$type=ticker$count=12$cols=4$cate=0

व्यक्ति र समाजको स्वार्थको समन्वय आवश्यक

SHARE:

    मनुष्य जीवनको निर्माण नै यस प्रकार भएको छ कि न त्यो आफैंमा पूर्ण छ न सवर्था आत्मनिर्भर । हामी सबैलाई आफ्नो जीवनयात्रा पूरा गर्नका लागि एकअर्काको सहयोग एवं सहायताको आवश्यकता पर्छ । एक्लै एकाकी जीवन बिताउनु हामीमध्ये कसैका लागि पनि सम्भव छैन । हाम्रो जीवनको आधार सामूहिक भावना नै हो । यसै भावनाको बलले मनुष्य जातिको उन्नति र मानव सभ्यताको विकास भएको छ ।  यदि यो सामूहिक भावना नभएको भए, आपसी सहायता, सहयोग र पारस्परिकताको अभाव रहेको भए आज हामी आफूलाई जुन उन्नत दशामा देखिरहेका छौं, त्यो हुने थिएन, अपितु अन्य पशुझैं असंस्कृत तथा असभ्य जीवनयापन गरिरहेका हुन्थ्यौं । हामीमा यथार्थ मनुष्यताको जुन विकास भएको छ त्यो सहयोग एवं सामूहिक भावनाको आधारमा नै भएको हो र पुन: यसलाई सुरक्षित एवं विकासशील राख्नका लागि यसै आधारलाई दृढ र स्थायी बनाउनुपर्छ ।
    आज हामी मानिसको जुन सुख–सुविधापूर्ण व्यवस्थित जीवन देखिरहेका छौं, त्यसको सारा श्रेय उसको त्यस सामूहिक एवं परस्पर सहयोगको भावनाले गर्दा नै हो । मानिसले यस खाल्टाखुल्टी जमिनलाई आफ्नो निवासयोग्य बनाएको छ, ठूल्ठूला पर्वत, ज·ल र सागरभित्र पसेर जीवन–निर्वाहको साधन खोजेको छ । कृषि र उद्योग–धन्दाको जुन विकास गरेको छ, त्यो के एक–एक गरेर कुनै एक्लो व्यक्तिले गरेको हो, होइन निश्चितरूपले होइन । यो उसको त्यो सामूहिक एवं सामाजिक चेतना नै थियो, जसलाई आधार बनाएर ऊ जीवनपथमा अगाडि बढयो ।
    जुन प्रकार आदिम युगमा सामूहिक भावनाको आवश्यकता थियो, त्यसैगरी यस विकसित युगमा पनि उसको आवश्यकता छ । यो ठूलो–ठूलो कारोबार, कल–कारखाना, ठूल्ठूला योजनाहरू र निर्माण कार्यहरू के बिना सहयोग चलिरहेको छ ? संसारको वर्तमान व्यवस्था र प्राप्त उपलब्धिहरू तबसम्म मात्र अडेको छ, जबसम्म संसारमा सामाजिक चेतनाको महत्त्व कायम छ । जुन दिन यस चेतनाको सर्वथा अभाव हुन्छ, यो भरिपूर्ण र चमकदमकयुक्त संसार पनि नष्ट हुन्छ र मानिस फेरि आदिम अवस्थामा पुग्नेछ । मानिस तबसम्म मात्र मानिसको रूपमा छ, जबसम्म उसको सामाजिक चेतना सुरक्षित छ, उसका भावनाहरू व्यापक र सार्वभौमिक छन् । आफ्नो अस्तित्वको यस आधारभूत तथ्यको त्याग गर्ने बित्तिकै मानव सभ्यतामा प्रलय हुनेछ र आदिमकालीन बर्बर युगको शुभारम्भ हुनेछ । अब यस्तो स्थितिमा जुन मानिस केवल आफूसम्म मात्र सीमित रहेर व्यक्तिगत हानिलाभ मात्र सोच्दछ, ऊ समाजको विरोधी, उसको शत्रु र अहित चिन्तक हो । सामाजिक चेतना नै मानिसमा मनुष्यताको लक्षण हो, त्यसो त ऊ पनि अन्य जीवहरू सरह नै एउटा जीव हो ।
    हामी सबै अब एउटा सभ्य संसारका सुसंस्कृत मानव समाजको सदस्य हौं । यस सत्यलाई न अस्वीकार गर्न सकिन्छ न यस सहज दायित्वबाट त्यागपत्र नै दिन सकिन्छ । अस्तु, हामी सबै आफ्नो यस महान दायित्वको पालनका लागि विवश छौं । अब जुन दायित्व अनिवार्य छ, अपरिहार्य छ,  त्यसलाई खुशी–खुशी निर्वाह किन नगर्ने ?  हामी किन एउटा शिष्ट, सभ्य र सच्चा नागरिक नबन्ने । यसैमा हाम्रो र हाम्रो समाजको शोभा, सुरक्षा र स्वस्ति छ । हामी सबै सच्चा र असल नागरिक हौं, यसलाई प्रमाणित गर्नका लागि हाम्रो के कर्तव्य हो भने हामी आफ्नो व्यक्तिगत सुख–सुविधा र मान–प्रतिष्ठाका लागि समाजमाथि यस्तो आघात नगरौं, जसले सामाजिक शक्ति क्षीण होस्, त्यहाँ विशृङ्खलता अथवा निर्बलता आओस्, यस्तो कुनै पनि काम गर्नु हाम्रो लागि सर्वथा अवाञ्छनीय छ, जसबाट समाजमा अशान्ति अथवा असुरक्षाको भावना बढोस् । हाम्रो नैतिक, सामाजिक तथा धार्मिक कर्तव्य के हो भने आफ्नो सुख  थाती राखेर समष्टिगत म·लको कामना गरौं । स्वार्थ त्यागेर परमार्थ ग्रहण गरौं ।
    असल नागरिकताको उपलब्धि सङ्ग्रहमा होइन, त्यागमा छ । समाजका लागि व्यक्तिगत भोगहरू र विलास–लिप्साहरूको त्यागले त्यसलाई परिपुष्ट बनाउँछ । हाम्रो सामु सर टामस रोजस्तो कैयौं समाज हितैषीहरूको उदाहरण उपस्थित छ, जसले सामाजिक हितका लागि व्यक्तिगत लाभलाई रञ्चमात्र महत्त्व दिएनन् ।
    सर टामस रो आफ्नो देशका सच्चा र असल नागरिक थिए । त्यसैले उनले आफ्नो लाभलाई पछि राखेर सम्पूर्ण समाजको हित चाहे र गरे । अवश्य नै उनले सोचे होलान् कुनै जमिन–जायदाद अथवा सम्पदा मागेर उनी आफू मात्र सुखी हुन सक्छन्, जसलाई केही दिन भोग गरेपछि छोड्नुपर्छ र यदि कुनै सार्वजनिक हितको माग गर्दछन् भने त्यसले सम्पूर्ण समाजको हित हुन्छ । म एक्लोको साटो हजारौंको जीवन सुखी हुन्छ र सबैको हितमा उनको आफ्नो हित पनि त निहित छ, समस्त समाजका साथ उनी पनि छ सुखी हुन्छन् । कति दिव्य र कति दूरदर्शी विचार थियो उनको । उनको व्यक्तिगत सुखको त्यस त्यागले उनको मुुलुकलाई सुखी र सम्पन्न बनाइदियो । कुनै असल र सच्चा नागरिकको यही त लक्षण हो कि आफ्नो लाभको त्याग गरेर सर्वजनको हितको कुरा सोच्दछ र सोही अनुरूप आचरण गर्दछ । धन्य छन् यस्ता जन हितैषी मानिस ।
    अध्यात्मवाद भनेको अरू के हो र ? आफ्नो व्यक्तिगत लाभलाई सार्वजनिक हितका लागि बलिदान गरिदिनु नै अध्यात्मवादको सही परिभाषा हो । पूजा–पाठ, योग–ध्यान अथवा व्यक्तिगत मोक्ष–मुक्तिका लागि साधना गर्नु मात्र अध्यात्म होइन । सच्चा अध्यात्म हो–आफ्ना सारा गुण, सारा उपलब्धि र सारा सम्पदाहरूलाई सामाजिक हितका लागि समर्पण गरिदिनु । जो मानिस व्यक्तिगत मुक्ति, स्वर्ग एवं ऋद्धि–सिद्धिको साधनामा लागिरहन्छन् र भन्दछन् कि उनीहरू अध्यात्मवादी हुन्, उनीहरू झूटो बोल्दछन् र सर्वथा अविश्वासका योग्य छन् ।  जसमा परोपकार, परमार्थ र सामूहिक चेतनाको अभाव छ, ऊ जतिसुकै ठूलो सिद्ध, योगी र तपस्वी किन न होस् सच्चा अध्यात्मवादी मान्न सकिंदैन । स्वार्थ आखिर स्वार्थ नै हो, फेरि कति नै उच्च किन नहोस् ।
    त्यसै त व्यक्तिगत मोक्ष, ऋद्धि एवं सिद्धिका लोभी अध्यात्मवादीहरूले नै यस मानव–संसारलाई विभिन्न भाग, वर्ग, सम्प्रदाय र जातिहरूमा विभाजित गरिदिएका छन् । आफ्नो व्यक्तिगत पूजा प्रतिष्ठाका लागि जुन धर्मात्माहरूले मानव समाजलाई सानो–सानो परिधिमा खुम्च्याइदिएका छन्, धर्म, राष्ट्र अथवा सभ्यता, संस्कृतिको नाउँमा मानवतालाई विभाजित गरेका छन्, उनीहरू आफैंमा जतिसुकै धर्मात्मा किन न बनून्, तर वस्तुत: यस्ता मानिसहरू पूर्णरूपले मानव पनि होइनन् । सच्चा धर्मको भाव भनेको त समस्त मानव जातिलाई एक कुटुम्ब, एक परिवार बनाउनु हो, त्यसलाई खण्ड–खण्ड गर्नु होइन । आफ्नो निजी व्यक्तिगत लाभलाई समाजको हितमा बलिदान गरिदिनु सबैभन्दा ठूलो धर्म हो, सबैभन्दा ठूलो सिद्धि हो ।
    मानिसको कल्याण यसैमा छ कि ऊ नश्वरता छाडेर शाश्वतलाई धारण गरोस्, त्यसको उपासना गरोस् र त्यसै आस्था–विश्वासमा स्थिर रहोस् । जसरी शरीर र आत्मामध्ये आत्माको महत्त्व छ शरीरको होइन त्यसै प्रकार व्यक्ति र समाजमध्ये व्यक्तिको होइन समाजको महत्ता छ । व्यक्ति नश्वर छ र समाज शाश्वत । व्यक्ति नित्य मर्छ र मेटिन्छ पुन: जन्मिन्छ र मर्दछ, तर समष्टिगत जीवन सदा अखण्ड र अविनश्वर छ । त्यो अनन्त छ र सदा चलायमान रहन्छ । व्यक्तिगत जीवन वर्षाको बाढीजस्तै केही समयका लागि अस्तित्वमा रहन्छ र तुरुन्तै समाप्त हुन्छ । तर समाज सदा एक समान त्यस पर्वतीय नदीजस्तो हो, जसको स्रोत अक्षय छ, अनन्त छ । सामाजिक जीवन नै सत्य एवं सारभूत जीवन हो, व्यक्तिगत जीवन अचिर र असत्य हो, तर यो अचिर एवं असत्य जीवन पनि सामाजिक जीवनमा मिलेर अजर–अमर एवं अनन्त बन्दछ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : व्यक्ति र समाजको स्वार्थको समन्वय आवश्यक
व्यक्ति र समाजको स्वार्थको समन्वय आवश्यक
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/02/blog-post_23.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/02/blog-post_23.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy