सिकेन्द्र पासवान, कलैया, १२ फागुन/
जनता उच्च माध्यमिक विद्यालयमा म·लवार सञ्चालित १५ वर्षमुनिको फूटबल प्रतियोगिता अन्तर्गत शनिवार सम्पन्न फाइनल खेलमा निजगढ युवा क्लब पुरानो निजगढलाई एकका विरुद्ध दुइ गोल दिई सनराइज क्लब उमजन विजयी भएको छ ।
विजयी टिमका सञ्जय चौधरी र श्याम चौधरीले एक/एक गोल गरेका थिए भने निजगढका विमल धामीले अन्त्यमा एक गोल गरेका थिए ।
अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय सदस्य एम. समिउल्लाहको प्रमुख आतिथ्यमा बारा जिल्ला फूटबल सङ्घका जिल्ला उपाध्यक्ष क्यामुद्दिन मन्सुरको सभापतित्वमा भएको समारोहमा विजयी तथा उपविजयी टिमका खेलाडीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
बारा फूटबल सङ्घको आयोजनामा भएको उक्त खेलमा जिल्लाका १० वटा टिमहरूको सहभागिता थियो ।
यसैगरी १५ वर्षमुनिको राष्ट्रिय खेलका लागि खेलाडी चयन प्रक्रिया आजदेखि वीरगंजमा पनि शुरू भएको छ । नारायणी र·शालामा उद्घाटन खेल सम्पन्न भयो । ग्यालेक्सी युथ क्लब पिपरा र लक्ष्मनवा युवा क्लबबीचको खेलमा विवाद भएपछि खेल स्थगित भएको थियो । युवा क्लब बगही र युवा स्पोटर््स क्लब वीरगंजबीच निर्धारित अर्को खेल बगहीको टिम नआएपछि युवा स्पोट्र्सलाई विजयी घोषणा गरिएको थियो ।
अखिल नेपाल फूटबल सङ्घ पर्साका अध्यक्ष मानदेव हजराको सभापतित्व एवं नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष केसी लामिछानेको मुख्य आतिथ्यमा भएको उद्घाटन खेलमा खेलकुद विकास समिति पर्साका कार्यालय प्रमुख नारायण साह र खेलकुद महासङ्घ पर्साका अध्यक्ष दीपक तिवारीको आतिथ्य रहेको विशेश्वर पटेलले जानकारी गराए ।