दिल्लीमा गरिएको आर्य महासम्मेलन–२०१२ को तेस्रो दिन बिहान उठेर दिसा पिसाब, नुहाइधुवाई गरिसकेपछि साथीहरू आज के गर्ने भनी सल्लाह गर्न लागे। केहीले आज बाबा रामदेवको भाषण सुन्नुपर्छ भने त केहीले उनलाई बराबर टिभीको पर्दामा हेरेकै छौं, आज दिल्लीको प्रसिद्ध स्थल अक्षयधाम (अक्षरधाम) हेर्न जाऔं भन्न लागे। अक्षरधाम जाने गु्रपमा म पनि सामेल भएँ। सम्मेलनस्थलकै भान्छामा खाना खाएर हामी ८ जना ९ बजे नै सम्मेलन स्थलबाट हिंड्यौं। मेट्रो रेलको चर्चासम्म सुनिएको थियो आज मेट्रोबाटै सफर गर्यौं। सुलभ र आरामदायक मेट्रो बदल्दै ११ बजेतिर हामी अक्षरधाम पुग्यौं। दिल्लीमा जुनसुकै स्थलमा गए पनि भीडैभीड धक्कमधक्का देखिन्थ्यो। अक्षरधाम पनि के कम झन् बढी भीड, भित्र जान लामो लाम लागियो।
भित्र छिरेपछि सय एकड भूमिमा फैलिएको स्थापत्य शिल्प र मनमोहक ऐतिहासिक प्रविधिपूर्ण सजिएको विशाल परिसर देखियो। अलि अगाडि बढेपछि भव्य महालय पुगियो। जुन गुलाबी पत्थर र श्वेत संगमरमर संयोजन गरेर बनाएको यो महालयको बीच भागमा भगवान् स्वामी नारायणको पञ्चधातुले बनेको स्वर्णमण्डित करिब १२ फिट अग्लो ठडिएको मूर्ति देखियो। एक छेउमा साङकेतिक रूपमा बोर्डमा लेखिएको थियो– यो महालयका २३४ वटा कलामण्डित स्तम्भ, ९ वटा कलायुक्त घुटम् मण्डपम् २० वटा चतुष्कोण शिखर आदि छन्। घुमेर हेर्दा यसमा किसिम किसिमका हजारौं कलात्मक शिल्पहरू कुँदेर प्राचीन भारतीय स्थापत्य परम्परालाई पुनर्जीवित गर्न खोजिएको देखिन्छ। स्वामी नारायणको मूर्तिको अगलबगलमा भगवान् लक्ष्मीनारायण, श्रीरामचन्द्र सीताजी, श्रीकृष्ण राधाजी, श्री महादेव पार्वतीजीका संगमरमरबाट बनेका कलात्मक मूर्तिहरू स्थापित गरिएको देख्न सकिन्छ। नियालेर हेर्ने हो भने यो भारतीय कला, प्रज्ञन, चिन्तन र मूल्यको अद्वितीय परिसर बुझिन्छ, अर्थात् जीवन्त कला छन्। जसको एक दिन त के अध्ययन गर्दै घुम्ने हो भने दस दिनभन्दा बढी लाग्न सक्छ। यसैले मोटामोटीरूपमा हेर्दा पनि यस्ता झलक देखिन्छ।
यो महालयको बाहिरपट्टि भारतीय संस्कृतिका महान् ज्योतिर्धर सन्तहरू, भक्तहरू, आचार्यहरू र अनेक प्रकारका विभूतिहरूको मूर्ति देख्न सकिन्छ। महालय पछाडिपट्टि १४८ वटा हात्तीहरूको अद्वितीय शिल्पमाला बनाइएको छ। जसले प्राणी जगत्मा सृष्टिप्रति भावाञ्जलि दिएको विश्वविख्यात नमुना पाइन्छ। साथै महालयको चारैतिर रातो ढुङगाले बनाइएका सयौं चतुष्कोण शिखरहरू, हजारौं स्तम्भहरू, चारैतिर पानीका नालाहरू पुष्पमालाजस्तो शोभायमान देखिन्छ।
दक्षिणी भागमा भारतीय कलाको झलक दिने बालयोगी नीलकण्ठ स्वामी नारायणको मनोहर धातु शिल्प छ र अगाडिपट्टि विशाल कुण्ड निर्माण गरिएको छ। त्यसको अर्कोपट्टि बौद्धिक युगलाई जीवन दिन विश्वको पहिलो युनिभर्सिटी तक्षशिलाको सुश्रुत वर्णित झलकहरू देखाइएको छ। नजिकै योगी हृदयकमल, प्रेमवती आहारर्गह, अक्षरधाम हार, भारत उपवन आदि छन्। भारत उपवनमा सात घोडाको अनुपम सूर्यरथ, चन्द्रका सोर्ह कला, देशरक्षाको लागि दिशादर्शन गर्ने रत्नहरूको झलक देखाइएको छ।
यत्रो कलात्मक विशाल परिसरमा मुख्य गुरु मानिएर ठडिएका स्वामी नारायणबारे उत्सुकता जाग्नु स्वाभाविकै हो। उनीबारे पत्ता लगाउँदा यस्तो थाहा पाइयो – भारतको उत्तरप्रदेशको अयोध्या नजिकै छपिया भन्ने गाउँमा बस्ने धर्मदेव शर्मा र पत्नी भक्तिमायाको गर्भबाट संवत् १८३७ चैत शुक्ल नवमीका दिन जन्मेका रहेछन्। बच्चामा यिनको नाम घनश्याम राखियो। बच्चैदेखि गाई रक्षा र अहिंसा सम्बन्धी प्रचारमा लागेकाले नामुद कहलिएछन्। एकपटक बाबुसँग यिनी काशी गएका रहेछन्। त्यहाँ एउटा सभामा द्वैत र अद्वैतवादीहरूको ठूलो विवाद भएको रहेछ । द्वैतक ‘ब्रह्म, जीव र जगत्’ तीनै सत्य हो भन्ने तर अद्वैतहरू केवल ‘ब्रह्म’ मात्र सत्य हो भन्दा रहेछन्। यी वाद प्रतिवादको बीचमा यिनले विशिष्ट द्वैतवादको निचोड निकालेर व्याख्या गरेछन्। त्यो घटनाबाट यिनी प्रख्यात भए र घर त्याग गरेपछि यिनी घनश्यामबाट स्वामी नारायण भएछन। यिनको मृत्युपछि पनि अन्य चार धर्मगुरु भइसकेका छन्। हाल पाँचौं धर्मगुरुले स्वामी नारायण संस्था गठन गरी ९ हजार केन्द्र र ७ सय सन्तहरू, ५५ हजार स्वयंसेवक बनाइसकेका रहेछन्। यो संस्थाले संयुक्त राष्ट्र सङ्घबाट मान्यता समेत पाइसकेको रहेछ। यो परिसर निर्माण गर्दा रु. दुई सय करोड खर्च भइसकेको छ भन्ने कुरा बोर्डमा उल्लेख छ। यो अक्षरधाम मोटामोटी भ्रमण गरी यसबारे सोधखोज गरी हामी सम्मेलनस्थल फक्र्यौ।
आज महासम्मेलनको चौथो दिन यो स्थलमा चारैतिर चहलपहल देखिन्छ। आजलाई हामीले दिनभर सम्मेलन स्थलमा समय दिने अठोट गर्यौं। खाना खाएर निक्लँदानिक्लँदै कार्यक्रम शुरु भएको उद्घोष सुन्यौं। रोहिणी जिल्लाका अध्यक्ष इन्द्रजीत सिंहले मञ्चबाट ‘विश्वलाई आर्यमय बनाऔं’ भन्ने नारा गर्वसाथ भनेको आवाज हाम्रो कानमा गर्जन थाल्यो । हामी आठ–दसजना विशाल सभाहलभित्र छिर्यौं र एकै ठाउँमा बस्न अट्ने ठाउँ खोज्न थाल्यौं। केही नेपालीहरू बसेको ठाउँमा खाली रहेछ हामी पनि त्यतै बस्यौं। करिब एक बजेपछि विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूको परिचय र बोल्ने कार्यक्रम शुरु भयो। परिचय दिंदै जाँदा यही क्रममा सिङगापुरका प्रतिनिधिले सन् २०१४ मा हाम्रो मुलुकमा आर्य महासम्मेलन गराउने छौं भनेर उद्घोष गरे। यसपछि अफ्रिका (देशको नाम बुझिएन) का प्रतिनिधिले २०१५ मा महासम्मेलन गराउने उद्घोष गरे। सन् २०१६ सालमा आर्य महासम्मेलन नेपालमा गर्ने भनी नेपालबाट गएका प्रतिनिधिले उद्घोष गरे। सबै नेपालीले थपडी बजाए तर एकजना प्रौढ व्यक्ति भावुक भएर भन्दै थिए– केटाले सल्लै नगरेर घोषणा गर्यो। अनि म नगिचै गएर जिज्ञासा राख्दा उनी भन्दै थिए– ‘वास्तविक प्रतिनिधि म हुँ। म कम बोल्न सक्ने तर ऊ गुरुकुलमा पढेको, हाल भारतकै गुरुकुलमा पढाउँछ, मीठो बोल्छ भनेर पठाएको त घोषणा नै गर्यो। ठीक छ अब जसरी भए पनि गरिन्छ। यही क्रममा दिल्लीका प्रतिनिधिले २०१८ मा पुन: दिल्लीमैं गरिन्छ भनी घोषणा गरे । परिसरभरि तालीको गडगडाहट भयो। सम्मेलन हलमा चार–पाँच घण्टा बिताएपछि हामीलाई पट्टाई लाग्यो र अलि पर टि स्टलमा गएर चिया पिउन थाल्यौं र त्यही नगिच राखिएको टिभी पर्दाबाट सम्मेलन स्थलको दृश्य र वक्तव्यहरू सुन्न लाग्यौं। भित्रपिट्ट अनुहार हेर्न गार्हो थियो, बरु बाहिरै प्रस्ट देखिएकोले हामी थक्थकायौं पनि। सम्मेलन समापन भएपछि हामी सामान बिक्री गर्ने स्टलतर्फ लाग्यौं। उता बाहिर जिल्लाबाट आएकाहरू पोका–पन्तेरा बोकेर ढोकाबाट निस्कन लामबद्ध भएको दृश्य हेर्न लायक थियो। भोलिको रिजर्भेसन भएकोले हामी वास बस्ने समेनातिर लम्क्यौं।
भोलिपल्ट ट्ेरनमा रातिको टिकट भए पनि सबेरै निस्कने भनी साथीहरूबीच सल्लाह गरियो। आयोजकहरूले व्यवस्था गरिदिएकै बसबाट स्टेशन गइयो। केही बूढाबूढीलाई सामान जिम्मा दिएर हामी दिल्ली चाँदनी चोक घुमेर आयौं। साँझ ५ बजे ट्ेरन हिड्यो र भोलिपल्ट ५ बजे नै रक्सौल पुर्याइदियो।
सधैंको रोगझैं वीरगंज–रक्सौल भन्सारमा जाम रहेछ। भारी बोक्दै शङकराचार्य गेट आएपछि जाम खुकुलो भयो। त्यहाँबाट टेम्पो चढ्यौं र वीरगंज भानुभक्त चोक पुग्यौं। भानुचोकबाट कलैया जाने बस समात्यौं र यात्राको अन्त्य गर्यौं।