- डा. घनश्याम न्यौपाने ‘परिश्रमी’
चन्द्रमणि प्रसाईं कवि र निबन्धकारका रूपमा देखिएका स्रष्टा हुन् । मूलत: अध्यात्मवादी चिन्तनका सामग्री विशेषलाई यिनले आफ्ना कृतिहरूमा वण्र्य विषयवस्तु बनाएको दृष्टिगत हुन्छ । अध्यात्म दर्शनको संज्ञानबाट अभिप्रेरित प्रसाईं अद्यतन भौतिकवादी चिन्तनबाट प्रभावित यस युगका मानव जातिलाई आफ्ना साहित्यिक कृतिहरूका माध्यमबाट सत्सन्देश दिन चाहन्छन् । कवि प्रसाईंका विभो काव्य (२०४४), युगज्योति खण्डकाव्य (२०४१), प्रिय प्राण आत्मकथ्य (२०४५), चन्द्रमणिका निबन्धहरू (२०४७), सूक्ष्म तर· निबन्ध सङ्ग्रह (२०४८), चन्द्रमणिका सूक्तिहरू (२०५३) आदि कृतिहरूको प्रकाशनपश्चात् अखण्ड दिव्यदर्शन नामक काव्य प्रकाशित भएको छ । यहाँ यसै कृतिको सङ्क्षिप्त समीक्षा हेतु प्रयास गरिएको छ ।
समीक्ष्य कृति अखण्ड दिव्य सन्देश अन्त: संवाद शैलीमा विरचित काव्य हो । यस काव्यलाई खण्डकाव्यका रूपमा लिन सकिन्छ । यस काव्यको विषयवस्तु तथा अभिव्यक्ति कला दुवैमा नितान्त नवीनता दृष्टिगोचर हुन्छ । विषयवस्तुको खास कथ्यतन्तु र त्यसको सङ्गतिपूर्ण एवं शृङ्खलाबद्ध प्रस्तुतीकरण यस काव्यमा पाइँदैन अपितु सांवादिक पङ्क्तिहरूका माध्यमबाट कविचेतनाको अनुभूतिमा आएका भावसत्यका ज्ञानद तर·हरूलाई अध्यात्मदर्शनजन्य गूढतम तत्त्वादि व्याख्यायित भएको छ र यसले कृतिगत मौलिकता संवहन गरेको छ ।
दुईजना मात्र पात्रहरूबीचको अन्त: संवादको समग्रता हो अखण्ड दिव्य सन्देश । यसमा प्राणनाथ र लालदासबीचको गुरु–शिष्य संवादका माध्यमबाट काव्यिक कायजनन तथा भावविस्तार भएको छ र अन्त: संवादले नै काव्यमा केन्द्रीय भूमिका खेलेको पनि छ । शिष्य लालदासद्वारा जिज्ञासापूर्वक सोधिएका गहन आध्यात्मिक महत्त्वका प्रश्नहरूको गुरु प्राणदासद्वारा उत्तर दिने सन्दर्भमा जीवन र जगत्का गूढतम रहस्यहरूलाई भावपूर्णरूपमा प्रकटित गरिएको छ । आध्यात्मिक मूल्यको चिन्तनपरक काव्य भए तापनि कवि प्रसाईले यस काव्यका माध्यमबाट वार्तमानिक विश्वको कटु यथार्थलाई जीवन्तरूपमा चित्रण गरेका छन् । हेरौं यी पङ्क्तिहरूमा–
संसार जडतामय छ, कोलाहलमय छ
युद्ध छ, द्वैत छ र
घृणा व्याप्त छ, रोगबाट व्याप्त छ
शोषण र उत्पीडनबाट उग्र छ
यस काव्यमा प्रेमको चर्चा पनि छ, जुन आधुनिक समाजको दृष्टिकोणभन्दा नितान्त पृथक छ । प्रेमलाई वर्गीकरण गरेर आध्यात्मिक प्रेमको वास्तविकता दर्साउने सिलसिलामा कविले प्राणदासको माध्यबाट सुष्ठु र शालीन ढङ्गले यसरी आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्–
प्रेम भनेको भक्तिरूपी आनन्द रस हो
एकाकार हुने दिव्य मिलन हो ।
हो, प्रेममा अन्तर छ, प्रेम तीन प्रकारका छन्
एउटा कामनायुक्त प्रेम, अर्को रागात्मक प्रेम
अन्त्यमा दिव्य अखण्ड आत्मिक प्रेम ।
संसार विषमय हुँदा संसारबाट थाकेकाहरू
वैरागी हुन्छन्, वैरागी मान्छे एकान्त स्थल
प्रिय हुन्छन्
एकान्तको प्रेम नितान्त आफ्नो प्रेम हो ।
प्रेम पवित्र वस्तु हुँदा पवित्रताकै खोजी गर्छ ।
यद्यपि समीक्ष्य काव्यको समग्र विषयवस्तु अध्यात्मवाद र भक्तिमार्गको पृष्ठपोषणमा केन्द्रीभूत परिलक्ष्यित हुन्छ । तथापि कवि प्रसाईंमा नेपाली साहित्यका नाट्यसम्राट बालकृष्ण समको प्रह्लाद नाटकमा प्रयुक्त “ज्ञानविज्ञानको हात जोड्नुपर्दछ कर्ममा” भन्ने समन्वयवादी चिन्तनको प्रभाव पनि परेको देखिन्छ । कविले यस्तै आशयको अभिव्यक्ति दिएका छन् कलात्मक र भाव गुम्फित शैलीमा ।
ज्ञानविज्ञान तिम्रा आँखा हुन्
जगत् सृष्टि गरे, त्यही सृष्टिलाई हेर्ने आँखा हुन्
ती आँखामा फुलो नपार
आँखा सफा गर्दा आँखामा नै असर नपार ।
अध्यात्मवाद र भक्तिमार्गका सचेत पथिक दृष्टिगत भए तापनि प्रस्तुत काव्यको आधारमा कवि प्रसाईंमा रहस्यवादी चेतनाभन्दा जीवनवादी दृष्टिकोणको प्रभाव परेको छ । ‘ब्रह्म सत्य जगन्मिथ्या’ भन्ने वेदान्त दर्शनको कथनप्रति कवि प्रसाईंको पूर्ण समर्थन नहरेको प्रतीत हुन्छ । यिनी यी दुवैलाई भावसत्यका रूपमा स्वीकार गर्दछन् ।
वस्तुत: समीक्ष्य काव्यमा पूर्वीय धर्म, दर्शन र भक्ति साहित्यसित सम्बद्ध ग्रन्थादिको प्रत्यक्षत: छाप परेको छ । अध्यात्म दर्शन चेतना र सनातन धर्मको भावभूमिमा यस काव्यमा कविले ब्रह्म–परब्रह्म, आत्म र मुक्तात्माको स्वरूप, कर्म र भक्तिमार्ग र देह र आत्माबीचको सम्बन्ध, सृष्टि स्थिति र प्रलयको अवस्था, स्थूल र सूक्ष्म शरीरको भेद जस्ता विविध विषयमा गम्भीर प्रश्न उठाउने र सटीक उत्तर दिने काम गरेका छन् ।
कृतिको नामकरण र विषयवस्तुका आधारमा प्रस्तुत समीक्ष्य काव्य....... विविध शास्त्रीय (वार्णिक र मात्रिक) वृत्तबद्ध पद्यहरू समन्वित काव्य हुनुपर्छ भन्ने अनुमान गरिन्छ । तर म·लाचरणका अतिरिक्त काव्यभित्र समवेत ५८४ वटा श्लोक (स्ट्यान्जा)हरू समग्रत: गद्य कवितात्मक शैलीमा नै रचिएका छन् । प्रश्नोत्तरात्मक यी कविताहरूमा निस्सन्देह कलाको कमी र बौद्धिक भावचेतनाको गम्भीरता र ईश्वरप्रतिको चरम तन्मयताका कारण प्रस्तुत काव्य विशेषत: आध्यात्मिक दर्शन र धर्मसित सम्बन्धित पाठकवर्गको चित्ताकर्षणमा सफल हुने देखिन्छ भने बौद्धिकवर्गलाई काव्यानन्द प्रदान गर्ने सन्दर्भमा पनि यो काव्य उपयुक्त नै ठहरिन्छ । तर साहित्यका सामान्य पाठकहरूका लागि भने सहज बोधगम्य नभएका कारण खासै रुचिकर नहोला । तर पनि यस काव्यको आफ्नै प्रकारको महत्त्व र मूल्यवत्ता रहने कुरामा शङ्का छैन । डा. देवीप्रसाद गौतमको समीक्षामूलक अग्रलेखले समीक्ष्य काव्यका जटिल रहस्यहरूको ग्रन्थि फुकाउनुका साथै काव्यिक महत्त्वको मूल्यवृद्धिमा प्रत्यक्षरूपमा सहयोग पुगेको छ ।
कृति– अखण्ड दिव्य सन्देश (काव्य)
लेखक– चन्द्रमणि प्रसाईं
प्रकाशक– उल्लेख नभएको
संस्करण– प्रथम (२०५५ पुस)
मूल्य– रु. १५०।–
मुद्रक– काजीहीरा मुद्रणालय
पृष्ठसङ्ख्या– १७२