प्रस, रौतहट, १३ फागुन/
जिल्ला प्रहरी कार्यालय, रौतहटले अवैध हातहतियार सङकलन अभियान शुरू गरेको छ। आज सदरमुकाम गौरमा आयोजित साप्ताहिक जनचेतनामूलक विशेष कार्यक्रमको उद्घाटनसँगै जिल्लालाई अवैध हतियारमुक्त जिल्ला बनाउने प्रयासको सुरुआत भएको हो।
प्रहरी उपरीक्षक गोविन्दराम परियारले कार्यक्रमको उद्घाटन गर्दै जिल्लामा केही व्यक्तिविशेषले लुकाएर राखेका, कानुनको अज्ञानताका कारण आफूसँग राखेका वा अन्य कुनै प्रयोजनले घरसमाजमा राखिएका अवैध हतियार तथा गोलीगठ्ठा नजिकका प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा सशस्त्र प्रहरीका एकाइहरूमा बुझाउन सबैलाई अनुरोध गरेका छन्।
कुनै पनि व्यक्तिले सरकारको अनुमतिबिना हातहतियार राखेका छन् भने सो हतियारहरू पैंतीस दिनभित्र बुझाउन प्रहरीले अनुरोध गरेको छ।
सार्वजनिक सूचनाको बेवास्ता गरी अवैधरूपमा हातहतियार लुकाइछिपाइ राखेको पाइएमा हातहतियार तथा खरखजाना ऐन २०१९ अनुसार कारबाई गर्ने प्रहरी उपरीक्षक परियारले बताए ।
पैंतीस दिनपछि व्यापकरूपमा प्रहरी परिचालन गरी त्यस्ता हतियारहरूको खोजी तथा खानतलासी अभियान सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।