प्रस, वीरगंज, ११ फागुन/
अन्तर धार्मिक समन्वय समितिको आयोजना र रेस नेपालको सहयोगमा धार्मिक सहिष्णुता र प्रवद्र्धनका आधार विषयक अन्तक्र्रिया आज वीरगंजमा सम्पन्न भएको छ ।
समाजमा आइपरेका चुनौती र अप्ठयाराहरूलाई सबै समुदायले आफ्नै समस्या ठानेमा कुनै समस्या नआउने कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले बताए ।
अतिवादको भावनाका कारण विश्वका धेरै मुलुकहरू धार्मिक युद्धमा फसेको चर्चा गर्दै उनले सबै समुदाय, धर्म र आस्थाको भाव र लक्ष्य एउटै भएको बताए ।
“सबै धर्महरूको मर्म मानव कल्याण र लोकहित हो । धर्मलाई राजनीतिक रूप दिएमा समाजमा द्वन्द्व फैलने गर्छ । अन्धविश्वासले हाम्रो समाजमा सद्भाव खल्बलाइरहेको छ,” प्रउ अधिकारीको कथन थियो ।
सामाजिक सद्भाव कायम राख्नका लागि धर्मका अगुवाहरूले आफ्नो धर्म संस्कृतिका सकारात्मक पक्षलाई व्यवहारमा प्रयोग गर्न अगुवाइ गर्नुपर्ने सहभागी वक्ताहरूले सुझाएका थिए ।
धर्म जागरणका प्रतिनिधि मोहन राजपालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछाने, ओमप्रकाश सिकरिया, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत ज्ञानेन्द्र पराजुली, विजय सरावगी, ब्रह्मकुमार गुणराज, हिन्दू स्वयंसेवक सङ्घका विनय यादव, बाबुजान अली, चक्रबहादुर शाक्य, डा. पीटर कमलेश्वर सिंह, राजेश सिंह राठौर, श्यामकिशोर आर्य, पण्डित पुरुषोत्तम दुबे, अब्दुल सतार, अब्दुल मिकरानी अली, मौलाना हदी रहमान, दिल्ली राई, ब्रह्माकुमार गोकुल भाइ, अमरजीत सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका सहभागीहरूले मोहन राजपालको संयोजकत्वमा १९ सदस्यीय अन्तर धार्मिक समन्वय समिति पर्सा गठन गरेको छ । कार्यक्रमको सहजीकरण गोविन्द देवकोटाले गरेका थिए ।