- उमाशङ्कर द्विवेदी
नेपालको आबादी हिमाल, पहाड र तराईमा छरिएर बसेको छ । शहरी क्षेत्र त्यति व्यापक नभएकोले अधिकांश जनसङ्ख्या ग्रामीण क्षेत्रमा बसोवास गरिरहेको अवस्था छ । जनसाधारणको दैनिक जीवनयापनका सामग्रीहरू शहरी क्षेत्रको बजारमा सहज उपलब्ध हुन्छ । ग्रामीण भेगका बासिन्दाहरूको त्यस्तो बजारमा सहज पहुँच सम्भव हुँदैन । यसै समस्याको समाधानको लागि प्राचीनकालदेखि नै स्थानीय बजारको परिकल्पना भएको हो । पहाडी ठाउँहरूमा दुई/चार थुम्काहरूका बीचमा पायक पर्ने स्थानमा साप्ताहिक बजार लाग्ने गर्दछ । ती बजारलाई साप्ताहिक हटिया भन्ने गरिन्छ । यस्ता बजारहरू प्राय: हप्तामा दुई वा एक दिन अथवा कुनै निश्चित तिथिको दिन लाग्ने गर्दछ । जुन बार वा तिथिको दिन बजार लाग्ने निश्चित हुन्छ, त्यस बजारको नाम त्यसै बार वा तिथिको नामले प्रसिद्ध रहन्छ । उदाहरणको लागि आइतबारेबजार, म·लबारेबजार, औंशीबजार, नवमीबजारहरूलाई लिन सकिन्छ । तराईमा पनि शहरी क्षेत्रभन्दा टाढा रहेका दुई/चार गाउँहरूको बीच पायक पर्ने स्थानमा यस्ता बजार कुनै निश्चित दिन लाग्ने गर्दछ । तराईमा यस्ता बजारहरू प्राय: हप्तामा दुईपटक लाग्ने गरेको पाइन्छ । यस्ता बजारहरू पहाड तथा तराई दुइटै ठाउँहरूमा अपराह्नपछि नै लाग्ने गर्दछ । हुनत बिक्रेताहरू आफूले बेच्ने सामानहरू बजारमा बिहानैदेखि ओसारपसार तथा उपयुक्त ठाउँमा सजाउन लागेका भएपनि बजारको वास्तविक चहलपहल तथा रौनक भने तेस्रो प्रहरमा ग्राहकहरू झुम्मिन थालेपछि मात्र शुरू हुन्छ ।
यस्ता बजारमा जनसाधारणको दैन्दिन प्रयोगको लागि अत्यावश्यक पर्ने खाद्यान्न, नुन, मसला, अम्मलहरू, मौसमअनुसारका ताजा तरकारी तथा सागपातका साथै माछा र मासु बिक्री हुने गर्दछ । कुनै कुनै बजार दही तथा घ्यू जस्ता दुग्धजन्य पदार्थहरूका लागि प्रसिद्ध रहेका हुन्छन् । तराईका गृहस्थहरूको घरमा भोजभतेर परेको बेला यस्ता बजारहरू लाग्ने दिन पर्खिनुपर्ने हुन्छ, किनकि भोजको लागि आवश्यक पर्ने च्युरा, दही, चिनी तथा हरिया तरकारीहरू त्यसै बजारबाट नै पूर्ति हुन्छ । यस्ता देहाती बजारहरूमा स्थानीय जडीबुटी, हाँस, कुखुरा, परेवाहरू सजिलै उपलब्ध हुन्छन्, जसलाई शौकिनहरूले सहजताका साथ खरिद गर्न सक्छन् । ससाना बच्चाहरूका सस्ता लुगाफाटा, टोपी तथा खेलौनाहरू पनि यस्ता बजारमा सहज उपलब्ध रहन्छन् । किसानहरूका लागि कृषिजन्य बीउबिजन, रासायनिक मलखाद, कीटनाशक औषधि तथा ससाना कृषि ज्यावलहरू (खुर्पी, हँसिया आदि ।) उपलब्ध हुन्छन् । बजारमा किनमेल गर्न आएका ग्राहकहरूको नाश्ताका लागि चना–च्युरा, जिलेबी, बुनिया, पुरी–तरकारी, मासुको सेकुवा एवं तास पनि उपलब्ध हुन्छन् । ठूलाठूला कपडापसल, औषधिपसल, सुनचाँदी पसल तथा अन्य व्यापारिक प्रतिष्ठानहरू यस्ता बजारहरूमा उपलब्ध हुँदैनन् किनकि यस्ता बजारमा बस्ने स्थानीय व्यापारीहरूसित ती पसलहरूका लागि आवश्यक पर्ने पूँजीको अभाव रहेको हुन्छ । सानो ठाउँको लागि ठूलो पूँजी लगानी गर्न शहरिया व्यापारीले आँट गर्न सक्दैनन्।
पुराना दिनहरूमा गृहस्थले आफ्ना आवश्यकताभरिका सामानहरू हटिया बजारबाट किनेर राख्ने चलन थियो । ग्रामीण मानिसहरूलाई मुख्यत: किसानी पेशाका भएका हुनाले अन्नबाहेक नगद रकमको जहिले पनि अभावमा रहन्छ । बजारका सामग्रीहरू खरिद गर्नका लागि जनसाधारणले घरबाट अन्नको भारी बोकेर बजारमा आउँछन् । बजारबाहिरको खुल्ला ठाउँमा अन्न किन्ने व्यापारीहरू बसेका हुन्छन्, त्यही अन्न बेचेर त्यसबाट पाएको रकमबाट बजारमा किनमेल गर्दछन् । अन्न किन्ने व्यापारी बसेको ठाउँलाई भोजपुरी भाषामा ‘फर’ भनिन्छ । फरमा अन्नको नाममा चामल, धान, गहुँ, मसुरो, खेंसारी, चना, जौं, तोरी, सस्र्यू, आलस जस्ता अन्न बेच्न सकिन्छ तथा सोबापत नगद रकम प्राप्त गर्न सकिन्छ । पुराना दिनहरूमा देहातमा बाटोघाटो तथा यातायातको अभाव भएको हुनाले जनसाधारणहरू स्थानीय हाटबजारमा अन्न बेच्न तथा घरेलु उपयोगका सामग्रीहरू सस्तो/महँगोमा किन्न बाध्य हुन्थ्ये । अचेल स्थिति फरक भएको छ । देहातमा पनि बाटोघाटोको सुविधा छ, खोलानालाहरूमा पुलपुलेसाहरू बनिसकेकाले तथा यातायातको सहज उपलब्धताले मानिसको आवागमन जहाँसुकैको लागि पनि सजिलो भएको छ । यस्तो स्थितिमा पुराना दिनहरूका हाटबजारहरूको आकार, स्थिति र महत्तामा ठूलो र्हास देखा पर्न थालेको छ । दैनिन्दन उपयोगको लागि कुनै निश्चित दिनमा लाग्ने हाटबजारको प्रतीक्षा गरिरहनुपर्ने बाध्यता विस्तारै समाप्त हुँदै गइरहेको छ । व्यापारिक क्षेत्रमा देखिएको भयानक प्रतिस्पर्धाको कारण गृहस्थ बिहान ओछयानबाट उठेका हुँदैन, घरदैलोमा व्यापारी कराइरहेका हुन्छन्– लेलो..आलु, भन्टा, सेम.., ले....र·मच्छरी..कोबी गाँजर ले...।