प्रस, वीरगंज, १२ माघ/
उद्योगमन्त्री अनिलकुमार झाले पर्सा–बारा औद्योगिक कोरिडोरको समस्या समाधानका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
वीरगंज उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित अन्तक्र्रियामा मन्त्री झाले औद्योगिक कोरिडोरका समस्याहरूलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर हल गर्नेतर्फ आफ्नो भरमग्दुर प्रयास रहने बताएका थिए ।
वीरगंज उद्योग वाणिज्य सङघका अध्यक्ष अशोककुमार बैद्यले स्वागत गर्दै पर्सा/बारा क्षेत्रमा रहेका उद्योगहरूको समस्याबारेमा उद्योगमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष बैद्यले पर्सा/बारामा रहेका उद्योगहरूले विद्युत् आपूर्ति, श्रम, वातावरणीय संरक्षणका समस्या भोग्नुपरेको बताए । उनले रुग्ण उद्योगहरूलाई राहत प्याकेज ल्याउन र लगानीमैत्री वातावरण सृजना गर्नका लागि उद्योगमन्त्रीसँग आग्रह गरे ।
अन्तक्र्रियामा उद्योगसचिव कृष्ण ज्ञवालीले राजनीतिक सड्ढटका कारण ऐनहरूलाई तत्कालै संशोधन गर्न नसकिने बताउँदै नियमावली संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए ।
अन्तक्र्रिया कार्यक्रमको सञ्चालन महासचिव गोपाल केडियाले गरेका थिए भने धन्यवाद ज्ञापन प्रदीप केडियाले गरेका थिए । अन्तक्र्रियामा घरेलु, गुणस्तर कार्यालयका महानिर्देशक, क्षेत्रीय निर्देशकलगायत कार्यालय प्रमुख, उद्योगी, व्यवसायी र वीउवासङ्घका पदाधिकारीहरूको सहभागिता थियो ।