- डा. नीरजकुमार सिंह
मधुमेहले शरीरको विभिन्न अ·हरूलाई प्रतिकूल असर गर्दछ, जसमध्ये मृगौला (किडनी) पनि एउटा महत्त्वपूर्ण अ· हो । मृगौलाले हाम्रो शरीरमा प्रमुख तीन काम गर्छ ।
शरीरमा भएका विकारयुक्त वस्तुहरूलाई बाहिर फाल्छ । शरीरमा तरल पदार्थको सन्तुलनलाई नियन्त्रण गर्छ र शरीरका विभिन्न लवण तथा खनिज तत्त्व जस्तै: सोडियम, पोटासियम र फासफोरसको सन्तुलन कायम राख्छ ।
एक वैज्ञानिक अध्ययन अनुसार मृगौला फेल भई डाइलाइसिस गराइरहेका बिरामीहरूमध्ये ५०.१ प्रतिशत मधुमेह रोगबाट पीडित बिरामीहरू हुन् भने २७ प्रतिशत उच्च रक्तचाप (हाइ ब्लडप्रेसर) का रोगीहरू छन् । मधुमेहको कारण किडनी तथा मूत्र प्रणालीको सामान्य सङ्क्रमणदेखि लिएर किडनी फेलसम्म हुन सक्छ । मधुमेहका बिरामीमा रगतमा रहेको ग्लुकोज बढी भई पिसाबबाट निस्कन्छ । यसरी पिसाबबाट ग्लुकोज निस्कँदा पिसाबमा कीटाणुको सङ्क्रमण हुने सम्भावना बढी हुन्छ । यसरी बारम्बार भएको सङ्क्रमणले मूत्रनली, मूत्राशय र किडनी सबैलाई प्रभावित गर्दछ ।
यसको साथै किडनीको रक्तवाहिनी नसाहरूलाई क्षति पुर्याएर किड्नीमा केही हानिकारक पदार्थ जम्मा गर्दछ, जसले किडनीको कार्यक्षमता घटाउँछ । प्रारम्भिक चरणमा पिसाबको बाटोबाट ग्लुकोज सँगसँगै प्रोटिन पनि निस्कन्छ । सामान्यत: पिसाबबाट प्रोटिन निस्कँदैन र किडनीको भित्री बनावट क्षतिग्रस्त भएको खण्डमा मात्रै यो अवस्था आउँछ । त्यस कारण हरेक तीन महिनामा पिसाबको सामान्य जाँच गरी प्रोटिन छ वा छैन भनेर थाहा पाउनु मधुमेह रोगीहरूलाई आवश्यक छ ।
मृगौला फेल भएको अवस्थामा हेमो डाइलासिस भन्ने महँगो उपचार पद्धतिमा बिरामीहरू निर्भर हुन्छन् । हेमो–डाइलाइसिसले शरीरमा भएको विकारयुक्त वस्तु र बढ पानी रगतबाट बाहिर निकाल्छ । डाइलाइसिस एउटा अस्थायी उपचार गर्ने प्रक्रिया मात्रै हो । मृगौला फेल भएपछि किडनी फेर्नुको विकल्प छैन, अर्थात् मृगौला प्रत्यारोपण (किडनी ट्रास्नप्लान्ट) नै प्रमुख उपचार हो । मृगौला प्रत्यारोपण नहुन्जेल डाइलाइसिस गरेर बिरामीको किडनीले गर्नुपर्ने काम पूरा गरिन्छ ।
सामान्यतया मृगौलाको समुचित उपचार आम नेपालीहरूको लागि धेरै नै कष्टदायी तथा गार्हो विषय हो । डाइलाइसिस प्रक्रियामा बस्दा मात्रै प्रत्येक महिना झन्डै २५ देखि ३० हजार आर्थिक भार पर्न आउँछ । मृगौला प्रत्यारोपण पनि महँगो नै हुन्छ । प्रत्यारोपण गरेपछि पनि अर्को व्यक्तिको मृगौलालाई बिरामीको शरीरले स्विकार्न इम्युन सप्रेसान्ट औषधिहरू खानुपर्छ । यी औषधिहरू पनि धेरै नै महँगो हुन्छ र झन्डै ३० हजार मासिक आर्थिक भार बिरामीमाथि पर्न जान्छ ।
डाइबिटीज नेफ्रोपैथी (मृगौला रोग)का लक्षणहरू
– उच्च रक्तचाप
– कोलस्ट्रोलको स्तर बढ्नु
– शरीर विशेषगरी खुट्टा सुन्निनु
– कमजोरी महसुस हुनु
– भोक नलाग्नु
– इन्सोमनिया (निद्रा नलाग्नु)
डायबिटिज नेफ्रोपैथीबाट बच्ने उपायहरू
– रगतमा ग्लुकोजको मात्रा नियन्त्रण राख्नु
– कम कैलोरीवाला भोजन खानु
– वजन नियन्त्रण गर्नु
– धूमपान र तम्बाकु सेवन नगर्नु
– हृदयरोगबाट बच्नु