निजगढका किसानहरूलाई गोलभेँडाको मूल्य प्रतिकिलो ५ रुपैयाँ पाउन हम्मेहम्मे परेको छ । अर्थात् निजगढमा गोलभेँडाको मूल्य प्रतिकिलो ५ रुपैयाँभन्दा कम छ । सोही समयमा वीरगंजको तरकारी बजारमा गोलभेँडा प्रतिकिलो १५ देखि २० रुपैयाँसम्म बिक्री भइरहेको छ । बिक्रेताहरूका अनुसार प्रतिकिलो १५ रुपैयाँ गोलभेँडा वीरगंजमा यसवर्षकै सस्तो मूल्य हो । गोलभेँडाको उचित मूल्य नपाएकोमा बारा निजगढका किसानहरू चिन्तित छन् भने छिमेकी जिल्ला पर्सा वीरगंजका उपभोक्ताहरू गोलभेँडाको मूल्य त्यति नघटेकोमा असन्तुष्ट छन् । निजगढ र वीरगंज ४३ किलोमिटर कालोपत्रे सडकको दूरीमा अवस्थित छ । बितेको पुस पहिलो साता बाराको सिम्रौनगढका कृषकहरूले फूलगोभी प्रतिकिलो १ रुपैयाँमा बिक्री गरिरहेका थिए । त्यतिबेला वीरगंजको बजारमा प्रतिकिलो १२ देखि १८ रुपैयाँसम्म फूलकोभी बिक्री भइरहेको थियो । सिम्रौनगढ र वीरगंजको दूरी ३६ किलोमिटर मात्र छ । मुलुकको हिमाली–पहाडी जिल्लाहरूमा स्याउ र सुन्तलाले बजार नपाएर कुहिंदा तराईका उपभोक्ताहरू फलफूल नपाएर भौंतारिरहेका हुन्छन् । तराईका किसानले धानको उचित मूल्य नपाएर रन्थनिरहेको बेला हिमाल–पहाडका उपभोक्ताहरू चामल नपाएर रन्थनिरहेका हुन्छन् । पहाडको जडीबुटी सरह रैथाने आलुले बजार नपाउँदा तराईका उपभोक्ताहरू पौष्टिकहीन विदेशी विकासे आलु खरिद गरी उपभोग गर्न बाध्य छन् ।
उपभोक्तासम्म कृषकको पहुँच छैन । कृषिप्रधान मुलुक तर कृषकको हिततर्फ यहाँको सरकार, राजनीतिक दल एवं व्यवसायीहरू जिम्मेवार देखिएका छैनन्् । उत्पादित कृषि सामग्रीलाई उपभोक्तासम्म पुर्याउने प्रणालीको व्यवस्था मात्र गर्ने हो भने पनि कृषक र उपभोक्ता दुवैको कल्याण हुनेछ । यसो भएमा कृषिउपजले मूल्य नपाएर कृषकले चिन्ता गरिरहनुपर्ने अवस्था आउँदैन । उपभोक्ताले आवश्यक कृषिउपजको अभाव र महँगीको पीडा बेहोर्नु पनि पर्दैन । बजार नपाएर घाटा हुने जोखिम कम भएमा कृषि क्षेत्र रोजगारीको लागि भरपर्दो आधार बन्न सक्छ । साथै विदेशी उत्पादनको खरिदमा पलायन भइरहेको स्वदेशी पूँजी मुलुकभित्रै रहने हुँदा समाज र राष्ट्रलाई नै फाइदा पुग्नेछ । मुलुकको कुनै एक स्थानमा उत्पादित कृषिउपज नजिकको बजारसम्म पनि पुग्न सकेको छैन । अन्यत्र जस्तो हाम्रो मुलुकमा चकलाबन्दी तथा एकीकृत कृषि प्रणाली नभएकोले कृषकहरू आपैंmले बजार खोज्न असम्भव छ । मुलुकको कृषि बजार मौसमी व्यापारीहरूले चलाइरहेका छन् । सजिलो मौसम, सजिलो स्थान र धेरै नाफाका लागि मात्र व्यापार गर्ने अस्थायी व्यापारीहरूले दीर्घकालीन लक्ष्य नराख्ने हुँदा उनीहरूमा दीर्घकालीन सोच र विशेषज्ञताको कमी छ ।
विभिन्न क्षेत्रमा विभिन्न मौसममा उत्पादन हुने कृषि उपज र सोही समयमा उक्त वस्तुको माग हुने क्षेत्रको पहिचान गरी मुलुकका एकै किसिमका उपजहरूलाई एउटै केन्द्रीय संयन्त्रमार्फत् खरिद तथा बिक्रीको व्यवस्था गर्ने हो भने सम्पूर्ण कृषक र उपभोक्ताको समस्या स्वत: समाधान हुन्छ । दुर्गम क्षेत्रका सामग्री ढुवानी महँगो पर्ने भएको यसका लागि सरकारी अनुदान र साझेदारी जरुरी छ । अन्य व्यवसायतर्फ मात्र ध्यान गएका व्यापारीहरूलाई कृषितर्फ ध्यानाकर्षण गराइ व्यावसायिक र विज्ञ व्यापारीहरू जन्माउन सके मुलुक उँभो गतितर्फ लम्कनेछ ।