$type=ticker$count=12$cols=4$cate=0

प्रधानन्यायाधीश नेतृत्वको वैधानिकता र कानुनविद्लाई चेतावनी

SHARE:

- अधिवक्ता वीरेन्द्र प्रसाद यादव   
यसै हप्ता नेपाल बारका नवनिर्वाचित पदाधिकारी तथा केही संवैधानिक कानुनका विद्वानहरूले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु असंवैधानिक कदम हुने बताए । यसले स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तलाई सखाप पारी लोकतन्त्र नै समाप्त हुन्छ भनी बताएका छन् । कानुनविद्हरूले प्रधानमन्त्री नबन्नुस् भनी प्रधानन्यायाधीशलाई आग्रह गरे भने नियुक्त नगर्नको लागि राष्ट्रपतिलाई पनि आग्रह गरे । ती विद्वत् वर्गको आग्रहमा राष्ट्रपति र प्रधानन्यायाधीशले तत्कालै प्रतिक्रिया जनाएनन् तर प्रधानमन्त्रीले यो कदम संवैधानिक रहेको भनी अडान लिंदै ती कानुनविद्हरूसँग संविधानको धारा–धारामा छलफल गर्ने चुनौती दिए । आफू कानुनको विद्यार्थी नभएपनि कानुनविद्हरूलाई छलफल गर्न चुनौती दिए । यो चुनौतीको खासै प्रतिक्रिया न त नेपाल बारबाट आयो,  न त अदालतबाट, न त संविधानविद्हरूबाट । त्यसपछि एमाओवादीले प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन कम्मर कसेर लाग्यो ।  प्रधानमन्त्रीको यस चेतावनीले दुईवटा महत्त्वपूर्ण कुराको सड्ढेत गर्छ । एक मुलुकमा गैरकानुनी क्षेत्रका व्यक्ति नै कानुनविद्भन्दा बढी कानुनको ज्ञाता छन् भने अर्को कानुनी क्षेत्रमा पनि गैरकानुनविद्को बोलबाला छ । कानुन तथा न्यायक्षेत्रमा पनि अन्य क्षेत्रका शक्ति हावी छ । अधिवक्ताहरू र न्यायपालिका एउटा रथका दुई पाङ्ग्रा सरह नै हुन् । अधिवक्ताहरूलाई चेतावनी दिनुले स्वयं न्यायालयलाई चेतावनी नदिएको बुझ्दा पछि अप्ठयारो सिर्जना गर्न सक्छ । स्मरणरहोस्, विज्ञताले ठूलो अर्थ राख्दछ । जसले जे ढिप्पी लगाएपनि जुन क्षेत्रको जो विज्ञ हो, त्योभन्दा बढी गैरविषयका विज्ञ हुनै सक्दैनन् । यदि हुन्छ भने त्यो गैरविषयको विज्ञ नभई उही विषयको विज्ञ कहलाउँछ । हाम्रो प्रधानमन्त्री अर्थशास्त्रका विज्ञ भएकोले अर्थशास्त्र विषयमा उनको यस्तो चेतावनी सुहाउँदो हुन्थ्यो । जहाँसम्म प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने वर्तमान संवैधानिक प्रावधानको सवाल छ, त्यो संविधानको कुनै पनि धाराले अनुमति दिंदैन । संविधान मान्ने हो भने धारा ३८ अनुसार नै नयाँ सरकार बनाउनुपर्छ । उक्त धाराअनुसार संसद् नभई हुँदैन र प्रधानमन्त्रीको उम्मेदवार संसद्को सदस्य हुनै पर्छ । धारा ३८ अहिले संसद् नभएर निस्क्रिय छ । संसद्को गठनबेगर नै प्रधानन्यायाधीशलाई प्रम बनाउने जबरजस्ती प्रयास गरिएको छ । यसलाई फुकाउन बाधा अड्काउ फुकाउने धाराको सहयोगमा मन्त्रिपरिषद्को निर्णयपछि राष्ट्रपतिले संसद् गठन वा बिउँताउन जरुरी छ । प्रधानमन्त्रीले यस्तो चेतावनी दिनु अस्वाभाविक पनि छैन किनभने लोकतन्त्रको ढोल पिटेर मात्र लोकतन्त्रवादी बन्न चाहने काङ्ग्रेस, एमाले र मधेसी मोर्चाले पनि दलीय नेताहरूलाई बाइपास गरी दलविहीन व्यक्तिलाई नै प्रधानमन्त्री बनाउन कम्मर कसेर लागेका छन् । जन्म दिने आमाले नै सन्तानउपरको माया त्यागेपछि अरूले स्याहार्ने कुरै भएन, कोही दयालुबाहेक । प्रमको पार्टीको महाधिवेशनबाट अनुमोदित प्रस्ताव भएकोले र अन्य दलका नेतालाई प्रम बनाउन नदिने चाहनायुक्त मनसाय भएको बखतमा प्रमबाट यस्तो चेतावनी आउनु अस्वाभाविक होइन । तर कतिपय विद्वानहरूले पनि बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा शक्ति पृथकीकरणको सिद्धान्तमा कुनै आँच नआउने मात्र होइन न्यायपालिका झन् स्वतन्त्र हुने तर्क पेश गर्दै प्रधानन्यायाधीशबाट नै मुलुकले निकास पाउने अपेक्षा देखाएका छन् । बहुदलीय व्यवस्थामा सड्ढट निम्त्याउने पनि दलहरू हुन् र निकास दिने पनि दलहरू मात्र हुन्छन् । दलहरू भूमिकाविहीन भएमा बहुदल नरहने हेक्का त कमसेकम लोकतन्त्रवादीले राख्नै पर्छ । अहिले नेताहरूको विकल्प खोज्नुपर्ने आवाज उठ्नुमा निश्चितरूपले नेताहरूको अकर्मण्यता हो । प्रधानन्यायाधीशलाई कार्यकारी बनाउनुहुँदैन भन्नेहरूलाई निकास नचाहेको आरोप लाग्ने गरेको छ ।
    प्रजातन्त्रको सुरुआतदेखि नै नेताहरूले जनतालाई धोका दिंदै आएका छन् । २००७ सालको परिवर्तनपछि २०१५ सालसम्म नेताहरूले गल्ती नै गरिरहे, जसको कारण संविधानसभाको निर्वाचन नभई संसदीय निर्वाचन भयो । काङ्ग्रेसले दुई तिहाइ बहुमत ल्यायो तर पनि केही वर्षभित्रै राजा महेन्द्रले बलजफ्ती नेताहरूलाई जेल हुँदै पञ्चायती व्यवस्था लादे । तर, दुई तिहाइ जनमत भएको काङ्ग्रेसको पक्षमा तत्काल जनता उठेनन् । त्यसपछि पञ्चायती व्यवस्था तीस वर्षसम्म टिक्यो । तीस वर्षपछि फेरि जनता जागे र २०४६ सालमा बहुदलीय व्यवस्था स्थापित भयो । त्यसपछि पनि नेताहरू सचेत नभई गल्ती नै गरिरहे । २०५८ सालमा राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम भन्दै गलहत्याएर हटाए । त्यसपछि पनि जनता राजाको विरोधमा उठेनन् । त्यसपछि २०६१ माघ १९ गतेसम्म राजाले आफूखुशी प्रधानमन्त्री परिवर्तन गरिरहे । तर जब २०६१ माघ १९ गते जनताले पचाउनै नसक्ने गरी आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल बनाइ दुई व्यक्तिलाई उपाध्यक्ष बनाए । त्यसपछि जनताले नेताहरूलाई साथ दिन थाले । अनि जनआन्दोलन–२ भयो । यसर्थ नेताहरूको गल्तीलाई जनताले सजाय पनि दिंदै आएका छन् र साथपनि । २००७ देखि २०१५ सम्म गरेको गल्तीको कारण तीस वर्षसम्म जनताले साथ दिएनन् । २०४६ देखि २०५८ सम्म गरेको गल्तीको कारण जनताले नेताहरूको आन्दोलनमा माघ १८ गतेसम्म साथ दिएनन् । जब दलहरूको अस्तित्व नै सड्ढटमा आयो, तब जनता दूधे बालकको आमा जस्तै प्रजातन्त्र जोगाउन राजाविरुद्धको आन्दोलनमा हाम फाले । यसर्थ नेताहरूले जति गल्ती गरेपनि जनताले पूर्णरूपमा दलहरूलाई निमिटयान पार्ने चाहना कहिल्यै राखेनन् । सन्तान बदमास भएपछि जसरी आमाबुबाले न त सन्तानलाई छोड्छन्, न त उसको ज्यान नै लिन्छन् । बरु सन्तानलाई सुधार्ने हरसम्भव प्रयास गर्छन् । त्यसैगरी जनताले दलहरूको समापन होइन कि परिमार्जन चाहेका छन् । यसर्थ निकासको विकल्प दलहरूलाई सखाप पार्ने खालको हुनुहुँदैन । निकास सुधारात्मक हुनुपर्छ । सुधारात्मक भन्नाले सरकार दलविहीन व्यक्ति वा कुनै प्रशासकको नेतृत्वमा भन्दा नेताहरूको दम्भ र शक्तिको उन्माद समाप्त हुने खालको खोज्नुपर्छ । कतिपयले त निर्वाचनको लागि दलहरूको सहमतिमा गैरदलीय व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा कसरी अलोकतान्त्रिक हुन्छ ? भन्ने गरेका छन् । तर बुझ्नुपर्ने कुरा के हो भने चार दलको सहमतिले प्रधानसेनापति वा पूर्वराजालाई कार्यकारी बनाइयो भने मान्न सकिन्छ ? चुनाव त राजा ज्ञानेन्द्रले पनि गराएका थिए र राजा महेन्द्रले पनि गराउँथ्ये । के ती चुनावले लोकतन्त्र बहाली भयो त ?
    वास्तवमा मुलुकले २००७ सालदेखि भोगिरहेको पीडाको प्रमुख कारण दल नभई व्यक्तिवादी स्वार्थ हो । दलका अध्यक्षहरूले आफूलाई पहिले पनि सर्वेसर्वा ठान्थे र अहिले पनि ठानिरहेका छन् । त्यही व्यक्तिवादी नेताहरूको वरिपरि निकासको खोजी भइरहेकोले निकास आइरहेको छैन । आधा शताब्दीको बलिदानपछि गठन भएको संविधानसभा सवा नौ अर्ब खर्च गरेर पनि विघटन हुनुमा प्रमुख चार दलका चार शीर्षनेताहरूको अकर्मण्यता नै प्रमुख कारण हो । ती चार अक्षम र असफल नेताहरूले नै आज पनि निकास खोज्दैछन् । जसरी कुहिएको खानालाई ताजा बनाउन नसकिंदैन त्यसैगरी यी नेताहरूले मुलुकलाई निकास दिन सक्दैनन् ।  संविधानसभामा ३२ दलहरू थिए । जसमध्ये २८ दलको खासै भूमिका कहिल्यै पनि रहेन । तिनीहरूले चाहेर न त संविधान दिन सक्थे, न त संविधानसभा विघटन नै गर्न सक्थे । दलविहीन अवस्था आयो भने लोकतन्त्र सखाप हुन्छ नै ती निर्दोष दलहरूसित पनि ठूलो अन्याय हुन जान्छ । चार दलका चार शीर्ष नेताहरूले एकले अर्कालाई स्वीकार गरेका छैनन् । त्यसबाहेक २८ दलका अध्यक्षहरू छन् । पूर्वसभामुखहरू छन् । दलसँग आबद्ध हजारौं विद्वत् वर्गहरू छन् । राष्ट्रपति, उपराष्ट्रपति छन् । ती कसैमा विकल्प नदेखिनु सड्ढीर्ण मानसिकताको उपज हो । यतिखेर साना दलहरूलाई नेतृत्व दियो भने चार ठूला दलहरूका लागि ठूलो सजाय पनि हुन्छ । यो सजाय भनेको कार्यालय प्रमुखलाई त्यही कार्यालयमा सहायक पदमा झार्ने सरह हो ।
    स्वतन्त्र न्यायपालिका विधिको शासनको मूलभूत सिद्धान्त र शक्ति पृथकीकरणको सिद्धान्तबाट ग्रहण गरिएको छ । वैधताको सिद्धान्तसँग प्रजातान्त्रिक संस्था र विधिको शासनको अविभाज्य सम्बन्ध रहेको हुन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा निश्चित र विशिष्ट उत्तरदायित्व हुन्छ । पृथकीकरणको यस मान्यताअनुसार कुनै निकायले अर्को निकायको कार्यक्षेत्रमा हस्तक्षेप गर्न पाउँदैन । यसै कारणले शक्ति पृथकीकरणको सिद्धान्त स्वतन्त्र र निष्पक्ष न्यायप्रणालीको कोसेढु·ा मानिएको छ । कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाको क्षमताको स्पष्ट सीमा निर्धारणको अभावमा विधिको शासन र उपयुक्त मानव अधिकार नीति लागू गराउन कठिन हुन्छ । ती अ·हरूबीच निरपेक्ष भिन्नता सुनिश्चित गर्ने कानुन र मापदण्डहरू अवलम्बन गर्न बारम्बार मानव अधिकार समितिले सिफारिस गर्ने गरेको छ, ताकि न्यायपालिकाउपर कार्यपालिकाले हस्तक्षेप गर्न नसकोस् । यस सिद्धान्तको आधारमा भन्नुपर्दा प्रधानन्यायाधीश नै प्रमुख कार्यकारी बनेपछि शक्ति पृथकीकरणको धज्जी त उड्छ नै मानव अधिकारको संरक्षण पनि गम्भीर सड्ढटमा पर्न सक्छ । न्यायपालिकाउपर कार्यकारी प्रधानन्यायाधीशको हस्तक्षेपको सम्भावना बढ्छ नै दुवै अ·बीच स्पष्ट सीमाड्ढन पनि भेटिंदैन । यतिखेर त संसद् पनि नभएकोले संसद्को अधिकार पनि एकै व्यक्तिमा केन्द्रित हुन्छ । यस अवस्थामा प्रधानन्यायाधीशले आग्रह स्वीकार गर्ने छाँटकाँट देखाउनु, राष्ट्रिय मानव अधिकार आयोग पनि केही नबोल्नु, न्यायाधीश समाजले पनि मौन धारण गर्नु र लोकतन्त्रका हिमायती अन्तर्राष्ट्रिय समुदाय मौन बस्नु बुझिनसक्नु भएको छ । यस्तो कार्यले नेपालबाट प्रजातन्त्र उन्मूलन नै गर्ने ध्येय रहेको या नेपाललाई असफल राष्ट्र घोषित गरेर विदेशी शक्तिको जिम्मा लगाउने नियत रहेको मान्न सकिन्छ । प्रधानन्यायाधीशबाट  मात्र मुलुकले निकास पाउने आशा गर्नु पनि यथार्थलाई नजरअन्दाज गर्नु हो । वर्तमान प्रधानन्यायाधीश भएकै बेला  न्यायालय न्यायाधीश विहीन बन्यो । बार र बेन्चबीचको सम्बन्ध सुमधुर देखिएन । न्यायपालिकामा भ्रष्टाचारको आरोप अलिकति पनि कम भएन । तल्लो तहको न्यायाधीशको नियुक्ति पनि समयमा हुन सकेन । कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिकाबीचको सम्बन्ध पनि विगतको तुलनामा कटु नै रहयो ।
यसर्थ वर्तमान प्रधानन्यायाधीश क्रियाशील रहेको क्षेत्रमा चाहेको जति सफलता देख्न सकिएन भने अनुभव नै नरहेको राजनीतिमा उनी कसरी सफल होलान् ?
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रधानन्यायाधीश नेतृत्वको वैधानिकता र कानुनविद्लाई चेतावनी
प्रधानन्यायाधीश नेतृत्वको वैधानिकता र कानुनविद्लाई चेतावनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEsZTIdwp4QtcdDFVR6MOaShd_KNmxeXEqIe1rpAQgJhhN8vUMg3nZG2JCtRCWDUEnCZQ9LTOA74_qE_k6RhCiM006vFVt4k8fCnzifcFhjO1AivECXc9_DyGhSv5sPNJPJWv6llCzgYYd/s200/birendra+yadav.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhEsZTIdwp4QtcdDFVR6MOaShd_KNmxeXEqIe1rpAQgJhhN8vUMg3nZG2JCtRCWDUEnCZQ9LTOA74_qE_k6RhCiM006vFVt4k8fCnzifcFhjO1AivECXc9_DyGhSv5sPNJPJWv6llCzgYYd/s72-c/birendra+yadav.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/02/blog-post_5111.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/02/blog-post_5111.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy