- डा. नीरजकुमार सिंह
वास्तवमा यस्तो कुनै पनि आहार हुँदैन, जसलाई मधुमेह रोगीको लागि भनेर छुटयाइयोस् । मधुमेह रोगीले खाने खाना त्यस रोगीको सम्पूर्ण परिवारले पनि खान सक्छ र त्यो सबैलाई लाभदायक पनि हुन्छ । डाइबेटिक डाइट विश्वका वैज्ञानिकहरूबीच पनि ठूलो चर्चा परिचर्चाको विषय हो । जब–जब नयाँ अनुसन्धानहरू आउँछन्, खानासम्बन्धी सल्लाह एवं सूचनाहरू पनि परिवर्तन हुने गर्दछन् ।
मौलिकरूपमा हाम्रो खानामा तीन प्रमुख तत्त्वहरू हुन्छन् । त्यो हो कार्बोहाइड्रेट, प्रोटिन र फ्याट (बोसो) । यसको साथै शरीरलाई चाहिने अरू वस्तु हो पानी, भिटामिन, मिनरल र लवण तत्त्व । यी सबै तत्त्वहरूको समुचित सम्मिश्रण भएको खानाले मात्र हामी निरोगी हुन सक्छौं ।
अमेरिकन डाइबेटिक एसोसिएसन अनुसार मधुमेह रोगमा खानाको ६० प्रतिशत क्यालोरी कार्बोहाइड्रेटबाट, ३० प्रतिशतभन्दा कम क्यालोरी बोसोबाट र १० प्रतिशत क्यालोरी प्रोटिनबाट पाउनुपर्छ ।
यस्तो सन्तुलित आहारमा ४० ग्राम फाइबर (रेशा) हुनुपर्दछ र ३०० मिग्राभन्दा कम कोलेस्ट्रोल हुनुपर्दछ । मधुमेह रोगीहरूको रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सजिलो होस् भनेर ग्लाइसेमिक सूचकाड्ढ (ग्लाइसेमिक इन्डेक्स) विकसित गरिएको छ । रगतमा चिनीको वृद्धिलाई खानाको ५० ग्रामबाट तुलना गरिन्छ । हाम्रो शरीरले सबै कार्बोहाइड्रेटलाई पचाएर ग्लुकोजमा परिवर्तन गर्छ र रगतमा अस्थायीरूपमा ग्लुकोजको बढोत्तरी हुन्छ अर्थात् अस्थायी ग्लाइसेमिक प्रतिक्रिया । यस प्रक्रियामा हामीले खाएको खानाको मात्रा, पकाउने तरिका र प्रसंस्करण गर्ने विधिले फरक पार्छ ।
सबै खाद्यपदार्थ जसले रगतमा चिनीको मात्रा बढाउँछ, तिनीहरूलाई एउटा सूचकाड्ढ दिइएको छ, जुन १ देखि १०० को सङ्ख्यामा हुन्छ । खाद्यपदार्थ जसको सूचकाड्ढ ७० भन्दा बढी हुनेलाई उच्च, ५६ देखि ६९ को बीचलाई औसत तथा ५५ भन्दा कमलाई निम्न मानिन्छ ।
त्यस्तो खाद्यपदार्थ जसको ग्लाइसेमिक सूचकाड्ढ कम हुन्छ, त्यसले भोजन पश्चात् रगतमा चिनीको मात्रा कम बढाउँछ । केही खाद्यपदार्थको ग्लाइसेमिक सूचकाड्ढ निम्न प्रकार छन्– आलु ८०–९० प्रतिशत, भात ७०–८० प्रतिशत, रोटी ७०–८० प्रतिशत, गाँजर ८०–९० प्रतिशत, ब्राउन राइस ६०–७० प्रतिशत, केरा ६०–७० प्रतिशत, सुगर फ्री बिस्कुट ५० प्रतिशत, दूध ३०–४० प्रतिशत, गोलभेंडा ३०–४० प्रतिशत, स्याउ ३०–४० प्रतिशत, केराउ ४०–५० प्रतिशत, अङ्गुर ६०–७० प्रतिशत ।
वास्तवमा भन्ने हो भने भात र रोटीको ग्लाइसेमिक सूचकाड्ढ झन्डै एकै छ । त्यसैले रोटी खानुपर्छ र भात खानुहुन्न भन्ने मान्यता बिल्कुलै गलत हो ।
आधुनिक मिलमा चम्काइएको चामल र मैदाभन्दा गाउँको ढिकीमा कुटेको चामल र चोकर ननिकालेको गहुँको पीठोको रोटी बढी फाइदाजनक हुन्छ । गाउँको चामल र पीठो रेशायुक्त (फाइबर) हुन्छन् । मधुमेह रोगीहरूले खाजाको रूपमा नुनिलो वस्तु भनेर बहुराष्ट्रिय कम्पनीका दालमोट, भुजियाहरू खाने गर्छन् । जबकि यो वस्तुहरू मैदाबाट बन्ने भएकोले यसको ग्लाइसेमिक सूचकाड्ढ धेरै नै माथि हुन्छ र यस्ता खाद्यपदार्थले शरीरमा चिनीको मात्रा बढाउने गर्छ ।
हाम्रो नेपाली शाकाहारी खानामा प्रोटिन मुख्यरूपमा दूध, दाल र अरू अन्नबाट प्राप्त गर्छौं । सामान्यत: पुरुषले ५५–६० ग्राम प्रोटिन र स्त्रीले ४५ ग्राम प्रोटिन आफ्नो भोजनमा लिने गर्नुपर्छ । यदि मधुमेहले गर्दा मृगौलाको समस्या छ भने मात्र प्रोटिनको मात्रा कम गर्नुपर्छ ।
मधुमेह रोगीले खानामा बार्नुपर्ने मुख्य तत्त्व बोसो (फ्याट) हो । बोसोको मात्रा जति कम त्यति राम्रो । बोसो भएको मासु सबै बन्द गर्नुपर्छ । बदाम र ओखरमा मोनो सेचुरेटेड बोसो हुन्छ, त्यसकारण थोरै मात्रामा लिन सकिन्छ ।
तौल बढी भएका बिरामीहरूले तौल नियन्त्रण गर्न जरुरी छ । तौल नियन्त्रण गर्न कम खाने वा भोकै बस्ने भन्ने जरुरी छैन, पेटभरि खान सकिन्छ । तर घ्यू, तेल एकदमै कम तथा हरियो साग र सलादको मात्रा बढाउनुपर्छ । एक ग्राम बोसोले ९ क्यालोरी दिन्छ । हामीले भोजनमा ५० ग्राम मात्रै घ्यू, तेल कम गर्ने हो भने ४५० क्यालोरी कम गर्न सकिन्छ । जुन १ घण्टा हिंडेर
(मर्निङ वाक)खर्च गर्ने क्यालोरी बराबर हो ।
मधुमेह रोगीलाई खानामा परहेजको साथै अनुशासन पनि आवश्यक छ । कहिले धेरै, कहिले कम खाना खानुहुँदैन । परिकार फरक भएपनि खानाको मात्रा एकनासको हुनुपर्छ । एकैपटक धेरै खानुको साटो दिनभरि ४–५ पटक थोर–थोरै खानुपर्छ ।
परहेज गर्नुपर्ने खाद्यपदार्थहरू:–
१) खाना पकाउँदा तोकिएको मात्राभन्दा बढी तेल ।
२) बोसो भएको मासु भित्र्यांस
(इचनबल mभबत) जस्तै कलेजो, मुटु, फोक्सो आदि ।
३) पुरी, पकौडा, समोसा, मालपुवा, सेल, आलुचिप्स, डुुनट, दालमोट, पापड तथा धेरै तेलमा डुबाएर बनाइएका आचारहरू आदि ।
४) माथि उल्लिखित परिमाणका ताजा फलफूलबाहेक बट्टाबन्द फलफूल तथा फलफूलका जुसहरू आदि ।
५) हल्का पेयपदार्थहरू जस्तै : कोकाकोला, फेन्टा, स्प्राइट, पेप्सी आदि ।
६) बदाम, काजु, नारियल, कागजी बदाम (ब्mियलम), किसमिस आदि ।
७) हर्लिक्स, विभा, बोर्नभिटा, बुस्ट आदि ।
परहेज गर्नु नपर्ने खाद्यपदार्थहरू :–
१) कागतीपानी, सोडापानी ।
२) फिक्का चिया, कफी आदि ।
३) काँचो खाने वस्तुहरू जस्तै: काक्रो, गाँजर, गोलभेंडा, प्याज, मूला आदि ।
४) सागसब्जीहरूको सूप (ख्भनभतबदभि क्यगउ) आदि ।
५) साधारण मरमसालाहरू ।
६) जास्मिन चिया अथवा हर्बल चिया ।
७) पातलो दही १–२ ग्लास ।
मादक पदार्थका सम्बन्धमा:–
१) मादक पदार्थहरू सेवन नगर्ने, गर्नुपरेमा सम्बन्धित चिकित्सकहरूको सल्लाह लिएर मात्र गर्ने । तर खाली पेटमा तथा मधुमेहको औषधि उपचारमा हुनुहुन्छ भने मादक पदार्थ कहिल्यै सेवन नगर्नुहोस् ।