प्रस, वीरगंज, १२ फागुन/
अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा आयोजित प्याब्सन जुनियर फूटबल टुर्नामेन्टको उपाधि मनोकामना माविले जितेको छ ।
मनोकामनाका जर्सी नं. ८ का साजन खानले खेल प्रारम्भ भएको ३, २४ र २७ औं मिनेटमा लगातार ३ गोल गरेर आफ्नो एकल प्रयासमा विद्यालयलाई उपाधि दिलाए । प्रतिउत्तरमा गौतमका विद्यार्थीहरूले भने कुनै गोल गर्न सकेनन् । फाइनल खेलमा उत्कृष्ट खेलाडीको पदक गौतम माविका सुशान्त न्यौपानेले हात पारे ।
यसैगरी बेस्ट डिफेन्समा गौतमका आतिश पटेल र बेस्टकिपरमा मनोकामनाका सृजन बस्नेत, बेस्ट मिडफिल्डरमा अनिल थापा र म्यान आफ दि सिरिज मनोकामनाकै साजन खानले प्राप्त गरेका छन् ।
प्याब्सन अध्यक्ष इमामुद्दिन अहमदको सभापतित्वमा सम्पन्न समापन समारोहका प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा वीरगंजको नाम उच्च पार्न अनुशासित भई कडा परिश्रम गर्न बालबालिकाहरूलाई आग्रह गरेका थिए । सो अवसरमा प्याब्सनका पूर्वकेन्द्रीय सदस्य अर्जुन शमशेर जबराले महिला क्रिकेट र महिला फूटबल खेलाडी उत्पादनतर्फ प्याब्सनले विशेष जोड दिने बताए ।
समापन समारोहमा विजेता र उपविजेता टिमलाई पुरस्कार प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक खनाल र जिल्ला शिक्षा कार्यालयका प्रकाशकीय अधिकृत रामविनय सिंहले संयुक्तरूपमा प्रदान गरेका थिए । रेफ्रीहरूलाई राष्ट्रिय फूटबलका रेफ्री गजेन्द्रमान श्रेष्ठले प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमको सहजीकरण साउथ जोन माविका सप्रअ अशोक सङ्ग्रौलाले गरेका थिए ।