्यले स्थापना गरिएको एफएमका सञ्चालक अरुण सुमार्गीले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै साँच्चिकै सम्पूर्ण सर्जकको सम्मान गरेका थिए । सुमार्गी आपैंm पनि सर्जक हुन् ।
    थाहा सञ्चारको वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रमका निम्ति त हामी गएका थियौं नै तर बिहान गजलमञ्च मकवानपुरको बयान्नब्यौं गजलयात्रामा पनि सहभागी भयौं अर्थात् एकै दिनमा साहित्यका दुई कार्यक्रम एउटै शहरमा दुई संस्थाद्वारा । मञ्चको कार्यक्रम सकिए लगत्तै एउटा बस तम्तयार भएर बसेको थियो, साहित्यकारहरूलाई अर्को कार्यक्रमको लागि । क्या गज्जब ।
    भोलिपल्टदेखि साहित्यको दुईदिने प्रशिक्षण राखेको रहेछ नामटारले । नामटारमा विभिन्न समूहका नवयुवाले दुई दिन साहित्यको प्रशिक्षण लिए । मकवानपुरको गाउँ र शहर सबैतिर साहित्यको लहर चलेको देखिन्छ । कुनै पनि संस्था जो वास्तवमा जीवन्त छ भने त्यसले साहित्यलाई माया गरेको छ । साहित्य सर्जकलाई सम्मान गरेको छ । मकवानपुरमा आउने जिल्लाका कुनै पनि कार्यालयका यदि सामान्य अनुरागी छन् भने तिनलाई साहित्यकार बनाएर पठाउने क्षमता मकवानपुरले आफूमा उमारेको छ । जिल्ला विकास र नगरपालिकाले हरेक वर्ष साहित्यमा लगानी गरेको देखिन्छ । यसैले त त्यहाँ साहित्यको फूलबारी निकै मगमगाउँदै गएको देखिन्छ । आज अवस्था यो छ कि मकवानपुरले बोलाउँदा देशको जुनसुकै कुनाका सिर्जनकर्मी आइहाल्छन् । मकवानपुर नजाँदा कताकता सिर्जना नै अधूरो भएको जस्तो ठान्नुपर्ने अवस्थाको सिर्जना गर्न सक्षम मकवानपुरे साहित्यलाई मेरो पनि सलाम । रौतहटको पनि सलाम र सलाम सबै सर्जकहरूको समेत ।
                  – मित्रनगर, गरुडा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मकवानपुरको साहित्यलाई सलाम
मकवानपुरको साहित्यलाई सलाम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdhAIq9UZi9ZbGOsj2nyMhP7GwLikZjbAA9yk0pqs32Z3Xg_MKhcGsxXonForQG8Fl-rc4agZ6l0k7AL48PvxY_OjmjFVYwXQaIrXVhoIDvlUei4w4btyKL4S-01ECmFODes5tNV_neCTe/s200/batika.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhdhAIq9UZi9ZbGOsj2nyMhP7GwLikZjbAA9yk0pqs32Z3Xg_MKhcGsxXonForQG8Fl-rc4agZ6l0k7AL48PvxY_OjmjFVYwXQaIrXVhoIDvlUei4w4btyKL4S-01ECmFODes5tNV_neCTe/s72-c/batika.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/02/blog-post_5565.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/02/blog-post_5565.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy