प्रस, वीरगंज, १२ फागुन/
वीरगंज उपमहानगरपालिका कार्यालय चरम आर्थिक सड्ढटमा परेको सड्ढेत देखापर्न थालेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चु·ीकरको विकल्पमा दिंदै आएको अनुदान सहयोगबापतको वार्षिक १४ करोड ३० लाखमध्ये ५ करोड कट्टा गरेको छ ।
त्यसैगरी एलजीसीडीपी कार्यक्रम अन्तर्गतको वार्षिक ५ करोड अनुदानमध्ये २ करोड पनि कटौती भएको छ । यसरी वार्षिक सात करोड रुपैयाँ अनुदान कट्टा भएपछि वीरगंज उपमहानगरपालिका कार्यालय चरम आर्थिक सड्ढटमा पर्ने अवस्था आएको छ ।
वीउमनपाको आन्तरिक राजस्व सड्ढलन पनि गतआवको तुलनामा घट्दो छ । गतआवमा घरजग्गाबाट २ करोड ३१ लाख सड्ढलन गरेको वीउमनपाकाले चालू आवको सात महिनासम्मको अवधिमा केवल १ करोड २८ लाख सड्ढलन गरेको छ ।
त्यस्तै गतआवमा व्यवसाय करबापत रु. ३३ लाख सड्ढलन भएकोमा चालू आवको सात महिनासम्मको अवधिमा रु. १३ लाख मात्र सड्ढलन हुन सकेको छ । वीउमनपाकाले महत्त्वपूर्ण आम्दानीको स्रोतको रूपमा रहेको सवारीकरबाट गतआव र चालू आवमा ठूलो नोक्सानी सहनुपरेको छ । गतआवमा २ करोड ७७ लाख ७७ हजारमा सवारीकर ठेक्कामा लिएका ठेकेदारले प्रहरीका कारण वीउमनपाकाले उपलब्ध गराएका नाकाहरूबाट सवारीकर सड्ढलन गर्न नपाउँदा ठेक्कामा घाटा भएको भनी पर्सा जिल्ला अदालतमा क्षतिपूर्तिको माग गर्दै रिट निवेदन दिएका छन् । उक्त रिटको फैसला हुन बाँकी नै छ । चालू आवका लागि ३ करोड २५ लाखमा ठेक्का सकार गरेका ठेकेदारले पनि पुरानो ठेकेदारले भैंm पर्सा जिल्ला अदालतमा क्षतिपूर्तिका लागि रिट दायर गरेका छन् ।
वर्तमान ठेकेदारले तत्कालीन प्रजिअ शम्भु कोइरालाले निषेध गरेका कारण शड्ढराचार्य द्वारनिर सवारीकर सड्ढलन गर्न नपाएको र वीउमनपाकाका कर्मचारीहरूले आन्दोलन गरेपछि एक महिनासम्म सो स्थानमा सवारीकर सड्ढलन हुन नसकेको भन्दै क्षतिपूर्तिका लागि रिट दिएका हुन् ।
सवारीकर ठेकेदारले पहिलो किस्ताबापतको रकम र धरौटीसमेत कुल १ करोड ६ लाख मात्र बुझाएको र सोही बराबर रकम बुझाउन बाँकी नै छ । ठेकेदारले दोस्रो र अन्तिम किस्ताबापतको रकम दाखिला नगरेपछि वीउमनपाकाले गत माघ १५ गतेदेखि ठेक्का खारेज गरी अमानतमा सवारीकर उठाउँदै आएको छ ।
वीउमनपाकाको २२ जना प्राविधिक कर्मचारीहरू अहिले सवारीकर सड्ढलनमा खटेका छन् । वीउमनपाकाले अमानतमा उठाउँदै आएको सवारीकरबाट अहिले दैनिक ७५ हजारको हाराहारीमा राजस्व सड्ढलन भइरहेको स्रोतले बताएको छ । उपमहानगरपालिका कार्यालयको वार्षिक तलब खर्च मात्र १५ करोड छ । विगतको दायित्वबापतको साढे सात करोड चुक्ता गर्न बाँकी नै रहेकोले यसवर्ष र आगामी वर्षसमेत वीरगंज उपमहानगरपालिका कार्यालयको विकास निर्माणलगायतका आर्थिक कार्यहरू प्रभावित हुने देखिएको छ ।
चरम आर्थिक समस्याको सामना गरिरहेको वीउमनपाकाले एसियन विकास बैकको अनुदान सहयोगमा सञ्चालित मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना सञ्चालनका लागि आवश्यक पारस्परिक रकमबापतको करिब ९ करोड रकम सड्ढलन गर्ने सम्बन्धमा पनि सोच्न छाडिसकेको छ ।
९ करोड पारस्परिक रकमको अभावमा करिब ३ सय करोडको यो महत्त्वाकाङ्क्षी योजना फिर्ता जाने पक्कापक्की भएको छ । योजना फिर्ता जान नदिनका लागि राजनीतिक दल, वीउवासङ्घलगायत लागिपरेको अवस्थामा मन्त्रालयले योजना जोगाउनका लागि अनुदान सहयोग देला भन्ने आशामा रहेको वीउमनपाकाले पाइआएको अनुदानमा पनि ठूलो कटौती भएपछि सो आयोजना पहल गर्ने सम्बन्धमा अहिले विराम लगाएको छ ।