- सुशील मुडभरी
शहीद शुक्रराज शास्त्री (शुक्रराज जोशी)लाई नेपालको ज्येष्ठ शहीदको रूपमा हेरिन्छ । कतिपय विद्वानले यिनलाई प्रथम शहीदको रूपमा चित्रण गरेका छन् भने कतिपयले पहिलो धार्मिक शहीदको माला पनि गुथाइदिएका छन् । जहाँसम्म धार्मिक शहीदको प्रश्न छ, वास्तवमा नेपालको पहिलो धार्मिक शहीद शुक्रराज नभई आध्यात्मिक जोसमनी मतका महान् प्रचारक लखन थापा हुन् । लखन थापाको प्रस· आउँदा हामी ज·बहादुरभन्दा पनि अगाडिको नेपालमा पुग्नुपर्ने हुन्छ । जोसमनी सम्प्रदायका प्रथम गुरु शशिधर आचार्य हुन् । यी शशिधर आचार्य गण्डकी त्रिशूलीको आसपास जन्मेका हुन् र यिनी सानैमा धार्मिक यात्रामा भारततर्फ गए । यिनले जगन्नाथपुरीमा एघार वर्ष बिताए । यसैबीच त्यहाँ ‘दरिया’ नामक एकजना सन्यासीसँग यिनको चिनजान भयो । यी दरिया भक्तिमार्गका उपासक र कबीरका अनुयायी थिए । यी दरियाबाट शशिधर निकै प्रभावित भए र यिनीबाट धेरै ज्ञानगुनका कुरा सिके । शशिधर नेपाल फर्केपछि यिनले आफ्नै खालको जोसमनी धार्मिक स·ठनको परिकल्पना गरे र त्यसलाई नेपालीपनको सम्प्रदायको रूपमा विकसित गरे । शुरूमा यो सम्प्रदायले खास विकास गर्न सकेको थिएन । पृथ्वीनारायण शाहले यसलाई मदत गरी शिवपुरीमा बस्ने प्रबन्ध मिलाइ दिएपछि यो सम्प्रदायले मौलाउने मौका पायो । यो सन्तहरूको जमघटलाई कतिले भक्तिमार्गको निरन्तरता माने भने कतिले गण्डकीमा जन्मेर काठमाडौं हुर्केको शुद्ध नेपालीपन मानेका छन् । यो सम्प्रदाय ज·बहादुरको पालासम्म त मेची तरेर पूर्व र महाकाली तरेर पश्चिमतर्फ पुगिसकेको थियो । ज·बहादुरको उदय भएपछि यस सम्प्रदायलाई आफ्नै कठपुतलीको रूपमा राख्न चाहन्थे । तर, आफ्नो नियन्त्रणबाहिर गएकाले उनले यस सम्प्रदायमाथि हस्तक्षेप गरे । पक्राउ परेकामध्ये लखन थापामगरलगायत केहीलाई फाँसीको सजाय दिए भने केहीलाई राजधानी छाड्ने आदेश दिए । यसमा राजधानी छाडेर पूर्व जाने चर्चित व्यक्तित्व थिए, ज्ञानदिल दास । उनी मुक्त भएपछि तेर्हथुमको सदरमुकाम दि·ला बजारमा दिउँसै बत्ती बालेर कट्टरजातिवाद र तानाशाहको विरोध जनाउने गरेको कुरा इतिहासबाट पनि देखिन्छ । जोसमनी सम्प्रदाय अब यति दुब्लाइसक्यो कि नमुनाको लागि पनि माटो खोस्रेर खोज्नुपर्ने स्थितिमा छ ।
उस बखत आजको नेपालमा जस्तो भागदौडमा मर्नेलाई पनि शहीद मानिदिनैपर्ने स्थिति थिएन । खास उद्देश्यको लागि बलिदान दिने अर्थात् तानाशाहले घोषितरूपमैं फाँसीमा झुन्डाइएकालाई मात्रै शहीद मानिन्थ्यो अर्थात् शहीदको दर्जा पाउन सार्है कठिन थियो । जहाँसम्म धार्मिक शहीदको कुरा छ, पहिलो नम्बरमा लखन थापामगर पर्छन् । दोस्रोमा शुक्रराज पर्छन् । यीबाहेक पनि शहीदहरू, धार्मिक शहीदहरू थुप्रै होलान्, त्यसको मूल्याड्ढन र गणना कुनै दिन समयले गर्नेछ । राजनीतिक, सामाजिक, धार्मिक सबै दृष्टिकोणबाट हेर्दा पनि शुक्रराज शास्त्री सबैभन्दा उच्च शहीद चाहिँ मान्नैपर्ने हुन्छ ।
लखन थापामगरको मृत्यु र जोसमनी सम्प्रदायको पलायनपछि नेपालको प्रजातान्त्रिक आन्दोलन पनि केही समयको लागि सेलाएको देखिन्छ । तर राम्रा र सही कुराहरूको अन्त्य कहिल्यै हुँदैन, ढिलोचाँडो बिहानी घामभैंm झुल्कन थालिहाल्छ । यसैगरी नेपालमा स·ठितरूपमा धार्मिक स्वाधीनता आन्दोलनको रूपमा वि.सं. १९६० मा माधवराज जोशीले आर्य समाजको प्रचारबाट खुलारूपमा शुरू गरेको देखिन्छ । यी माधवराज जोशीका छोरा हुन्– शुक्रराज शास्त्री । यसपछि राणाहरूको जहानियाँ तानाशाहीविरुद्ध प्रवासबाट अखबारहरू निकाली देशभित्र पठाउने गरेको पनि देखिन्छ । १९६९ मा प्रतिमान रानाले ‘गोरखा साथी’ नामको पत्रिका काशीबाट निकाले । यसपछि खरसा·बाट ‘चन्द्रिका’, देहरादूनबाट ‘गोरखा संसार’, शिला·बाट ‘तरुण गोर्खा’ आदि निकाल्न शुरू गरेको देखिन्छ । देशभित्रै पनि ‘मकैखेती’ भन्ने पुस्तक लेख्ने कृष्णलाल अधिकारीलाई लामो कारावास दिइयो । र, कारावासमैं उनको मृत्यु भयो । कृष्णलाललाई कारावास दिने फैसलामा लुकेर गई प्रवास भागेका कृष्णप्रसाद कोइरालासँग भेट गरेको भन्ने पनि थियो । एउटा भनाइ छ– ‘दुश्मन आफ्नै कोखमा जन्मन्छ, अन्यत्र खोज्न जानुपर्दैन ।’ जहानियाँ शासनको विरोधमा झन्डा बोक्नेहरू धेरैजसो दरबारकै कर्मचारी र उनकै छोराछोरीहरू अग्रपङ्क्तिमा देखिन्छन् । कृष्णलाल अधिकारी, कृष्णप्रसाद कोइरालालगायत थुप्रै स्वयं दरबारका भूतपूर्व कर्मचारी थिए । यसैबीच आर्य समाजको प्रचार गर्नेलाई धम्की आएपछि शुक्रराज शास्त्रीका दाजु अमरराज जोशीले ‘सत्याचरण मलामी गुठी’ नामको संस्था खोले, त्यो पनि प्रतिबन्ध लगाइयो । १९८० तिर तुलसी मेहरले महात्मा गाँधीबाट प्रभावित भई ‘चर्खा’ अभियान शुरू गरे, उनलाई राजद्रोहको मुद्दा लगाइयो । यही बेला लक्ष्मीप्रसाद देवकोटालगायत केही शिक्षित व्यक्तिले लाइब्रेरी खोल्न निवेदन गरेकोमा ‘राजगद्दी ताकेको’ मुद्दा लगाएर जनही सय रुपैयाँ जरिवाना तोकिएको थियो । १९८७ मा मैनाबहादुर खत्री, ख·मान सिंह, र·नाथ शर्मा, उमेश विक्रमसहित मिलेर ‘प्रचण्ड गोरखा’ नामको पार्टी गठन गरेका थिए । पोल परेपछि मैनाबहादुर, ख·मान र र·नाथलाई आजीवन कारावास तोकियो भने उमेश विक्रमलाई चार भञ्ज्याङ कटाउने फैसला भयो । १९६३ जेठ २० गते टड्ढप्रसाद आचार्यको अध्यक्षतामा ‘नेपाल प्रजा परिषद्’ नामको पार्टी भूमिगतरूपमा गठन भयो । त्यसपछि ‘रक्तपात मण्डली’, महावीर इन्स्टिच्यूट’, ‘स्वयंसेवक स·ठन’जस्ता पार्टीहरू भूमिगतरूपमा खोल्ने क्रम शुरू भयो । १९९४ सालमा शुक्रराज शास्त्रीको पहलमा ‘नेपाल नागरिक अधिकार समिति’ नामको संस्था खुलैरूपमा गठन भएको थियो । यस संस्थाले जनचेतना जगाउने उद्देश्यले प्रवचन, पुराणवाचन, सत्स· गोष्ठी आदि चलाउँदै आएको थियो । यसको लक्ष्यबाहिर आउनासाथ प्रतिबन्ध लगाउनका साथै संस्थापकहरू दण्डित गरिए ।
वि.सं. १९९७ कात्तिक १ गतेका दिन प्रजापरिषद्का कार्यकर्ताहरूले प्रजातन्त्रको आह्वान र तानाशााह जहानियाँ शासनको विरोधमा व्यापक पर्चा छरे । सरकार शुरूदेखि नै सशड्ढित थियो र चारैतिर सुराकी खटाएको थियो । पर्चा छरेको भोलिपल्टै दशरथचन्द, धर्मभक्त, जोगवीर सिंह, सिद्धिचरण श्रेष्ठ, धर्मवीर सिंह, तीर्थराज सुवाल, जगतमान, फत्तेबहादुर, चिनियालाल, ग·ालाल, दुर्गाप्रसाद भट्टराई आदि पक्राउ परे । केही दिनपछि टड्ढप्रसाद, रामहरि शर्मा, हरिकृष्ण श्रेष्ठ, गणेशमान सिंह, पूर्णबहादुर एमए आदि थुप्रै पक्राउ परे भने शुक्रराज शास्त्रीले योभन्दा अगाडि नै इन्द्रचोकमा दिएको प्रवचन राणाविरोधी अभिव्यक्ति दिएको भनी थुनामैं थिए ।
१९९७ माघ ७ गते तत्कालीन प्रधानमन्त्री तथा श्री ३ जुद्धशम्शेरको इजलासबाट यस्तो फैसला भयो, जसमा सर्वस्वसहित ज्यान सजाय पाउनेहरूमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द, ग·ालाल श्रेष्ठ । सर्वस्वमैं चारपाटा मुडिनेमा टड्ढप्रसाद आचार्य, रामहरि शर्मा आदि थिए । सर्वस्वसहित जेल पर्नेहरूमा ना.सु. नारायण प्रधान, चन्द्रमान सैंजु, फत्तेबहादुर, जीवराज पाख्या, सिद्धिचरण श्रेष्ठ, रामहरि जोशी, राजालाल कलवार, खगेश्वर पाख्यालगायत थुप्रै थिए । पछि जेलमा मर्नेहरू कृष्णलाल, ख·मान बस्नेत, मैनाबहादुर खत्री आदि थिए । १९९७ कै माघ १० गते शुक्रराज शास्त्रीलाई झुन्डयाएर मारियो भने १२ गते धर्मभक्त र १३ गतेका दिन दशरथचन्द र ग·ालाललाई फाँसी दिइयो ।
सबै दण्ड दिइएका व्यक्तिहरूलाई राजगद्दी ताकेको, देशमा अराजकता सिर्जना गरेको भन्ने आरोप थियो भने शुक्रराजलाई यस्ता अपराधका साथै धर्ममा अस्थिरता पैदा गरेको भन्ने आरोप पनि थियो ।
सहयोगी ग्रन्थ:
(क) बालकृष्ण शर्माको ऐतिहासिक रूपरेखा
(ख) भुवनलाल प्रधानको नेपालको जनक्रान्ति २००७