प्रहरीले प्रत्येक दिन अवैध रक्सी उत्पादनविरुद्ध कारबाई चलाइरहेको छ
। अवैध घरेलु रक्सी बरामद, मदिरा नष्ट र भट्टी तोडफोडसम्बन्धी समाचारहरू
प्राय: आइरहेका छन् । अवैध मदिरा नियन्त्रणका लागि प्रहरी एकाइले सदाबहार
अभियान चलाइरहेको छ । कुनै बेला जिल्ला प्रशासन, आन्तरिक राजस्व एवं
वाणिज्य कार्यालयको सहभागितामा विशेष अभियानहरू पनि सञ्चालन गरेको पाइन्छ ।
घरेलु रक्सीका कारण समाजमा अपराध तथा अशान्ति निम्तिने भएकाले सोविरुद्ध
कारबाई प्रहरीको दायित्व हो । अवैध मदिराका भट्टी उद्योगहरूबाट कर छली हुने
भएकोले नियन्त्रण गर्नु राजस्वसम्बन्धी एकाइहरूको दायित्वभित्र पनि पर्छ ।
त्यसैगरी अवैध घरेलु रक्सी उत्पादकहरूले अखाद्य पदार्थहरू मिसाउने र मानव
स्वास्थ्यबारे उनीहरूले विशेषज्ञ मापदण्ड प्रयोग नगर्ने भएकोले अवैध मदिरा
नियन्त्रणतर्फ गुणस्तर मापदण्डसम्बन्धी एकाइको दायित्व पनि छँदैछ ।
यति धेरै निकायहरूको निगरानी र नियन्त्रण तथा कारबाईको दायित्वभित्र परेको अवैध घरेलु मदिराभट्टी भने दिनानुदिन फस्टाउँदो छ । गाउँको झुपडीदेखि शहरको महलसम्म घरेलु मदिरा उत्पादन भइरहेको छ । सर्वहारा श्रमिक मजदुरदेखि सम्पन्न वर्गहरू पनि अवैध घरेलु मदिरामा झ्याम्मिएका छन् । फरक यति हो कि सर्वहारा वर्गले चुल्लु, खोयाँ बिर्केलगायतका नामले यसलाई सेवन गर्छन् भने उच्च सम्पन्न वर्गहरू कोदो वा कोदाअमृत नाम दिएर घरेलु मदिरा सेवन गर्छन् । प्रहरीले तोडफोड गरेकै रक्सीभट्टी अर्को दिन फेरि ज्यूँका त्यूँ तयार हुन्छन् । आज मदिरा नष्ट गरे पनि भोलि त उत्पादन पुन: सुचारु भई कारोबार जस्ताको तस्तै हुन्छ । प्रहरीको कारबाई रक्सीभट्टी सञ्चालकहरूका लागि बालबालिकाले खेल्ने लुकामारीको खेल जतिकै भएको छ । अवैध रक्सीभट्टीवालाहरू प्रहरी प्रशासनसँग फिटिक्क पनि डराउँदैनन् । बरु प्रहरी नै आजित भएपछि भट्टीवालासँगै मिलेर दाम कमाउने अभियानमा लागेका उदाहरणहरू धेरै छन् ।
कुहिएका, सडेगलेका अखाद वस्तु, युरिया, स्प्रिट, रबर, प्लास्टिक, फाटेटुटेका जुत्ता, मोजा, सडेगलेका पशुका हाडखोर, फोहोर कपडा र त्यसमा केमिकल मिलाएर तयार गरिने रक्सीले बर्सेनि धेरैजनाको ज्यान लिइरहेको छ । हुनत फलफूल र शुद्ध अन्नको रक्सी त्रिपाटन प्रविधिद्वारा उत्पादन गर्न सकिन्छ । आफ्नै प्रयोगका लागि बाहेक व्यवसाय नै बनाएकाहरूका लागि यो सम्भव छैन । मन्द विष उत्पादन गरिरहेका अवैध रक्सीभट्टीवालाहरूले विशेषज्ञ ज्ञानको अभावमा मिलावट गर्दा कुनै बेला कडा विष नै उत्पादन गर्न पुग्छन् । तब अनाहकमा कैंयनको जीवन समाप्त हुन्छ । तर पनि अवैध मदिराभट्टीविरुद्ध मुलुकमा गतिलो कानुन छैन । प्रहरीले हदैसम्म कानुन चलायो भने सार्वजनिक अपराध हो । जहाँ राजनीतिक पहुँचको चलखेल छ, त्यहाँ सार्वजनिक अपराध सस्तो पर्ने गरेको छ । प्रमुख जिल्ला अधिकारीको तजबीज सर्वेसर्वा हुने हुँदा पहुँच नहुनेहरूका लागि मात्र सार्वजनिक अपराध मुद्दा डरलाग्दो भइदिन्छ । अवैध रक्सी उत्पादक तथा कारोबारेलाई राजस्व अन्तर्गत कारबाई चलाउँदा दण्ड जरिवाना कम छ । अवैध रक्सी उत्पादनमा महँगो उपकरण र सामग्री नचाहिने हँुदा प्रहरीले जति तोडफोड गरे पनि उनीहरूलाई पुन: धन्दा शुरू गर्न गाह्रो छैन । अवैध रक्सीभट्टी उत्पादकहरूको मनोबल तब गिर्नेछ, जब मुलुकले कडा कानुन निर्माण गर्छ, साथै उपभोक्ताहरू सचेत हुन्छन् । नत्र जति मेहनत गरे पनि प्रतिफल उही हो हात लाग्यो शून्य ।