$type=ticker$count=12$cols=4$cate=0

अन्धो शिष्य

SHARE:

- उमाशङ्कर द्विवेदी
ऋषि अयोदधौम्यको अर्को शिष्यको नाम उपमन्यु थियो । आचार्यले उपमन्युलाई गाईवस्तुको हेरचाहको जिम्मा दिएका थिए । उपमन्यु दिउँसभरि गाई चराएर बेलुकापख ऋषिको आश्रममा फर्की आई गुरुलाई नमस्कार गर्‍यो । आचार्यले सोधे–बाबू, तिमी निकै मोटोघाटो तथा बलवान देखिइरहेका छौ । तिमीले के खाने पिउने गरेका छौ ? शिष्यले भन्यो–गुरुज्यू, म भिक्षा मागेर खान्छु । आचार्यले भने–बाबू, मलाई भिक्षामा पाएको अन्न निवेदन नगरेर तिमीले खानु उचित भएन, अबदेखि भिक्षाको अन्न न खानू । उसले आचार्यको आज्ञा पालन गर्‍यो । अब उसले मागेको भिक्षाको अन्न ल्याएर गुरुलाई निवेदन गरिदियो तथा गुरुले त्यसलाई भण्डारमा थन्क्याइदिए । ऊ फेरि दिउँसभरि गाई चराएर आश्रममा फर्किन्थ्यो तथा गुरुलाई नमस्कार गर्दथ्यो । एक दिन गुरुले फेरि सोधे–बाबू, तिमीले मागेर ल्याएको भिक्षान्न म लिएर राखिदिन्छु । यस्तो स्थितिमा अब तिमीले के खाने गरेका छौ ? शिष्यले भन्यो–गुरुज्यू, अचेल मैले पहिले मागेको भिक्षान्न हजुरलाई दिएर फेरि भिक्षा मागी आफ्नो जीविका चलाउँछु । आचार्यले भने–यो त ठीक भएन बाबू, यस प्रकार तिमी अन्य भिक्षार्थीहरूको जीविकामा बाधा पुर्‍याउँदै छौ तथा यसले तिमी लोभी छौ भन्ने कुरा सिद्ध हुन आउँछ । अत: भविष्यमा यस्तो नगर्नू । शिष्यले गुरुको आज्ञा शिरोपर गरेर फेरि गाई चराउन वनतिर लाग्यो । बेलुकीपख आश्रममा फर्केर शिष्यले गुरुलाई नमस्कार गर्‍यो । आचार्यले सोधे–बाबू, तिमीले मागेर ल्याउने गरेको भिक्षान्न म लिइहाल्छु । तिमीले दोस्रोपटक भिक्षा लिंदैनौ, र पनि तिमी पूर्ववत् मोटोघाटो देखिइरहेका छौ । अचेल तिमीले के खाने गरेका छौ ? उपमन्युले भन्यो–गुरुज्यू, अचेल म गाईको दूध खाएर जीवन निर्वाह गरिरहेको छु । गुरुले भने–बाबू, मेरो अनुमतिबिना गाईको दूध खानु उचित भएन । भविष्यमा यस्तो नगर्नू । शिष्यले गुरुको आज्ञा शिरोपर गरेर फेरि गाई चराएर बेलुकीपख आश्रम फर्केर गुरुलाई नमस्कार गर्‍यो । आचार्यले सोधे–बाबू, मैले मनाही गरेको कारण तिमी अचेल भिक्षा माग्दैनौ, दूध पनि खादैनौ अनि के खान्छौ त ? उपमन्युले भन्यो–गुरुज्यू, अचेल म बाच्छाबाच्छीले गाईको थुनबाट दूध पिउने बेलामा काढेको फिंज खाएर गुज्रान गर्ने गरेको छु । आचार्यले भने–राम राम, यी दयालु बाच्छाबाच्छीहरूले तिमीमाथि कृपा गरेर बढी फिंज काढ्दा होलान्, तिमीले यस प्रकार उनीहरूको जीविकामा ठूलो व्यवधान पारिरहेका छौ । तिमीले त्यस्तो फिंज पनि खानु उचित हुँदैन । उसले गुरुको आज्ञा शिरोपर गर्‍यो ।
    अब खानेपिउने जम्मै ढोका थुनिए पछि ऊ केही पनि खान नपाएर भोकप्यासले व्याकुल भई एक दिन आकको पात टिपेर खायो । ती तीता, टर्रा र तीखो तथा पाचन भएपछि तीक्ष्ण रस उत्पन्न गराउने पात खाएर उसले आँखाको ज्योति गुमायो । यस प्रकारले अन्धो भई ऊ वनमा भौतारिइरहँदा एउटा कुवामा खस्यो । सूर्यास्त भयो, तर उपमन्यु आश्रममा फर्कि नआएको देखेर गुरुले अन्य शिष्यहरूसित सोधे–उपमन्यु आज अहिलेसम्म किन फर्किआएन ? शिष्यहरूले जवाफ दिए–ऊ त गाई चराउन गएको होइन र ? आचार्यले भने–मैले उसको खानेपिउने जम्मै ढोकाहरू थुनिदिएको हुनाले रिसाएर ऊ फर्कि नआएको हो कि ? ल हिंड् उसलाई खोज्न जाउँ । वनमा आचार्यले ठूलो स्वरमा कराएर सोधे–बाबू, उपमन्यु तिमी कहाँ छौ ? गुरुको आवाज सुनेर उपमन्युले भन्यो–गुरुज्यू, म अन्धो भएर कुवामा खसेको छु । आचार्यले सोधे–तिमी अन्धो कसरी खस्यौ बाबू ? उपमन्युले भन्यो–म आकको पात खाएर अन्धो भई यस कुवामा खस्न पुगे । आचार्यले भने–तिमी अश्विनी कुमारहरूको स्तुति गर । गुरुको आज्ञा अनुसार उपमन्युले वेदका ऋचाहरूका साथ अश्विनीकुमारहरूको स्तुति गर्‍यो । उपमन्युको स्तुतिले प्रसन्न भई अश्विनीकुमारहरू प्रकट भएर उपमन्युलाई मालपुवा खान दिए तर उपमन्युले गुरुलाई निवेदन नगरी मालपुवा खान मानेन । उपमन्युको यस प्रकारको गुरुभक्तिले प्रसन्न भई अश्विनीकुमारहरूले उपमन्युलाइ वर दिए–तिम्रो दाँत सुनको हुनेछ, तिम्रो आँखाको ज्योति फर्कने छ तथा तिम्रो कल्याण हुनेछ । अश्विनीकुमारहरूबाट वर पाएर गुरुआश्रम आई उपमन्युले जम्मै कुराको बेलीविस्तार गुरुलाई सुनायो । उसको कुरा सुनेर गुरु अत्यन्त प्रसन्न भएर–जम्मै वेद र शास्त्रका ज्ञानहरू तिम्रो मस्तिष्कमा आफै स्फुरित भइहाल्नेछन् भन्ने थप वर दिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अन्धो शिष्य
अन्धो शिष्य
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/01/blog-post_7520.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/01/blog-post_7520.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy